घोराही उपमहानगरपालिका-२ स्थित बाटोमा रोकी राखेको सोही उपमहानगरपालिका-१९ नयाँ बस्ती बस्ने २८ वर्षीय खिमलाल रोकाको रा.५ प ५८०४ नम्बरको मोटरसाइकलमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
