• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दसैँमा एयरलाइन्सका उपहार योजना : ७० प्रतिशतभन्दा बढी बुकिङ


  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
  • दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ । किनकि केही महङ्गो भए पनि हवाईजहाज चढेर गन्तव्यतर्फ जानुको मज्जा नै बेग्लै हुन्छ । त्यसै पनि उत्साहजनक व्यापार हुने हवाई क्षेत्रका लागि दसैँ निकै महत्वपूर्ण अवसर हो । 

    Advertisement

    कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र र त्यसमा पनि बढी प्रभावित बनेको हवाई क्षेत्र बिस्तारै लयमा फर्किंदैछ । नजिकै आउँदै गरेका दसैँ, तिहार, छठलगायत पर्व तथा पद यात्रा र पर्वतारोहणको याम भएकाले पनि अहिले आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । 

    यसै सन्दर्भमा दसैँ तिहारलाई लक्षित गरेर हवाई कम्पनीले विभिन्न अफर, छुटको प्याकेज सार्वजनिक गरिरहेका छन् । दसैँमा त्यसै पनि भरिभराउ हुने हवाई उडान यात्रुको मागका आधारमा उडान सङ्ख्या थपेर भए पनि सेवा सञ्चालनमा तम्तयार छन्, वायुसेवा कम्पनीहरु पनि ।

    ठूला एयरलाइन्सको दसैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ । दसैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि निकै इच्छुक छन् । सडक मार्गको अवस्था राम्रो नभएको र गन्तव्यमा पुग्न निकै झन्झट बेहोर्नु पर्ने बाध्यताले यात्रुले थोरै रकम महङ्गो भए पनि हवाई यात्रा नै रोज्छन् ।

     आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवासुविधा विस्तारमा जुटेका हुन् । ठूला एयरलाइन्सले विभिन्न अफरहरु पनि सार्वजनिक गरेका छन् । 

    यतीको स्कुटरदेखि हिरा जित्ने मौका

    यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले दसैँतिहार योजनाअन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता  एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ देखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्समार्फत उडान गर्ने सम्पूर्ण यात्रुमा लागू हुनेछ । 

    अग्रिम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ । चौतीस दिनसम्म चल्ने यस दसैँतिहार योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमन्डले प्रायोजन गरेकोे हो । 

    हर्षोल्लासका साथ मनाइने नेपालीको महान् चाडहरुमा यती एयरलाइन्समार्फत यात्रा गर्नेे सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गरिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून् भन्ने उद्देश्य रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

    अफर कसरी प्राप्त गर्ने ? 

    यतीको दसैँ अफरमा सहभागी हुनका लागि एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा सुरक्षा जाँच गरी भित्र छिर्ने क्रममा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा एउटा मात्र कुपन पाइनेछ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फीमै दुईवटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुईतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले चारवटा ‘लक्की ड्र’ कुपन पाउनेछन् । “यती एयरलाइन्सको जहाजबाट जति धेरै यात्रा गर्नुहुन्छ, त्यति नै धेरै उपहार जित्ने सम्भावना रहनेछ,” प्रवक्ता बर्तौलाले बताउनुभयो । 

    असोज २१ देखि कात्तिक २४ गतेसम्म भरिएका कुपनहरुलाई सङ्कलन गरी गोलाप्रथामार्फत प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत सार्वजनिक गरिने यती एयरलाइन्सले जनाएको छ । हाल यतीले पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । 

    बुद्धको विशेष अफर

    आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पनि आफ्ना ग्राहकका लागि विशेष आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पनि भएकाले दसैँतिहारका लागि अफर नभनी विशेष अफर सार्वजनिक गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीको यही असोज २५ गते पर्ने वार्षिकोत्सवलाई लक्षित गरेर यात्रुका लागि अफर बनाएको छ । मोबाइल एपबाट टिकट खरिद गर्दा ‘लक्की ड्र’ मार्फत निःशुल्क टिकट उपलब्ध गराइरहेको छ । हरेक गन्तव्यबाट काठमाडौँ फर्कंदा रिटर्न टिकट निःशुल्क दिइनेछ । अफर योजनाअन्तर्गत हरेक दिन दुईजनालाई निःशुल्क टिकट दिइनेछ । यो योजना अगष्ट १ देखि ११ तारिखसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।

    बुद्ध एयरले अहिले दैनिक १४० भन्दा बढी उडानमार्फत करिब आठ हजार यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीको दसैँको बुकिङ ७० प्रतिशतभन्दा बढी छ । दसैँमा यात्रुको मागबमोजिम उडान थप गर्नका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिने कम्पनीको भनाइ छ ।
            
    बुद्ध एयरले थप नयाँ एटिआर जहाज भित्र्याउँदै

    आन्तरिक उडानको सबैभन्दा बढी जहाज र उडान हिस्सा ओगट्ने अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरसँग अहिले १३ थान एटिआरसहित १५ थान जहाज छन् । कम्पनीको १६औँ जहाज आगामी डिसेम्बर महिनाभित्रै नेपाल भित्रिने जनाएको छ । बुद्धले १४औँ एटिआर जहाज भित्र्याउन लागेको हो । एटिआर–७२ जहाज भित्रिएपछि प्रमुख गन्तव्यको उडानमा सहजता हुने कम्पनीले विश्वास लिएको छ ।

    यता श्री एयरलाइन्सले पनि आफ्ना छ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । दसैँमा यात्रुको मागअनुरुप उडान सङ्ख्या बढ्नसक्ने कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले पाँचवटा जहाजमार्फत सेवा सञ्चालन गरिरहेको छ । पर्यटकीय याम पनि भएकाले हेलिकप्टरको उडानमा पनि चाप बढेको छ ।

    दसैँमा कुन एयरलाइन्सका कति उडान ?

    सामान्य अवस्थाभन्दा दसैँमा एयरलाइन्सको उडान चाप हुन्छ । यात्रुको सङ्ख्या अत्यधिक भएपछि कम्पनीले उडान सङ्ख्या थपेर भए पनि सेवा दिन्छन् । यो पटकको दसैँमा पनि हवाई यात्रुको अत्यधिक चाप हुने एयरलाइन्सको भनाइ छ । अहिले आन्तरिक उडान व्यवस्थापन गर्न पनि विमानस्थललाई हम्मेहम्मे परेको छ । एक घण्टाको अन्तरालमा १५ भन्दा बढी उडान व्यवस्थापन गर्नु परिरहेको छ ।

    एयरलाइन्सका अनुसार हवाई उडान सङ्ख्या बढेसँगै विमानस्थलको आन्तरिक उडानमा समस्या आएको छ । क्षेत्रीय हब विमानस्थलमा स्लट व्यवस्थापन नहुँदासम्म यो समस्या कम नहुने एक एयरलाइन्सका अधिकारीको बुझाइ छ । अहिले बुद्धको १४०, यतीको करिब ५०, श्री एयरलाइन्सको १६ र सौर्यको आठ तथा गुणलगायत एयरलाइन्सको उडान सङ्ख्या पनि बढेको छ ।

    विमानस्थलमा एयर ट्राफिक जाम

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा चाप बढेकाले एयर ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ । एयर ट्राफिक जामले यात्रुको गुनासो बढेको छ । जहाज लामो समयसम्म होल्ड हुनुपर्ने अवस्था छ । बीस मिनेटदेखि डेढ घण्टासम्म जहाज होल्ड हुने गरेको बताइएको छ । क्षेत्रीय विमानस्थल बेस भएर उडान गर्ने भनिए पनि अहिले सबै वायुसेवा प्रदायकले काठमाडौँ विमानस्थलबाटै पहिलो उडान गर्ने भएकाले विमानस्थलमा ट्राफिक जाम हुने गरेको छ ।

    विमानस्थलले भने उडान चापलाई दृष्टिगत गरी आवश्यक व्यवस्थापनमा जुटेको जनाएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सामान्य अवस्थामा भन्दा दसैँ, तिहारलगायत चाडपर्वका बेला जहाजको उडान सङ्ख्या स्वाभाविक रुपमा बढ्छ । यस पटक वायुसेवा प्रदायकको जहाज सङ्ख्या पनि बढेको र सेडुल उडान पनि बढी भएकाले त्यति धेरै समस्या नहुने अनुमान गरिएको छ । “सामान्य अवस्थाभन्दा अक्टोबर महिनाभर उडान सङ्ख्या बढ्छ । उडान सङ्ख्या बढ्नसक्ने अवस्थाको आङ्कलन गरी पूर्वाधारको तयारीमा जुटेका छाँै, त्यो भनेको स्लट व्यवस्थापन मिलाउने र भरसक बिहान र दिउँसो मात्रै चाप हैन साँझको उडानलाई प्राथमिकता दिनेगरी व्यवस्थापन गरिरहेका छौँ,” प्रवक्ता शेर्पाले भन्नुभयो ।

    राति ९ बजेसम्म उडान

    काठमाडौँ विमानस्थल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ । काठमाडौँबाट छुटेका जहाज गन्तव्य पुगेर फर्कंदा राति ८ः३० देखि ९ः१५ बजेसम्म समय लाग्छ । यसरी हेर्दा आन्तरिक उडान पनि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ । विशेषगरी क्षेत्रीय हब विमानस्थल रात्रिकालीन उडान योग्य भएकाले पनि उडान व्यवस्थापनमा सहजता आएको विमानस्थलको भनाइ छ ।

    सामान्य अवस्थामा भन्दा दसैँका बेला दैनिक १० देखि १५ उडान सङ्ख्या बढ्न सक्ने विमानस्थलले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक करिब ३०० उडान भइरहेको छ ।

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.