• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मोटरसाइकलमा यात्रा गर्दा यी कुरामा ख्याल गर्नुहोस


  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • गाडिको तुुुलनामा मोटरसाइकलको यात्रा बढी असुरक्षित हुन्छ । अझै राजमार्गमा त झन् बढी जोखिम हुन्छ ।

    Advertisement

    यदि तपाईँ मोटसाइकलमा यात्रा गर्दै हुनुहुन्छ भने धेरै कुरामा सतर्क हुनुपर्छ । सबैभन्दा पहिले आफू जाने ठाउँको बाटोको बारेमा राम्रो ज्ञान हुनुपर्छ । जाने ठाउँको बारेमा सबै थाहा छ भनेर लापर्वाही गर्नुहुँदैन । त्यसैले बाटो कस्तो छ ? बाटोमा खाल्डाखुल्डी छन् कि ? उकालो–ओरालो के कस्तो छ ? सडक बनाइँदै छन् कि ? बनाइँदै छन् भने कस्तो अवस्थामा छ ? जस्ता सबै कुरा बुझ्नुपर्छ ।

    सामान्य रुपमा भन्नुपर्दा बाटो पिच, ग्राभेल वा कच्ची छ कि कस्तो छ ? बाटो समथर, पहाडी, हिमाली कस्तो हो बुझेर जाने हो भने यात्रा सहज हुन्छ ।

    बाटोको ज्ञान भएपछि मोटरसाइकलको कुरा आउँछ । तपाईँले चलाउने मोटरसाइकलको कण्डिसन राम्रो हुनुपर्छ । अनि त्यो मोटरसाइकल तपाईँ जाने ठाउँको बाटोमा सजिलोसँग जान्छ कि जाँदैन भन्ने थाहा पाउनुपर्छ ।

    मोटरसाइकल सुरक्षित हुनको लागि आफ्नो उचाइ, तौल र शरीरको क्षमताले धान्ने खालको हुनुपर्छ । मोटरसाइकल ठूलो र चलाउने मान्छे सानो भयो कतै मोटरसाइकल ढल्किँदा उसले थाम्नै सक्दैन । मोटरसाइकल अग्लो र चलाउने मान्छे होचो छ भने कतै खाल्डोमा र्पयो भने लड्न सक्छ ।
    अर्काे कुरा भनेको मोटरसाइकल चलाउँदा बलियो हेलमेटको प्रयोग गर्नुपर्छ । आर्कषणभन्दा पनि सुरक्षातिर ध्यान दिनुपर्छ । सकेसम्म मोटरसाइकलमा पछाडि बसेर जाने मान्छेले पनि हेलमेट लगाउनुपर्छ ।

    चालक र पछाडि बस्ने मान्छेलाईसजिलो किसिमको लुगा लगाउन पनि अनुरोध गर्छु । मोटरसाइकल चलाउन सजिलो हुने र पछाडि बस्नेले सजिलै बस्न र ओर्लिन सक्ने खालको लुगा लगाउनुपर्छ । विशेषगरी महिलाले कुर्ता सुरुवाल, पाइन्ट लगाउनुपर्छ । केटा मान्छेले पनि सजिलोका लागि भनेर हाफ पाइन्ट लगाउनु हुँदैन । हाफ पाइन्ट लगाएर चलाउँदा लडिएको खण्डमा धेरै लाग्ने सम्भावना रहन्छ ।

    लुगाको साथै सुरक्षाका लागि पञ्जा, बाक्लो किसिमको ज्याकेट, घुँडा र हातमा लगाउने प्याड, चस्मा, मास्कजस्ता सामान छन् भने तिनको पनि प्रयोग गर्दा अझै सुरक्षित हुन्छ । पानी पनि पर्न सक्ने भएकोले रेनकोट पनि लिएर जानुपर्छ ।

    कहिलेकाहीँ स्वास्थमा समस्या आउन सक्छ, त्यसैले प्राथमिक उपचारको सामान र औषधिहरु साथमा लान सकिन्छ ।

    कहिलेकाहीँ बाटोमा मोटरसाइकल बिग्रेर, पेट्रोल सकिएर अलपत्र परेका हामीले धेरै सुनेको छौँ । त्यसैले आफू जानुअघि जाने बाटोमा कहाँ कहाँ पेट्रोल पम्प छ, कहाँ कहाँ मोटरसाइकल बनाउने वर्कशप छ बुझेर निस्कनुपर्छ । यदि बाटोमा धेरैपछि मात्र पेट्रोल पम्प आउँछ भने बोतलमा पेट्रोल लैजान सकिन्छ साथै वर्कशप छैनन् भने कहीँ कतै वर्कशपको नम्बर लिएर बोलाउन पनि सकिन्छ । अहिले त गुगलमा गएर र्हेयो भने कहाँ के छ ? सबै थाहा भैहाल्छ ।

    अनि मोटरसाइकल दुई जना यात्रु र केही सामान बोक्नका लागि बनाइएको हो । तर हाम्रोमा त मोटरसाइकलमा तीन जना बस्ने, गाडीमा जस्तो सामान लाने चलन छ । यसले त यात्रालाई झन् असुरक्षित बनाउँछ । सकेसम्म मोटरसाइकलमा दुई जना मात्रै र थोरै सामान मात्रै बोक्नुपर्छ ।

    धेरै दुर्घटनाको कारण भनेको तीव्र गति हो । मान्छेसँगै सामान पनि बोकेर तीव्र गतिमा चलाउँदा झन् असुरक्षित भइन्छ । त्यसैले आफ्नो लेनमा रहेर बिस्तारै र मध्यम गतिमा यात्रा गर्नुपर्छ । राजमार्गमा ओभर टेक गर्दा बाटो हेरेर, विपरीत दिशाबाट आएको गाडीको गति बुझेर मात्रै गर्नुपर्छ । र ओभरटेक सधैँ दायाँबाट गर्ने बानी बसाल्नुपर्छ ।

    अर्काे कुरा रमाइलो गर्दै जाने भनेर जाँड–रक्सी खाएर चलाउन हुँदैन ।

    सडकमा गुड्ने ठूला सवारीबाट सजग रहने अनि सडकमा राखिएका ट्राफिक चिह्नहरुलाई हेर्दै अघि बढ्ने गर्दा सुरक्षित भइन्छ । ध्यान सबै सडकमा दिएर मोटरसाइकल हाँक्नुपर्छ । पछाडि बस्ने मान्छेसँग धेरै कुरा गरेर ध्यान यताउता गर्नु हुँदैन र पछाडि बस्ने मान्छेले पनि चालकलाई अप्ठ्यारो हुनेगरी बस्ने, बोल्ने र चल्ने गर्नु हुँदैन ।

    बाटोमा जाँदा कहिलेकाहीँ रात पर्न सक्छ । यस्तो बेलामा भने अँध्यारोमा टल्किने खालको लुगा लगाएर मोटरसाइकल चलाउनुपर्छ । यसो गर्दा पछाडिबाट आउने अनि अर्काे दिशाबाट आउने गाडीले तपाईँलाई सजिलैसँग देख्न सक्छ ।

    सडकमा बाटो काट्ने मान्छे र कुनै चौपायाहरु छन् भने यसबाट सचेत बन्नुपर्छ । सडकमा कहिलेकाहीँ मोबिल, बालुवा जस्ता धेरै कुराहरु पोखिएका र छरिएका हुन्छन्, यो कुरामा अझै बढी ध्यानु दिनुपर्छ । विशेषगरी मोडमा मोडिँदा यी कुरालाई ख्याल दिनुपर्छ ।

    सबैभन्दा सानो र महत्वपूर्ण कुरा भनेको आफ्नो ब्लुबुक र लाइसेन्स आफूसँगै सुरक्षित राखेर यात्रा गर्नुपर्छ ।

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.