काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् ।
पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने बताए ।
