• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सम्पन्न हुँदै ब्रोडब्यान्ड जडान


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन सरकारले सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।
    परियोजना कार्यान्वयन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भदौसम्म ९४.४१ प्रतिशत अर्थात् देशभरका १५ हजार ८९ वटा सार्वजनिक संस्थासम्म इन्टरनेट जोडिएको छ । यसरी जोडिएको इन्टरनेट सम्बन्धित संस्थाले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
    प्राधिकरणले देशभरका तोकिएका सार्वजनिक संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन १८ वटा प्याकेज सञ्चालनमा ल्याएको थियो । जसमध्ये १६ वटा प्याकेजका ६५ जिल्लामा शतप्रतिशत जडानको काम भएको छ । बाँकी दुई वटा प्याकेजमध्ये एउटा प्याकेजअन्तर्गतका पाँच जिल्लामा ५० प्रतिशत र अर्को एउटा प्याकेजमार्फत चार जिल्लाका तोकिएका सार्वजनिक संस्थामा ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको प्राधिकरणले उल्लेख गरेको छ ।
    प्राधिकरणले यस परियोजनाअन्तर्गत १५ हजार ९८२ संस्थामा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये अब ८९३ संस्थामा मात्र जडानको काम बाँकी छ । जडान सम्पन्न भएका छ वटा परियोजनाको सुपरिवेक्षण तथा प्रमाणीकरणको काम पनि सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजनाका लागि कुल पाँच अर्ब ६७ करोड ४६ लाख रुपियाँ विनियोजन गरिएकोमा हालसम्म तीन अर्ब ३८ करोड ८७ लाख रुपियाँ सेवाप्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकबीच प्रतिस्पर्धा गराई प्रदेशअनुसार वर्गीकरण गरिएको प्याकेज कार्यान्वयनको सम्झौता गरेको थियो ।
    देशैभर उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराउने लक्ष्यसहित पूर्वाधार निर्माण गर्न प्राधिकरणले अघि सारेको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माणको काम भने सुस्त गतिमा देखिन्छ । तीन वटा प्याकेजमा वर्गीकरण गरिएको यो परियोजनाको पहिलो प्याकेजअन्तर्गत प्रदेश १, २ र बागमतीमा अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी पाएको नेपाल टेलिकमले हालसम्म ४६.५३ प्रतिशत अर्थात् एक हजार १३ किलोमिटर फाइबर बिछ्याएको छ । सम्झौताअनुसार टेलिकमले दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनु पर्नेछ । उपकरण जडानको काम भने टेलिकमले करिब सम्पन्न गरिसकेको छ । यद्यपि सम्झौता भएको पाँच वर्ष नाघिसक्दा पनि प्याकेज एकअन्तर्गतकै काम पूरा हुन भने सकेको छैन ।
    परियोजनाको प्याकेज दुईअन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको युनाइटेड टेलिकमले तोकिएको समयमा काम सुरु नगरे पनि प्राधिकरणले सम्झौता म्याद नै नथप्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतमा रिट निवेदन दायर भएको र यसको टुङ्गो नलागेकाले अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।
    प्याकेज तीनअन्तर्गत कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशको जिम्मा पाएको स्मार्ट टेलिकमले पनि समयमा काम सुरु नगरेपछि सम्झौता रद्द गरेर त्यसको जिम्मेवारी पनि नेपाल टेलिकमलाई दिइएको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको नेपाल टेलिकमले एडीएसएसको सम्झौता गरेर कार्यान्वयनको चरणमा लगेको छ ।
    अहिले उच्च क्षमताको डीडब्लूडीएमका लागि उपकरणको जडान प्रक्रियामा रहेको छ । यस परियोजनाका लागि कुल नौ अर्ब ८९ करोड १७ लाख रुपियाँ विनियोजन भएकोमा हालसम्म एक अर्ब १४ करोड रुपियाँभन्दा बढी भुक्तानी भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

    Advertisement

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.