लामो समयदेखि रियल इस्टेट क्षेत्रमा संलग्न सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
तामाङले ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना गरेको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।
