काठमाडौं – गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको हो । उक्त खेलमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि पीएसजीले जित निकाल्द सफल भयो ।

उक्त खेलको आठौं मिनेटमा पीएसजीका इड्रिसा गाना गुआईले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरी पीएसजीलाई जित दिलाए ।

यसअघि खेलको ६४औं मिनेटमा नेयमारले गोल गर्ने अवसर खेर फाले । जितसँगै पीएसजी दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने पराजित सिटी ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
