• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बैंकबाट आउन थाल्यो मार्जिन कलः लगानीकर्ताको बेहाल, घाटामै सेयर बेच्न बाध्य


  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । ३१९८ पुगेर निरन्तर ओरालो लागेको सेयर बजार २६०० अंकमा आइपुगेसँगै बैंकबाट लगानीकर्तालाई धमाधम मार्जिन कल आउन सुरु भएको छ ।

    Advertisement

    भदाै २ गतेकाे उच्च विन्दु ३१९८ बाट करिव झण्डै ६ सय अंकले बजार खसेपछि बैंकले प्रत्यक ऋणीलाई फोन गरेर रकम थप्न भनिरहेका छन् । बैंकले अहिले १२०  दिनको गणना गरेको त्यसको ७० प्रतिशतसम्म मार्जिन कर्जा उपलब्ध गराउँछन् ।

    कुनै कम्पनीको मूल्य १२०० रुपैयाँ छ भने त्यसको १२० दिनको औसत मूल्य लिएर त्यसको ७० प्रतिशतसम्म सेयर धितो कर्जा दिने नीतिगत व्यवस्था छ । अहिले बजार निरन्तर घटेपछि बैंकले मार्जिन कल भर्न भनिरहेका छन् ।

    ऋण लिएको बेलामा तोकेको औसत मूल्यको २० प्रतिशत घटेपछि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन कल गर्छन । त्यस्तो बेला ऋण लिनेले कित थप सेयर उपलब्ध गराउनुपर्छ । हैन भने ऋण तिर्नुपर्छ । २० प्रतिशत भन्दा तलै रहँदा मार्जिन कल गरेको स्थितीमा राष्ट्र बैंकमा उजुरी गरे कार्वाही भोग्नु पर्ने अवस्था आउन सक्छ ।

    कतिपय लगानीकर्ताले बैंकको फोन आएपछि घाटा खाएरै भए पनि सेयर बेच्न थालेका छन् । बैंकको मार्जिन कल आएपछि अहिलेसम्म जेनतेन टिकेका लगानीकर्ता दबाबमा परेका छन् ।

    बैंकमा मार्जिन कल नभरे त्यहाँ ब्याज रेकर्ड होला भन्ने डर, बेचौं भने सबै सेयर नोक्सानमा छ । तर, पनि लगानीकर्ताले बैंकमा आफ्नो ब्याज रेकर्ड बनाउन नचाहँदा बजार थप पेनिक बन्ने सम्भावना छ ।

    केन्द्रीय बैंक, नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र ब्रोकर मिलेर अहिले बजार घटाइरहेका छन् । यसमा सबैका आ–आफ्ना स्वार्थ छन् । ब्रोकर र ठूला लगानीकर्तालाई केन्द्रीय बैंकले सेयर धितो कर्जामा (४ र १२ करोड) लगाइएको सीमा हटाउन पनि बजार घटाउनुपर्ने छ । त्यही भएर ब्रोकरले सबै लगानीकर्तालाई कोल्याट्रल (सेयर किन्न दिने अनुमति) निल गराएका छन् ।

    यदि कोही लगानीकर्ता यदि सेयर किन्न चाहन्छ भने उसले पहिला कोल्याट्रल जम्मा गर्नुपर्छ । र, लगानीकर्ताले जति कोल्याट्रल जम्मा गरेको त्यति बराबरको मात्रै सेयर किन्न पाउँछ । यसअघि ब्रोकरले कोल्याट्रलको ४ गुणासम्म सेयर किन्न मिल्ने बनाएका थिए । अब त्यो सुविधा छैन । केही महिनाअघिसम्म ब्रोकर सञ्चालकलाई फोन गरेपछि पैसा नै नदिइ पनि कोल्याट्रल भरिदिन्थे । यसले पनि बजारलाई ठूलो असर पारेको छ ।

    केन्द्रीय बैंक तत्काल ४ र १२ करोडको सीमा हटाउने पक्षमा छैन । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केही हेरफेर हुन सक्छ । केन्द्रीय बैंकले कात्तिकमा मात्रै मौद्रिक नीतिको समीक्षा गर्छ । केही भइहाल्यो भने त्यही बेला मात्रै हुन्छ ।

    तर, लगानीकर्ताले सरकार, केन्द्रीय बैंक, धितोपत्र बोर्डमाथि निरन्तर दबाब दिइरहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारीले नियोजित रुपमा बजार घटाएको प्रति ठूला लगानीकर्ता गम्भीर असन्तुष्ट बनेका छन् । यसले सत्ताधारी दललाई चुनावमा गम्भीर अप्ठ्यारो पार्न सक्छ ।

    खासगरी अर्थमन्त्री माओवादी केन्द्रको भागमा परेको छ । शर्माप्रति सेयर बजारका लगानीकर्ता असन्तुष्ट बनेका छन् । बजारको मागलाई समयमै समाधान गरिएन भने यसले ठूलो समस्या निम्त्याउने सम्भावना रहेको लगानीकर्ताहरु बताउँछन् ।

    केन्द्रीय बैंकले असारभित्र ४ र १२ करोडको सीमाभित्र बैंकहरुलाई ल्याइसक्न निर्देशन दिए पनि बैंकहरुले ऋणीले उपभोग गर्न बाँकी रहेको कर्जा रोकेपछि बजारमा झन असर परेको हो ।

    ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्ने गर्थे । कतिपय लगानीकर्ता त एकैदिन ५० करोड रुपैयाँसम्मको सेयर किन्थे । तर, बैंकले जम्मा ४ करोडको सीमा तोकिदिए पछि बजार निरन्तर ओरालोतर्फ धकेलिएको हो ।

    केन्द्रीय बैंकले ल्याएको नीतिलाई भित्रभित्रै सबै लगानीकर्ताले विरोध गरेपछि ठूला लगानीकर्ताले उक्त नीतिको विरोध गरेका छैनन् । ठूला लगानीकर्ता बजारका बारेमा टिकाटिप्पणी गर्न चाहँदैनन् ।

    उनीहरुले धेरथोर घाटा खाएर पनि सेयर बेचिसकेका छन् । उनीहरु अहिले बजारमा प्रवेश नै गरेका छैनन् । अहिले बजारमा साना लगानीकर्ता मात्रै सक्रिय छन् । सेयर बजारमा ब्रोकरदेखि ठूला लगानीकर्ताले कुनै सेयर किनेका छैनन् । त्यही साना लगानीकर्ताको केही नचलेको हो । यदि केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा हटाएको अवस्थामा मात्रै बजार पुनः चम्किन सक्छ । नत्रभने बजार फर्किने सम्भावना हुँदैन ।

    बजार साना लगानीकर्ताले थेग्नै सक्दैनन् । उनीहरुको अधिकतम क्षमता भनेको कम्पनीअनुसार अधिकतम २००० कित्ताभन्दा बढी सेयर किन्न सक्ने तागत हुँदैन । साना लगानीकर्ताले च्याखे थापेर अलिअलि पैसा कमाउने हुन् । बजार चलायमान बनाउने भनेको ठूला लगानीकर्ताले लाखौं कित्ता सेयर उठाएरै हो ।

    अर्थमन्त्री जनार्दन शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला लगानीकर्तालाई च्याप्न खोज्दा साना लगानीकर्ताले लगानी गरेको दुई/४ हजार रुपैयाँसम्म गुमिसकेको छ ।

    मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७० अंकले घटेर २६१५.४० बिन्दूमा आइपुगेको छ । सोमबार मात्रै नेप्से २.६१ प्रतिशतले घटेको हो । सोमबार नेप्से ६१ अंकले घटेको थियो । सोमबारको तुलनामा बजार ७० अंकले घट्दा कारोबार रकममा सामान्य वृद्धि भएको छ ।

    यस्तो बेला कारोबार रकम वृद्धि हुनु भनेको लगानीकर्ताले घाटामै सेयर बेचेर बैंकको मार्जिक भरेका हुनसक्छ । सोमबार ५ अर्ब १२ करोड रुपैयाँ कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.