• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसियामा माल्दिभ्सको धेरै


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले चालू आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

    Advertisement

    यस्तै सरकारले चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशत आर्थिक विस्तारको लक्ष्य लिएको छ । बैंकले बिहीबार ‘साउथ एसिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत वर्ष १.८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ ।

    आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४.७ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोरोना महामारीले गर्दा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको थियो ।

    यस्तै एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकको प्रक्षेपण एडीबीको भन्दा कम छ ।

    कोभिडविरुद्धको खोपको संख्या बढ्न थालेसँगै नेपालको अर्थतन्त्र क्रमिक रुपमा सुधार हुन थालेको विश्व बैंकले बताएको छ । यस्तै पर्यटन र आवप्रवासी श्रमिकको चहलपहल पनि बढ्न थालेको कारण आर्थिक क्रियाकलापमा पुनरुत्थानको संकेत देखिन थालेको बैंकले जनाएको छ ।

    यस्तै संकटमा पर्यटन क्षेत्र विस्तारै खुल्न थालेको र विदेशबाट प्राप्त हुने रेमिट्यान्स आप्रवाह पनि बढ्ने आधारमा यो लक्ष्य प्रक्षेपण गरेको बैंकले आज सार्वजनिक गरेको इकोनोमिक फोकसमा उल्लेख गरिएको छ । यो वर्ष थप १.८ प्रतिशत अर्थतन्त्र विस्तार हुने बैंकको अनुमान छ । यद्यपि कोरोना जोखिम कायम रहेको बैंकले औंल्याएको छ ।

    हाल दक्षिण एसियामा खोपका कारण महामारीको दुस्प्रभावको जोखिम कम भएसँगै वैश्विक मागहरु पनि निरन्तर सुधारमा आइरहेका छन् । यद्यपि यी सुधारहरु पनि जोखिम मुक्त नभएको र महामारी अघिको ट्रेण्ड लेभलभन्दा धेरै टाढा रहेको विश्व बैंकले जनाएको छ ।

    नेपालको हकमा पनि आर्थिक पुनरुत्थानका क्रियाकलापहरु जेखिमले भरिएको र यी सबै यस वर्ष प्रदान गरिएको देशव्यापी खोप र सामाजिक दूरीको प्रतिफल भएको विश्व बैंकको निश्कर्ष छ ।

    नेपालमा महामारीका कारण डिजिटल सेवाको व्यापक वृद्धि हुँदा दोहोरो अंकमा विद्युतीय भुक्तानीको कारोबार बढेको  छ । सेवा क्षेत्रमा भइरहेको वृद्धिले नेपालको अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

    तर, घरेलु रोजगारीको कमी, प्राकृतिक प्रकोप, मौसम परिवर्तनको जोखिम तथा पूर्वाधारमा ठूलो कमजोरीलाई  भने विश्व बैंकले समस्याको रुपमा औंल्याएको छ ।

    दक्षिण एसियामा माल्दिभ्सको सबैभन्दा बढी 

    चालू आर्थिक वर्षमा दक्षिण एसियाको आर्थिक वृद्धि औसत ७ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ । माल्दिभ्सको चालू आर्थिक वर्षमा ११ प्रतिशतले आर्थिक विस्तार हुने अनुमान बैंकको छ । गत वर्ष माल्दिभ्सको २२.३ प्रतिशत थियो । अघिल्लो वर्ष अर्थतन्त्र विस्तार ३३ प्रतिशतले ऋणात्मक भएको थियो ।

    यस्तै भारतको ७.५, श्रीलंकाको २.१, बंगलादेशको ६.४, भुटानको ३.६ र पाकिस्तानको ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान बैंकले गरेको छ । दक्षिण एसियामा भुटान, श्रीलंका र पाकिस्तानको भन्दा नेपालको आर्थिक वृद्धि बढी हुने अनुमान विश्व बैंकको छ ।

    धेरै मुलुकले यस अवधिमा न्यून लगानी प्रवाह, आपूर्ति लाइन तथा मानव पुँजी संकलनमा अवरोध, ऋण वृद्धि जस्ता विभिन्न समस्याहरु सामना गरेका छन् । महामारीका कारण दक्षिण एसियामा मात्रै करिब ५ करोड ९० लाख मानिसहरु गरिब हुने बैंकको प्रक्षेपण छ ।

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.