• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मन्त्रिपरिषद् विस्तारको तयारी


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरूको बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् ।
    नेपाली काँग्रेसका सभापतिसमेत रहनुुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको बैठक बस्यो । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा अलग अलग बैठक बसेका थिए । काँग्रेस पदाधिकारी बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस पार्टीबाट मन्त्रीहरूको नाम सिफारिस गर्न पदाधिकारी बैठकले काँग्रेसको भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरूको नाम सिफारिस गर्न छलफल भएको बताउनुभयो ।
    काँग्रेसबाट गृह, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्यमा यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् । भागबण्डामा परेका अन्य मन्त्रालयमा मन्त्रीहरू पठाउन पदाधिकारी बैठकमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले पार्टीभित्र आन्तरिक छलफल गरेर मात्र मन्त्री छनोटको तयारी गर्नुभएको छ । बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने तीन जना मन्त्री तथा एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ । बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजङ्ग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्री बन्ने नाम टुङ्गो लगाए पनि कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा बैठकले केही पनि निर्णय नगरेको बताउनुभयो ।
    जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफू सरकारमा नजाने जानकारी गराउनु भएको थियो । बैठकमा सरकारमा मन्त्री बन्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने निर्णय भएको पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताउनुभयो । बैठकमा समावेशी, क्षेत्र, भूगोल, लिङ्ग, पार्टीमा योगदानलगायतका विषयलाई ध्यान दिएर नाम छनोट गर्न बैठकले सुझाव दिएको छ । पार्टीका प्रवक्ता डम्बर खतिवडाले बुधबारको बैठकमा मन्त्रीको नाम चयन गर्ने विषयमा व्यापक छलफल भए पनि बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने
    जानकारी दिनुभयो ।
    प्रवक्ता खतिवडाले भन्नुभयो, “सबै पार्टीका मन्त्रीहरूको शपथ एकै पटक गर्ने भन्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को बिहीबार स्थायी कमिटीको बैठक बस्ने र सोही बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाउने नेता जगन्नाथ खतिवडाले बताउनुभयो ।

    Advertisement

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.