काठमाडौं – सरकारले गजेन्द्र हमाललाई नेपाली कांग्रेसको तर्फबाट नियुक्त गरिएको बताएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका हमालका सम्बन्धमा आएका समाचारमा कुनै सत्य नभएको बताए ।
उनले हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट उद्योगमन्त्रीमा नियुक्त गरेको बताए । प्रवक्ता कार्कीले प्रधानन्यायाधीश राणा र मन्त्री हमालको सम्बन्धमा समाचारमा कुनै पनि सत्य नभएको पनि बताए ।
‘कांग्रेसमा विभिन्न किसिमका जिम्मेवारी बहन गर्नुभएको छ’ उनले भने -‘ तर, उहाँको सम्बन्धमा प्रधानन्यायाधीशसँग जोडेर आएका जुन समाचार छ, त्यसमा कुनै सत्य छैन ।
यस्ता छन् आजका मन्त्रिपरिषद्का बैठकका निर्णय
काठमाडौं – सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कार्की सरकारकै प्रवक्ता रहेका थिए । आजदेखि उनलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अबदेखि मन्त्रिपरिषद्का निर्णय व्यवस्थित रूपमा संचार मन्त्रालयमा सार्वजनिक गरिने प्रवक्ता कार्कीले बताए ।
बैठकले सार्वजनिक खर्चलाई मीतव्ययी, प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरेको छ । यस्तै, २५ भदौमा गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । न्युज कारखाना
