तपाईं ऋणधन गरेर घर बनाउने योजनामा हुनुहुन्छ अथवा जग्गा खरिद गर्ने सोचमा हुनुहुन्छ ? आफूसँग भएको रकमले मात्र नपुगेर ऋण पनि लिनुपर्ने भएको छ । तर कुन चाहिं बैंकले सबैभन्दा कम ब्याजदरमा ऋण दिन्छ भन्ने थाहा पाउनुभएको छैन । प्रत्येक बैंकका ढोका चहार्दै हिँड्न पनि सम्भव हुँदैन । यही समस्या समाधान गर्न सरल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ ।
यो सेवाले ऋणको ब्याजदरबारे मात्र जानकारी नदिई निक्षेपमा पनि कुन बैंकले सबैभन्दा राम्रो ब्याज दिँदैछ भनने समेत जानकारी दिन्छ । निक्षेप कर्जा तथा व्याजदरको सम्पूणर् जानकारी सरलरुपमा प्रदान गर्ने उद्देश्यसहित सरल बैकिङ सेवा सञ्चालनमा आएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदरसहित अनलाइन बैंकिङसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले घटस्थापनाको दिनदेखि सरल बैंकिङ सेवा सञ्चालनमा आएको हो ।सरल बैंकिङ सेवामा बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने निक्षेप तथा कर्जाको ब्याजदर तुलना गर्न सकिन्छ ।
यसमा कर्जा लिएपछि बुझाउनुपर्ने मासिक किस्ता (इएमआई) तथा इलिजिबिलिटी क्याल्कुलेट (योग्यता मापन) पनि आफैंले गर्नसकिन्छ । त्यसैगरी यसमा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने क्रेडिट कार्डबारे पनि सम्पूणर् जानकारी उपलब्ध छ ।
सरल बैंकिङ सेवामा क्लिक गरेवापत ग्राहकले कुनै शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । साथै, कर्जा तथा व्याजदर सम्बन्धी कुनै किसिमको जानकारी चाहिएमा ग्राहकहरुले सीधै साइटमा गएर त्यहाँ भएको च्याट बक्समा म्यासेज गरेर पनि सहायता लिन सक्नेछन् । अथवा, दिइएको फोन नम्बरमा सीधै फोन गरेर पनि आवश्यक सहयोग लिन सक्नेछन् ।
‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदर सम्बन्धि सानो भन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुको भ्रमण गरिरहनु पर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेका हौं,’ कम्पनीका प्रवन्ध निर्देशक सुनिसकुमार लाखेले लाखेले भने । सरल बैकिङ सेवामा आबद्ध हुन चाहने सेवाग्राहीले सरल बैंकिङ सेवामा लग इन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तीय संथामा सजिलै खाता खोल्न सकिने तथा कर्जाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने समेत लाखेले जानकारी दिए ।
