• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

वनमा विवादित आलेलाई पर्यटनको जिम्मा, निर्विवाद बन्ने चुनौती


  •   शनिबार, असोज २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । सबैको आकर्षणमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी असोज २२ गतेबाट नेकपा एकीकृत समाजवादी (एस) का नेता प्रेमबहादुर आलेले पाएका छन् । ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा आले पर्यटन मन्त्रीको रुपमा भित्रिएका हुन् ।

    Advertisement

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७७ पुस १० मा आलेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनले ८५ दिन वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । वनमा रहँदा उनी विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा परेका थिए । रुखले कार्वनडाइअक्साइड दिने हावादारी गफदेखि चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टासेको विषयमा विवादित बनेका थिए । तर, उनी आफ्नो मन्त्रालयकै काममा भने कुनै विवादमा परेनन् ।

    हक्कि स्वभावका आलेलाई पर्यटन मन्त्रालयलाई निर्विवाद रुपमा चलाउने चुनौती छ । यसअघि मन्त्रालय सम्हालेका मन्त्रीहरु मध्ये छोटो अवधिको बाहेक अन्य सबै मन्त्रीहरु विवादमा परेका थिए । उनी पनि त्यो विवादबाट मुक्त हुन्छन् वा त्यसैलाई निरन्तरता दिन्छन भन्ने हेर्ने दिन सुरु भएको जानकारहरुको भनाई छ ।

    पछिल्लो ४ वर्षमा पर्यटनको जिम्मेवारी सम्हाल्ने छैटौं व्यक्ति हुन् आले । यसबीचमा करीव ३ महिना प्रधानमन्त्री शेरबहादुर देउवा आफैले पर्यटनको जिम्मेवारी सम्हाले भने पुर्व प्रधानमन्त्री ओलीले पनि २०७४ फागुन ३ देखि चैत २ सम्म र २०७५ फागुन १५ देखी २०७६ साउन १४ सम्म गरि करीव ६ महिना पर्यटनको जिम्मेवारी सम्हालेका थिए ।

    स्थिर सरकारको नारा दिएर बनेको केपी ओलीको सरकारकै पालामा पनि पर्यटन मन्त्रालय अस्थिरजस्तै बनेको थियो । खासगरि रविन्द्र अधिकारीको निधनपछि पर्यटनमा एकपछि अर्को गर्दै मन्त्री फेरिने क्रम बढेको हो ।

    डोटीबाट २०७४ सालमा नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचन जितेका आले नेकपा एमाले विभाजन भएपछि माधवकुमार नेपाल अध्यक्ष रहेको एकिकृत समाजवादी पार्टीमा आएका हुन ।

    यस्ता छन् उनका चुनौती

    कोभिड १९ले थला परेको पर्यटन क्षेत्रलाई उकास्नेदेखि नेपाल वायुसेवा निगमलाई सुधार गरेर सक्षम संस्था बनाउने जिम्मेवारी उनलाई आइपरेको छ । सार्वजनिक संस्थान मध्ये लामो समयदेखि घाटामा रहेको निगमलाई कसरी नाफामा लैजाने भन्नेदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने, युरोपियन युनियनको कालोसूचीबाट नेपाली आकाशलाई हटाउनेसम्मको जिम्मेवारीमा उनमा रहेको छ ।

    यस्तै निर्माणधिन अवस्थामा रहेका तीन वटा राष्ट्रिय गौरबका आयोजनाहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम निर्धारित समयमै सकाउनेदेखि निजगड अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडी बढाउने समेतको चुनौती उनलाई  छ ।
    त्यति मात्र हैन, लामो समयदेखि समस्यामा रहदै आएको वायुसेवा निगमलाई कसरी अगाडी बढाउने भन्ने चुनौतीसमेत उनलाई देखिएको छ ।

    निगमलाई कम्पनी मोडलमा लैजाने सञ्चालक समितिले प्रारम्भीक मस्यौदा बनाएको भन्दै तीन महिनाभन्दा अघिदेखि आन्दोलनमा रहेका कर्मचारीहरुलाई मिलाउनसमेत उनलाई सकश देखिएको छ । आन्दोलनरत कर्मचारीहरुले कम्पनी मोडलमा लैजाने मस्र्यौदा फिर्ता गर्नेदेखि महाप्रबन्धक डिमप्रकाश पौडेललाई निलम्बनको माग राख्दै आएका छन् ।

    मन्त्री आलेलाई निगमका कर्मचारीहरुलाई मिलाउनेदेखि महाप्रवन्धक पौडेललाई व्यवस्थापन गर्ने समेतको जिम्मेवारी आइपरेको छ । लामो समयदेखि ऋणमा डुबेको निगमलाई नाफामा लैजानेदेखि आन्तरिक उडानका लागि नयाँ जहाज थप्ने, ठूला जहाजको गन्तव्य विस्तार गर्ने समेत उनका चुनौतीहरु हुन् ।

    कर्मचारीहरुको राजनीतिका कारण समस्यामा पर्दै आएको निगमलाई चुस्त ढंगबाट सञ्चालन कसरी गर्नेदेखि नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुलाई व्यवस्थापन गर्ने समेतको चुनौती उनलाई आइपरेको छ ।

    अहिले तत्कालिन अवस्थामा प्राधिकरणमा महानिर्देशक नियुक्तिसमेत गर्नुपर्ने छ । महानिर्देशक बन्नका लागि प्राधिकरण भित्रदेखि पर्यटन मन्त्रालयका सहसचिवसमेत लागि परेका छन् । उनले योग्य मान्छे छान्ने वा आफ्ना मान्छेलाई नियुक्ति दिने भन्ने विषय हेर्न बाँकीनै छ ।
    प्राधिकरण र निगमसँगै कोभिडले दुई वर्षदेखि थला परेको पर्यटन क्षेत्रलाई उकास्ने नीति ल्याउनसमेत उनलाई चुनौती छ ।

    हुन त केहि समयअघि मात्र नेपाल आउने विदेशीहरुलाई क्वारेन्टाइन बस्न नपर्नेदेखि अनअराइभल भिसासमेत सरकारले खुला गरेको छ । तर, पर्यटन व्यवसायीहरुले भने त्यतिमै चित्त भने बुझाएका छैनन् । केहि समयका लागि विदेशी पर्यटकहरुलाई भिसाशुल्क छुट दिनेदेखि विभिन्न मुलुकले नेपाललाई राखेको रेड लिष्टबाट हटाउन सरकारले पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

    यस्तै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सरकारी कर्मचारीरुलाई ७ दिनको काज विदा दिने निर्णयलाईसमेत कार्यन्वयनमा लैजानु पर्ने आलेमाथि चुनौती छ । योसँगै पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउनेदेखि स्वदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नसमेत पर्यटन मन्त्रालयले नीति ल्याउन आवश्यक छ ।

    यस्ता विवादमा परेका थिए यस अघिका दुई जना मन्त्री
    स्व.रवीन्द्र अधिकारी

    स्वर्गिय पर्यटन मन्त्री रवीन्द्र अधिकारी होटल हायातको सेयरको विवाद,वाइडबडी जहाज खरिद, लाउडाका आरोपित नै विज्ञ समूह सदस्य नियुक्ती देखि विमानस्थल बनाउने आश्वासन सम्मको विवादमा उनि परेका थिए । त्यति मात्र हैन,उनले एक कार्यक्रममा जादा अङ्गरक्षकलाई छाता ओडाउन लगाएको तस्विरमा समेत विरोध आएको थियो ।

    योगेश भट्टराई
    २०७६ साउन १५ गते पर्यटन मन्त्रीमा नियुक्त भएका भट्टराई निजगड अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासमा दसौं लाख मानिसहरु जुटाउछु भन्ने विषयमै विवादमा परेका थिए । त्योसँगै पशुपति मन्दिरमा रात्रिकालीन आरती गर्दा नेपालको राष्ट्रियगान बजाउन दिएको निर्देशन पनि विवादमा परेको थियो । जुन पछि फिर्ता गराएका थिए ।

    योसँगै नारायणहिटी दरबारभित्रका कोठाहरु रेस्टुराँ खोल्न भाडामा दिने तयारीको विषयमा समेत उनी विवादमा परेका थिए । यस्तै लकडाउनका बेला भएको चार्टर्ड उडानमा समेत उनको नाम मुछिएको थियो ।

    २०७४ को निर्वाचनपछि पर्यटनको जिम्मेवारी सम्हाल्नेहरु

    केपी शर्मा ओलीः      २०७४ फागुन ३ देखी चैत १ सम्म

    रविन्द्र अधिकारीः     २०७४ फागुन २ देखी २०७५ फागुन १५ सम्म

    केपी शर्मा ओलीः      २०७५ फागुन १६ देखी २०७६ साउन १४

    योगेश भट्टराईः        २०७६ साउन १५ देखी २०७७ पुस ५ सम्म

    भानुभक्त ढकालः     २०७७ पुस १० देखि २०७८ जेठ ३० सम्म

    उमाशंकर अरगरियाः २०७८ जेठ ३१ देखि २०७८ असार ८ सम्म

    लीलानाथ श्रेष्ठः        २०७८ असार १० देखि २०७८ असार २८ सम्म

    शेरबहादुर देउवाः  २०७८ असार २९ देखि २०७८ असोज २१ सम्म

    प्रेमबहादुर आलेः  २०७८ असोज २२ देखि

    शनिबार, असोज २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.