• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रानी नाका पूर्ण रुपमा खुल्यो, पूर्वका पर्यटन व्यवसायी उत्साहित


  •   आइतबार, असोज १७, २०७८ मा प्रकाशित
  • विराटनगर । १९ महिनादेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका पूर्णरुपमा खल्ला भएपछि पूर्वका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

    Advertisement

    पूर्वका होटल व्यवसाय धेरै जसो भारतीय पर्यटकले नै धानेको थियो । प्रदेश १ मा पर्यटकीय क्षेत्रहरु धेरै भएका कारण सामान्य अवस्थामा भारतीय पर्यटकहरु उल्लेख्य आउने गरेका थिए ।

    कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि पूर्णरुपमा सो नाका बन्द गरेको थियो ।

    सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।

    सर्वसाधारणको आवतजावत केही समय अघिदेखिनै भइरहेको भए पनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन् ।

    विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्स (बाटा) अध्यक्ष फडिन्द्र अधिकारी कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र अब विस्तारै अघि बढ्ने बताउछन् । पर्यटन क्षेत्र र मठमन्दिर पनि खुलिसकेको र अब भारतीय पर्यटक आउने र पूर्वको पर्यटन क्षेत्रले अब गति लिने अधिकारीको भनाई छ ।

    विभिन्न एनजीओ र आईएनजिओको कार्यक्रमहरु र सरकारी स्तरका कार्यक्रमहरु लगायतका कार्यक्रमहरु सञ्चालन हुन थालेकाले होटल व्यवसाय अघि बढ्ने विश्वास उनको छ । प्रदेश १ को राजधानी विराटनगरमा पर्यटकलाई लक्षित गरि बनाईएका होटलहरु बढी मारमा परेको अवस्थामा अब होटलहरुले पिकअप लिने अधिकारीले बताए ।

    ‘लकडाउनको समयमा होटल चल्न नसक्दा बैंकको ब्याज तिर्न पनि होटल नसकेको अवस्था थियो’, उनले भने, ‘गाडिहरु त्यतिकै बस्नुपर्यो, ट्राभल्स एजेन्सीहरु बन्द भए, यस्तो अवस्थामा ब्याज कसरी तिर्नु, सरकारले पुनर्कर्जाको व्यवस्था व्यवसायीलाई गर्नुपर्छ ।’ पुनर्कर्जाको विषय बजेट भाषण र मौद्रिक नीतिमा आए पनि व्यवसायीले नपाएको उनको भनाई छ ।

    राष्ट्र बैंकले एउटा कुरा भन्ने र बैंकहरुले अर्को कुरा गर्ने गरेकाले पनि यस्तो समस्या आएको अधिकारीको बुझाई छ । ‘राष्ट्र बैंकले ताकेता नगर्नु भन्दा नि बैंकहरुले ताकेता गरिरहेका हुन्छन्’ उनले भने । ऋण लिएर तिर्न गाह्रो हुने र आफ्नो व्यवसायबाट नै तिर्नुपर्ने भएकाले यस्ता कुरामा बैंकहरुले व्यवसायिलाई ताकेता गर्न नहुने पर्यटन व्यवसायी अधिकारीको भनाई छ ।

    होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले भारतीय पर्यटक घुम्न आउने यो सिजनमा नाका पूर्ण रुपमा खुलेकाले होटल व्यवसायीहरु उत्साहित भएको बताए । भारतीय पर्यटकहरु विराटनगर हुँदै भेडेटार, धरान, ईलाम लगायतका पर्यटकीय स्थलहरुमा घुम्न जाने भएकाले पूर्वको पर्यटन क्षेत्रले अब गति लिने श्रेष्ठको भनाई छ ।

    स्वागतम होटलका सञ्चालक समेत रहेका श्रेष्ठले कोरोना कम भएसँगै आंशिक रुपमा खुलिरहेका होटलहरु अब पूर्ण रुपमा सञ्चालनमा आउने बताए । प्रदेश १ मा नयाँ पर्यटन स्तरीय होटलहरु आउने क्रम बढिरहेको अवस्थामा भारतीय पर्यटक आउने बाटो खुलेसँगै पर्यटन क्षेत्र चलायमान हुने उनको तर्क छ  ।

    प्रदेश १ मा पर्यटन क्षेत्रमा लगानी बढीरहेको र होटल क्षेत्रमा पनि लगानी गर्नेहरुको संख्या बढीरहेकाले कोरोनाको अर्को लहर नआए पर्यटन क्षेत्रले छिट्टै गति लिने श्रेष्ठको बुझाई छ । कोरोनाको समयमा नै विराटनगरमा धेरै होटलहरु सञ्चालनमा आएको र कोरोना आउनुभन्दा अगाडि लगानी गरिएका होटलहरु आउनेक्रममा रहेको श्रेष्ठले बताए ।

    आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.