• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी


  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटामाथि अनेकथरी आरोप लगाउँदै संसदको जारी अधिवेशनको शुरु देखि गरिरहेको अवरोधका कारण संसदका काम कार्वाही प्रभावित बनिरहेको छ । दुई दुई पटक संसद भंग गरेको एमालेले सर्वोच्च अदालतको फैसलाबाट ब्यूतिएको संसदलाई निकाम्वा बनाउन सभामुखको भूमिका निश्पक्ष नभएको बाहनामा संसदको जारी अधिवेशनमा अवरोध गदै आईरहेको छ ।

    Advertisement

    उसले सभामुखले माधव नेपाल सहितका १४ सांसदलाई कारवाही नगरी पूर्वाग्रह राखेको र एमाले विभाजनमा मतियार बनेको आरोप लगाएर गत भदौं २३ यता जारी संसद बैठकमा निरन्तर बेल घेराउ गर्ने र नारावाजी गदै आईरहेको छ ।

    सहमतिमै आउन नचाहेपछि सत्ता पक्षले पनि बजेट सम्वन्धी विधेयकहरु पेलेरै पारित गरेको छ । यसले सत्ता र प्रतिपक्षका वीचमा झन टसल बढिरहेको छ । यस वीच प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीलाई तीन पटक एमाले अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमै पुगेर सहमतिमा आईदिन आग्रह गरेका थिए ।

    तर पनि जिम्मेवार प्रतिपक्षले सहमतिमा आउनुको साटो संसदमा अवरोध कायमै राखेपछि सरकारले एकपटक सर्वदलीय बैठक राखेर एमालेलाई सहमतिमा आउनका लागि अन्तिम प्रयास गर्ने भएको छ ।

    त्यसैका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले आफु प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान १० बजे प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, रास्ट्रिय प्रजातन्त्र पार्टी, राष्टिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी सम्मलाई बोलाएर सर्वदलीय बैठक आयोजना गर्न लागेका हुन् ।

    तर प्रधानमन्त्रीले बोलाएको यो सर्वदलीय बैठकमा पनि एमालेले सहभागिता जनाउने नजनाउने खुलिसकेको छैन । यस अगाडी संसदको गतिरोध फुकाउन सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो । आज प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमालेले के गर्छ ? खुलेको छैन ।

    एमालेले वहिष्कार गरे या सहभागी भएर पनि संसदको गतिरोध खोल्ने तिर कुनै चासो नदेखाए सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसका लागि आजै दिउँसो ३ बजे प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रीपरिषद्को बैठक पनि बोलाएका छन् ।

    ‘खास एजेण्डा भएर भन्दा पनि एमालेले जारी राखेको संसदको अवरोध खोल्नका लागि प्रधानमन्त्रीले छलफल गर्न सर्वदलीय बैठक आह्रवान गर्नुभएको हो, आजै सर्वदलीय बैठकपछि संसद बैठक १ बजे बस्दैछ, त्यहाँ एमालेले आज पनि संसद अवरोध गरिरहे दिउँसो ३ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ, त्यहीवाट संसदको चालु अधिवेशन अन्त्य भएको सिफारिसराष्ट्रपतिलाई गर्ने सम्भावना छ,’ सरकारका एक मन्त्रीले सफलखबरलाई बताए ।

    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.