• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अण्डाको मूल्य उकासिदै


  •   शनिबार, असोज २३, २०७८ मा प्रकाशित
  • चितवन । नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ । कोरोना महामारीपछि भने अण्डाको उत्पादनमा गिरावट आएको छ । उत्पादनमा गिरावट आएपछि अण्डाको मूल्य बढेको छ ।  कोरोनाका कारण नेपालमा लेयर्स कुखुराको अण्डा उत्पादन दैनिक ३० लाख गोटाले घटेको छ । कोरोनाअघि दैनिक ६० लाख गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले दैनिक ३० लाख गोटा मात्रै उत्पादन भइरहेको छ ।

    Advertisement

    कोरोना महामारीमा लकडाउन हुँदा अण्डा उत्पादक किसान घाटामा पुगेका हुन् । अहिले भने अण्डा उत्पादक किसानहरू फाइदामा छन् । चितवनमा मात्र हाल दैनिक आठ लाख गोटा अण्डा उत्पादन हुने गर्छ । कोरोनाअघि यहाँ दैनिक १२ लाख गोटा अण्डा उत्पादन हुने गर्थ्याे । जिल्लामा करिब छ सयजना अण्डा उत्पादक किसान छन् । देशभर दुई हजार दुई सय भन्दा बढी छन् । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको छ । कोरोनाअघि देशभरको अण्डा उत्पादनमा चितवनको मात्र करिब ५० प्रतिशत हिस्सा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईं बताउँछन् ।

    अहिले त्यो घटेर ३० प्रतिशतमा सीमित छ । ‘केहि वर्ष पहिलेसम्म चितवनको उत्पादनले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गर्थ्याे । अहिले पूर्व र पश्चिमका विभिन्न जिल्लामा ठूला पोल्ट्री फर्महरू स्थापना भएका छन् । त्यसले गर्दा चितवनको उत्पादनले दिने योगदान घटेको छ’, उनले भने । दुई वर्षअघि एक क्रेट ठूलो अण्डाको मूल्य दुई सय रुपैयाँ थियो । कोरोना महामारी सुरु हुनुअघि पनि करिब तीन सयको हाराहारीमा थियो । महामारीका बेला किसानका अण्डा सहज रूपमा बिक्री हुन सकेन । कुखुरालाई लामो समयसम्म महंगो दाना खुवाएर पाल्नुपर्दा किसानहरु घाटामा पुगेका हुन् । अहिले भने एक क्रेट ठूलो अण्डाको मूल्य ४१५ रुपैयाँ पुगेको छ ।

    एक क्रेटमा ३० गोटा अण्डा हुन्छन् । उत्पादन घट्दा अण्डाको मूल्य बढेको हो । दानाको मूल्य दोब्बरले बढेकाले अण्डाको मूल्य बढेपनि बाहिरबाट हेर्दा जस्तो फाइदा नरहेको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताए । ‘दुई वर्षअघि दानाको मूल्य प्रतिकेजी ३२ रुपैयाँ थियो । त्यतिबेला सरकारले नै अण्डाको लागत मूल्य ११ रुपैयाँ ५८ पैसा तोक्यो । अहिले दानाको मूल्य दोब्बरले बढेको छ । त्यसो हुनाले लागत मूल्य पनि बढेर १५ देखि १६ रुपैयाँसम्म पुगेको छ । बाहिरबाट हेर्दा अण्डाको मूल्य बढेको जस्तो देखिए पनि भित्र वास्तविकता त्यस्तो छैन’, उनले भने । अण्डाको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउँछन् ।

    ‘अण्डाको मूल्य अहिलेसम्मकै उच्च हो । यद्यपि दानाको मूल्य पनि बढेकाले किसानहरू न फाइदा न घाटाको अवस्थामा छन्’, उनले भने, ‘दानाको लागि भारत लगायतका देशबाट भटमास र मकै आयात गर्नुपर्छ । त्यसको मूल्य बढेको छ । त्यति मात्रै नभएर भन्सार शुल्क पनि बढेको छ ।’ उनका अनुसार दानाको लागि चाहिने ७० प्रतिशत भन्दाबढी भटमास विदेशबाट आयात हुने गरेको छ । कोरोनाअघि भटमास प्रतिकेजी ४५ रुपैयाँमा पाइन्थ्यो । अहिले प्रतिकेजी ११५ रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

    त्यसैगरी, कोरोनाअघि प्रतिकेजी २२ रुपैयाँसम्ममा पाइने मकै अहिले ३५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए । यस्तो वस्तुको आयातमा सरकारले भन्सार शुल्क चार प्रतिशतबाट बढाएर ११ प्रतिशत पुर्‍याएको उनी बताउँछन् । हाल नेपालमा प्रति हप्ता एक लाख ५० हजार गोटा लेयर्सका चल्ला र दैनिक तीन हजार मेट्रिक टन दाना उत्पादन भइरहेको मञ्चले बताएको छ । मञ्चले शुक्रबार २६औँ विश्व अण्डा दिवस मनाइरहेको छ ।

    शनिबार, असोज २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.