काठमाडौं – गए राति युरोपा कन्फ्रेन्स लिग अन्तर्गत भएको खेलमा इंग्लिस क्लब टोटेनहम हटस्परले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले स्लाभेनियाको एनएस मुरालाई ५–१ गोलले पराजित गरेको हो । उक्त खेलमा ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरे । खेलको चौथो मिनेटमा टोटेनहमका डेल अलीले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको आठौं मिनेटमा टोटेनहमकाकै जियोभानी लो सेल्सोले गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको ५३औं मिनेटमा एनएस मुराका जिगा कोअसले गोल गरे । त्यसपछि केनले लगातार ३ गोल गरे ।
खेलको ६८औं मिनेटमा, ७६औं मिनेटमा र ८७औं मिनेटमा केनले गोल गरे । जितसँगै टोटेनहम समूह ‘जी’ मा दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ ।
