• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

खुल्यो कृषि हाट तथा थोक बजार


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • बागलुङ बजारमा कृषि हाट तथा थोक बजार सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाको आग्रहपछि बजार सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा आएको ‘कृषि हाट तथा थोक बजार’को बागलुङ नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गर्नुभएको हो । कृषि ज्ञानकेन्द्र, नगरपालिका र उद्योग वाणिज्य सङ्घको समन्वयमा हाट तथा थोक बजार व्यवस्थापन समितिले बजार सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    सो अवसरमा नगरप्रमुख पौडेलले “हिजो बजारबाट ल्याएर खाने अहिले गाउँकै अर्गानिक उत्पादन खान थालेका छन् । किसानले कर्मबाट चाहेको जति उपलब्धि हासिल गर्न सकेका छैनन् ।”
    गुठीमा हरेक हप्ता शनिबार हाट बजार र अन्य दिन थोक बजार सञ्चालनमा आउने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

    समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्यसमेत तोक्नेछ । अहिलेसम्म बागलुङमा फलफूल तथा तरकारीको मूल्य बजारमा मोलमोलाइकै आधारमा निर्धारण हुने गरेको थियो । किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल तरकारी पाउने वातावरण बनाउनका लागि हाट तथा थोक बजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

    “थोक बजारबाट अरु व्यापारीले पनि किनेर लैजान सक्नुहुन्छ, पाँच किलोभन्दा माथि लानेले थोक मूल्यमा फलफूल तरकारी पाउनुहुन्छ”, उहाँले भन्नुभयो, “बाहिरको तरकारी यहाँ ल्याउन पाइँदैन, बागलुङमै फलेको तरकारीले स्थान पाउनुपर्छ ।” सङ्घका अध्यक्ष युवराज राजभण्डारीले किसान आफैँले बिक्री गर्ने भएकाले उपभोक्ताले ताजा तरकारी पाउने बताउनुभयो । सङ्घले बजारलाई सघाउने उहाँको भनाइ थियो । जिल्ला कृषि सहकारी सङ्घसँग सहकार्य गरेर नगरपालिकाले बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा पाँच लाख बजेट विनियोजन गरेको थियो । बजार निर्र्माण भएपछि दुई वर्षअघि नै सञ्चालनमा ल्याइएको भए पनि कोरोना महामारीका कारण निरन्तरता पाउन सकेको थिएन ।

    थोक बजारसमेत थपेर दुई वर्षपछि शुभारम्भ गरिएको हो । विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट तथा थोक बजार सञ्चालन गरेको प्रमुख पौडेलले जानकारी दिनुभयो । आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषिउपज सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने समितिले जनाएको छ ।

    कृषि हाट बजार सञ्चालनमा आउँदा कृषि उपजका विचौलियाको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताउनुभयो । हाल दुई हजार वर्गफिटमा १० कक्ष रहनेगरी पाँच वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ टहरा बनाइएको छ । जग्गाको भाडा बागलुङ नगरपालिकाले बेहेर्ने छ ।

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.