काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्लेयर अफ द मन्थको मनोयनमा परेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका लामिछानेसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रा परेका हुन् । ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले ६ खेल खेल्दै १८ विकेट लिएका थिए । आइसीसीकै प्यानल र खुला मतदानको मतको आधारमा प्लेयर अफ द मन्थ घोषणा गरिनेछ । यसको नतिजा अर्को सोमबार आउनेछ ।
