• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

खानपानलाई नगर्नुहोस् हेलचेक्र्याइं: यसरी खानुहोस खाना


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • हामी किन खान्छौ ? यो प्रश्नको सटिक जवाफ खोज्ने हो भने तपाईंलाई सोधिरहनुपर्दैन कि, हामीले के खानुपर्छ ?
    खानासँग हाम्रो सम्बन्ध के छ ? खाना किन खाने ? यावत् प्रश्नले हाम्रो जीवनसँग खास अर्थ राख्छ । तर, हामी बाँचुञ्जेल यस्ता प्रश्नमा घोत्लिदैनौ । किनभने खाना खानु भनेको स्वाद मेट्न मात्र होइन, पेट भर्न मात्र होइन । स्वाद मेट्ने र पेट भर्ने त अर्कै कुरा हुन् । मूलत शरीरलाई चलमान राख्न, सक्रिय राख्न, तगडा राख्न, निरोगी राख्न खाना खानुपर्छ ।

    Advertisement

    यसको अर्थ खानाको सोझो सम्बन्ध मन र जिब्रोसँग होइन, पाचन यन्त्रसँग छ । समग्र शरीरसँग छ । त्यसैले शरीरले मागेको खानुपर्छ । भइरहेको चाहि उल्टो छ । हामी मनले मागेको खान्छौ । जिब्रोले खोजेको खान्छौ ।

    जबकी हामी किन खान्छौ भन्ने प्रश्नको उत्तरमा लुकेको छ हामीले के खानुपर्छ भन्ने कुरा । हामी किन खान्छौ ? स्पष्ट जवाफ हो, बाँच्नका लागि । तर, कस्तो जीवन बाँच्ने ? स्वास्थ्य, निरोगी एवं तन्दुरुस्त । त्यसो हो भने, खाना नै त्यस्तो औषधी हो जसले हामीलाई निरोगी र तन्दुरुस्त जीवन दिन्छ ।

    खाना के हो ?

    खाना भोजन हो, जसले पेटको भोक शान्त गर्छ । खाना पोषण हो, जसले शरीरलाई चलयामान राख्छ । खाना औषधी हो, जसले शरीरलाई निरोगी राख्छ । खाना अमृत हो, जसले जीवनको आयु लम्बाइदिन्छ ।

    तर, यससँगै बुझ्नुपर्ने अर्को पाटो पनि छ ।

    खाना रोग हो, जब यसको तालमेल मिलाइदैन । खाना बोझ हो, जब आवश्यक्ताभन्दा बढी खाइन्छ । खाना विष हो, जब जथाभावी खाइन्छ ।

    त्यही खाना हो, जो अमृत बन्छ । विष पनि । त्यही खाना हो, जसले शरीरमा पोषण दिन्छ । रोग पनि । त्यही खाना हो, जसले आयु लम्बाउँछ । घटाउँछ पनि ।

    कस्तो अवस्थामा खाना अमृत बन्छ, कस्तो अवस्थामा विष ? यसमा दोष अन्नपानीको छैन । दोष त हाम्रो पाकवन विधी र खानपान शैलीमा छ । खानालाई उचित ढंगले पकाएर, सही मात्रामा, सही तरिकाले सेवन गर्दा त्यसले शरीरलाई निरोगी बनाउँछ । तन्दुरुस्त बनाउँछ । शरीरका संभावित कतिपय रोग निर्मूल बनाउँछ ।

    तर, जथाभावी र मनलाग्दो खाने गरेमा त्यो रोग बन्छ । शरीर जीर्ण बनाउँछ ।

    भोजनको रासायनिक रचना

    शरीरलाई शक्ति प्रदान गर्न, शरीरलाई चलायमान बनाउन, शरीरलाई निरोगी तुल्याउन हामीले बाहिरी स्रोतबाट खानापान ग्रहण गर्नुपर्छ । हामी हिँड्छौ, बस्छौ, उफ्रन्छौ, खेल्छौ, काम गर्छौ । यस अवस्थामा शरीरलाई चाहिने आवश्यक उर्जा खानपानबाटै प्राप्त हुन्छ । हाम्रो शारीरिक अवयव पनि कमजोर हुन्छ, त्यसमा क्षति पुग्छ । अतः त्यसको क्षतिपूर्तिका लागि पनि भोजन आवश्यक छ । संक्षेपमा भोजनले निम्न काम गर्छ ।

    भोजन वर्गिकरण

    भोजनबाट प्राप्त पोषक तत्वको कार्यको आधारमा तीन भागमा बाढ्न सकिन्छ ।

    एक, शारीरिक विकास, बृद्धि एवं जैविक कार्यका लागि उर्जा प्रदान गर्ने पदार्थ

    दुई, शरीर निर्माण गर्ने पोषक तत्व

    तीन, स्वास्थ्य रक्षा गर्ने पदार्थ

    सन्तुलित आहारको विभिन्नता

    विभिन्न व्यक्तिको अनेक कार्य अनुसार भोजनमा विभिन्न पौष्टिक तत्व भिन्न भिन्न मात्रामा आवश्यक हुन्छ ।

    उमेर
    बाल्यवस्थामा जब शरीर विकसिकत हुन्छ तब बालकलाई वोसो र प्रोटिन अधिक मात्रामा चाहिन्छ । वृद्धावस्थामा पाचनशक्ति दुर्बल हुन्छ, तब यी तत्वको आवश्यक्ता कम हुँदै जान्छ ।

    जलवायु
    शीतप्रधान देशमा ग्रीष्मा प्रधान देशको अपेक्षा तापको अधिक उपयोग हुन्छ । अतः शीत प्रदान देशमा अपे्क्षाकृति अधिक भोजनको आवश्यक्ता हुन्छ ।

    लिंग
    पुरुषको अपेक्षा महिलाको लागि भोजनको मात्रा अलि कम आवश्यक हुन्छ ।

    परिश्रम
    शारीरिक परिश्रम गर्ने व्यक्तिको शरीरमा अधिक उर्जा वा उष्णता ह्रास हुन्छ । त्यसको पूर्तिका लागि अधिक भोजन चाहिन्छ ।

    यी भए खानपानबारे आधारभूत कुरा । खाना किन खाने, कति खाने, कसरी खाने भन्ने कुरा हाम्रो शारीरिक अवस्थाले पनि निर्धारण गर्छ । यद्यपी हामीले त्यती नै खाना खानुपर्छ, जति शरीरलाई आवश्यक छ । हामीले त्यसरी नै खाना खानुपर्छ, जसलाई सहज रुपमा पचाउन सकिन्छ ।

    खानपान सूत्र

    १. ताजा, पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौ ।

    २. संभव भएसम्म आफैले पकाएको खानेकुरा सेवन गरौं । कम्तीमा आफ्नै घरमा पकाएको सेवन गरौ ।

    ३. दिनभरमा कम्तीमा चाररपाँच पटक खानेकुरा सेवन गरौं । धेरै पटक तर थोरै थोरै मात्रामा खानेकुरा सेवन गर्दा पाचन यन्त्रलाई सहज हुन्छ ।

    ४. दिनभरको खानामा विविधता पस्कने प्रयास गरौ । सन्तुलित भोजना ग्रहण गरौ ।

    ५. विहान नास्ता अनिवार्य गरौं ।

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.