हिन्दु स्वयंसेवक संघ नेपालका सम्भाग प्रचारक राधेश्याम सेन्चुरीकाे असामयिक निधन भएको छ ।
हिजाे राति एक्कासी स्वास्थ्यमा समस्या आए पछि विराटनगर नगर मेडिकल कलेजमा भर्ना हुनुभएका उहाँको उपचारकाे क्रममा निधन भएको श्राेतले जनाएको छ ।
श्राेतका अनुसार उहाँकाे छातिमा पानी जमेकाे र पानी निकाल्दै गर्दा उहाँकाे निधन भएको जनाएको छ ।
राधेश्याम सेन्चुर विगत १२ बर्ष देखि निरन्तर सामाजिक सेवामा सक्रिय भूमिकामा काम गर्दै आईरहनु भएको थियाे । सप्तरी जिल्लामा घर भई विगत ६/७ बर्ष देखि विराटनगर बस्दै आउनु भएको उहाँ विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वहन गर्दै विगतमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका जनजाति कार्य प्रमुख एवम् प्रदेश संगठन सचिव हुनु हुन्थ्यो । त्यस पश्चात् उहाँ सामाजिक संगठन हिन्दु स्वयंसेवक संघ नेपालकाे सगरमाथा प्रदेशकाे सम्भाग प्रचारककाे रूपमा काम गर्दै आईरहनु भएको थियोे ।
