भरतपुरमा अन्तर लायन्स लियो फुटसल प्रतियोगिता हुने भएको छ । लियोहरुको आत्मियता बढाउनका लागि विगत ८ वर्ष देखि लियो क्लब अफ नारायणगढले प्रतियोगिता गर्दै आएको हो । असोज २३ र २४ गते चितवन फुटसल एण्ड स्पोर्ट्स जोन भरतपुर ७ गौतम चोकमा प्रतियोगिता हुदैछ । प्रतियोगितामा चितवनका १९ समूह सहित काठमाण्डौं, हेटौँडा, बुटवलका गरी २८ वटा लियो तथा लायन्स क्लबका समूहले आफ्नो सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, दोस्रो हुनेलाई १२ हजार नगद पुरस्कार रहेको छ । साथै मेडल ट्रफि र प्रमाण पत्रले सम्मान गरिने छ । फुटसल प्रतियोगिताको २३ गते बिहान ७ बजे शुभारम्भ हुने छ । ७ः३० बजे बाट खेल सुरु हुने छ । २४ गते बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म खेल हुने छ । खेल १०–१० मिनेटको हुने छ ।
बडा दसैँ तथा दिपावलीको अवसरमा प्रत्येक वर्ष लियोले फुट्सल प्रतियोगिता राख्दै आएको छ । “प्रतियोगिताले लियोहरुलाई एक सुत्रमा बाँध्ने । स्वास्थ्यका लागि खेलकुद । ” भन्ने, उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको लियो क्लब अफ नारायणगढ चितवनका वर्ष २०२१–०२२ का अध्यक्ष लियो सन्तोष सुवेदीले बताउनुभयो । अघिल्लो संस्करणमा लियो क्लब अफ भरतपुरले प्रथम पुरस्कार उचाल्न सफल भएको थियो ।
