नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । शुक्रबार दिउँसो बस्ने नेकपा एसको केन्द्रीय सचिवालयको बैठकले पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुङ्गो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
साथै उहाँले नामका विषयमा आधिकारिक रुपमा मिडियामा बोल्ने बेला नभएको पनि बताउनुभयो । यसअघि बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले आज मन्त्रिापरिषद्लाई पूर्णता दिने सहमति जुटाएका थिए ।
नेकपा (एस) बाट चार मन्त्रीहरुमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई तेकिएको भन्ने समाचारहरु सञ्चार माध्यममा आएपनि यसबारे अन्तिम निर्णय भइसकेको छैन, खतिवडा बताउनुहुन्छ । ‘मैले हिजो पनि जानकारी गराइसकेको छु, आज बस्ने केन्द्रीय सचिवालयको बैठकले पार्टीको मन्त्रीहरुबारे टुंगो लगाउछ, अहिले आइरहेको नामहरुमा करेक्सन पनि हुन सक्छ, बैठक नेताहरुको समय अनुकुलतामा दिउँसो बस्नेछ’, उहाँले बताउनुभयो ।
बैठकले मन्त्रालय बाँडफाँङ्को टुङ्गो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको थियो । शीर्ष नेताहररूले काँग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।
