• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

घरमा खुसी ल्याउनु छ भने यसो गरेर पहिले गृहिणीको जीवनमा खुसी ल्याउनु


  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
  • गृहणी । पत्नी हुन् । आमा हुन् । भाउजु हुन् । बुहारी हुन् । यी अनेक भूमिकामा उनले आफुलाई पेश गर्नुपर्ने हुन्छ । छोराछोरीका लागि- ख्वाउने, हुर्काउने । स्कुलका लागि तयार गर्ने । टिफिन तयार गरिदिने । पतिका लागि- पहिरन मिलाइदिने । मोबाइल, घडी, पर्स व्यवस्थित गरिदिने । सासु-ससुराका लागि- औषधी ख्वाउने । लुगाफाटो मिलाइदिने । सरसफाइ गरिदिने । पाहुनापात आउँछ, चिया बनाइदिनुपर्‍यो । घरमा भोज भत्तेर हुन्छ, अनेकथरी परिकार बनाउनुपर्छ । बिहान खाना पकायो, सबैलाई ख्वाउने पिलाउने, जुठो भाँडावर्तन माझ्ने, घर सफा गर्ने । यति गर्दागर्दै दिन गुजि्रन्छ । घर परिवार, छोराछोरी, पतिको ख्याल राख्दा-राख्दै आफ्नो बारेमा सोच्न पाएका हुँदैनन् । घर परिवारको खुसी खोज्दा खोज्दै आफ्नो खुसी हराएको भेउ पाउँदैनन् । अधिकांश गृहणीले यस्तै एकनासको दैनिकी विताइरहेका हुन्छन् । उनीहरुको यन्त्रिक जीवन आफैमा पट्यारलाग्दो हुन्छ ।

    Advertisement

    के गर्ने ? : जसले घरधन्दा सम्हालेर बसेका छन्, उनीहरुका लागि पनि परिवारले सोच्नुपर्छ । उनलाई कसरी खुसी, सुखी राख्ने ? उनको जीवनमा कसरी उमंग ल्याउने ? यसमा खासगरी पतिले बुझ्नुपर्ने हुन्छ । पत्नीलाई एकनासको दिनचर्याबाट बेलाबखत फुर्सद दिनुपर्छ । यसका लागि भान्साको काम आफुले सम्हाल्न सकिन्छ । परिवारका अन्य सदस्य मिलेर खाना पकाउने, भाँडा वर्तन सफा गरिदिने, लताकपडा मिलाइदिने गर्नुपर्छ । उनलाई आमाको रुपमा, पत्नीको रुपमा, बुहारीको रुपमा, भाउजुको रुपमा मात्र होइन, साथीको रुपमा पनि व्यवहार गर्नुपर्छ । घर-परिवार उनको निम्ति बोझिलो होइन, सहयोगी महसुष हुनुपर्छ ।

    हरेक साँझ पत्निको निम्ति : आफ्नो कार्यथलोबाट फर्केपछि पत्नीका लागि समय दिन सकिन्छ । भलै त्यो समय थोरै किन नहोस् यद्यपी सम्झनलायक हुनुपर्छ । साँझ घर पुगेपछि पत्नीसँग क्वालिटी टाइम बिताउनुपर्छ । पत्नी भान्सामा हुनसक्छिन्, जहाँ पतिले आफ्नो उपस्थिती जनाउन सक्छन् । पत्नीसँग बात मार्ने, ख्याल ठट्टा गर्ने, दिनभरको रमाइला कुराहरु शेयर गर्ने । यससँगै पत्नीको काममा सघाउन सकिन्छ । दिनभरको कामले आफुलाई थकित बनाएको हुनसक्छ । त्यस्तो अवस्थामा पत्निलाई आफ्नो अवस्थाबारे बताउनु पनि सकिन्छ ।

    एकसाथ टहल्न निस्कने : राती पत्नीसँग एकैछिन घरबाहिर टहल्न निस्कन सकिन्छ । खासगरी खाना खाइसकेपछिको अवस्थामा बाहिर हिँडडुल गर्नु राम्रो हो । यो स्वास्थ्यका लागि पनि फाइदाजनक कुरा हो । यस क्रममा नितान्त व्यक्तिगत कुराकानी गर्न सकिन्छ, जो छोराछोरी वा बुवाआमाले सुन्छ भन्ने भय हुन्छ । व्यवहारिक जीवनका कुरा गर्न सकिन्छ । प्रेम रोमान्सका कुरा गर्न सकिन्छ । बिवाहअघिका दिनहरुको सम्झना गर्न सकिन्छ । प्रकृतिको कुरा गर्न सकिन्छ । फिल्मको विषयमा कुरा गर्न सकिन्छ । पुस्तकको बारे चर्चा गर्न सकिन्छ ।

    बेडरुममा रमाइलो : साँझ भान्सामा काम गर्न फुर्सद भएन वा खाना खाइसकेपछि टहल्न जाने मुड पनि चलेन । त्यसो भए बेडरुममा सुत्नुअघि पत्नीसँग रमाइलो पल किन नविताउने ? राती सुत्नुअघि जब ओछ्यानमा पुगिन्छ, पत्नीसँग रोमाञ्चक कुराहरु गर्न सकिन्छ । ठट्यौली गर्न सकिन्छ । रमाइलो पुस्तक पढेर सुनाउन सकिन्छ । आफुले दिनभर भोगेका रमाइला क्षणहरु सुनाउन सकिन्छ । आफ्नो योजना शेयर गर्न सकिन्छ ।

    शनिबारलाई बिषेश बनाउने : कम्तीमा सातामा एक दिन पत्नीलाई विश्राम दिन सकिन्छ । अन्य दिन छोराछोरी विद्यालय पठाउनुपर्ने हुन्छ । पतिलाई अफिस । घरधन्दाको सबै काम गृहणीले सम्हाल्नुपर्छ । शनिवारको दिन परिवारका अरु सदस्यले काममा जानु पर्दैन । यो एक दिन पत्नीलाई फुर्सदमा विताउन किन नदिने ? परिवारका अन्य सदस्य मिलेर खाना तयार गर्ने । घर सफा गर्ने । पत्नीलाई शनिबार एक दिन विशेष महसुष गराउन सकिन्छ ।

    बिवाहको बाषिर्क उत्सव : हरेक दिन कुनै समय, सातामा एक दिन वा बर्षमा एक दिन पत्नीका लागि विशेष होस् । यसका लागि वाहानाको कमी छैन । त्यो दिन आफ्नो बिवाहको बाषिर्क उत्सव हुनसक्छ, पत्नीको जन्मदिन हुनसक्छ । बर्षमा एक दिन बिवाहको बाषिर्क उत्सव हरेक दम्पतीका लागि खास हुन्छ । यद्यपी कतिपयले यस अवसरलाई ख्याल गर्दैनन् । आफ्नी पत्नीको जीवनमा नयाँ उमंग ल्याउनका लागि यो सर्वोत्तम मौका हो । विवाहको बाषिर्क उत्सव यसरी मनाउँन सकिन्छ, जसले पत्नीले सम्पूर्ण बोझ बिसाएर उन्मुक्त रमाउन सकोस् । यसका लागि केहि योजना बनाउन सकिन्छ । संभव भए पति-पत्नी एक रातको लागि घर बाहिर गएर रमाइलो गर्न सक्छन् । रिसोर्ट वा कुनै प्रेमिल गन्तव्य हुनसक्छ, जहाँ दुबैमा उमंग जाग्छ । यदि बाहिर जाने अनुकुलता छैन भने घरमै पनि रमाइलो गर्न सकिन्छ । यद्यपी खानेकुरा बनाउने, भाँडावर्तन सफा गर्ने काम अरुले नै सम्हाल्नुपर्छ । पत्नीले स्वतन्त्र ढंगले मनोरञ्जन लिन सकोस् ।

    बच्चाको सफलतामा सेलिब्रेसन : बच्चाले कुनै कुरामा सफलता हासिल गरेको छ भने त्यो मौका किन गुमाउने ? आखिर घर-परिवारमा रमाइलो गर्नुछ । बच्चाले कहिले राम्रो नतिजा हासिल गर्छ, कहिले खेलकुदमा प्रगति गर्न सक्छ । कहिले गीत गाएर मेडल ल्याउन सक्छ, कहिले क्रिकेट खेलेर । यस्तो मौकाहरुमा सबै मिलेर केहि न केहि योजना बनाउन सकिन्छ, ताकि पारिवारिक माहौल रमाइलो बनोस् । यद्यपी यो रमाइलोमा बच्चासँगै पत्नीलाई विशेष महत्व दिनुपर्छ । यसले बच्चालाई सकारात्मक उर्जा प्रदान गर्छ । पारिवारिक जीवन सुमधुर हुने त छँदैछ ।

    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.