• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बिहे नगरी सँगै बस्ने जोडीको कमेडी कथा, हेर्नुहोस् युट्युबमा


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • भारत निजी स्वतन्त्रता र सामाजिक कट्टरपन दुवै सँगै अघि बढिरहेको देश हो। एउटा भारत आज यौन, बिहे र बच्चा जन्माउनेजस्ता कुरामा उदार बन्दै गएको देखिन्छ। अर्को भारत जात, धर्म, सम्प्रदाय र यौन स्वतन्त्रता जस्ता विषयमा झन् संकीर्ण र कट्टर बन्दैछ।

    Advertisement

    लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘लुकाछुप्पी’ मा भारतीय समाजका यी दुवै खालका रूप देख्न पाइन्छ। 

    यो बिहे नगरी केटा र केटी सँगै बस्ने ‘लिभ इन’ सम्बन्धमा बनेको फिल्म हो।

    मथुराका गुड्डु (कार्तिक आर्यन) टेलिभिजनमा काम गर्छन्। रिपोर्टिङका क्रममा दिल्लीबाट छोटो समयका लागि मथुरा आएकी रश्मी (कृति सनोन) गुड्डैकै टेलिभिजनमा इन्टर्न गर्न थाल्छिन्।

    छोटो समयमै यी दुई एकअर्काप्रति आकर्षित हुन्छन्। गुड्डु रश्मीसँग बिहे गर्ने सपना देख्न थाल्छन्। 

    ‘म अहिले बिहेका लागि तयार छुइनँ। मलाई अझै दिल्ली जानुछ, काम गर्नुछ, पत्रकार बन्नुछ,’ भन्ने रश्मीलाई हतार छैन। आफ्नो हुनेवाला जीवनसाथीलाई बुझ्न समय चाहिएको छ। उनी गुड्डुलाई केही समय लिभ इन सम्बन्धमा बस्न मनाउँछिन्।

    गुड्डुका परिवार दाइको बिहे नगरी भाइको बिहे गर्नु हुन्न भन्ने परम्परागत सोच राख्ने खालका छन्। अर्कोतिर रश्मीका बुबा त विवाहपूर्व सडकमा हिँड्ने युवायुवतीलाई समातेर कालोमोसो दल्ने पार्टीका अध्यक्ष हुन्छन्।

    यस्तो परिवेशमा मथुरामै गुड्डु र रश्मी पहिल्यै लुकीछुपी भेटिरहेका हुन्छन्। मथुरामै लिभ इन बस्न सम्भव हुँदैन। लिभ इनको अनुभव लिन उनीहरू मथुराबाट ग्वालियर पुग्छन्।

    उनीहरू दुई एकअर्कासँग सहज र आत्मीय महसुस गर्छन्। तर जहाँ मान्छे, त्यही समस्या भनेझैं उनीहरूले नसोचेका समस्या आउँछ।

    ग्वालियरमा उनीहरूलाई बाबुलाल (पंकज त्रिपाठी) ले देख्छन्। बाबुलाल र गुड्डु एकअर्काका दुश्मन हुन्छन्। छुल्याहा स्वभावका बाबुलालले उनीहरूलाई पछ्याएर मात्र चित्त बुझाउँदैनन्।

    बाबुलालकै कारण गुड्डुको घरका सबै ग्वालियर आइपुग्छन्। गुड्डु र रश्मीले ग्वालियरमा बस्ने ठाउँ पाउन आफू विवाहित जोडी भएको बताएका हुन्छन्। त्यहाँका छिमेकीले पनि चियोचर्चा गरेपछि उनीहरूले बिहे गरेका दम्पत्तीझैं भित्तामा बिहेको फोटो झुन्ड्याएका हुन्छन्।

    अरूले जस्तै बाबुलाल र घरका सबैले गुड्डु र रश्मीले साँच्चिकै बिहे गरेको ठान्छन्। गुड्डु र रश्मीले पनि बिहे नगरी लिभ इनमा बसेका हौं भन्न सक्दैनन्। 

    एकातिर, मध्यमवर्गीय परिवारका गुड्डु र धनी घरकी रश्मीको परिवारबीच धेरै कुरा मिल्दैन।

    अर्कोतिर रश्मी आफैंलाई बिहेका लागि समय चाहिएको हुन्छ। 

    यसपछि के होला त?

    गुड्डु र रश्मीको सम्बन्धलाई ‘संस्कृतिका ठेकेदार’ ठान्ने रश्मीका बुबाले स्वीकार्लान्?

    आफ्नो सोच विपरीतका घटनाक्रमले रश्मीको मनोदशा कस्तो बनाउला? सबैतिरबाट चेपुवामा परेका उनीहरूले के गर्लान्?

    परिवार र समाजसँग लुकामारी खेल्दै लिभ इन सम्बन्धमा बसेको जोडीले कस्तो मूल्य चुकाउनु पर्ला?

    कथा सुन्दा गम्भीर लाग्न सक्छ। तर यो हाँस्यप्रधान फिल्म हो जसले पात्रहरू अप्ठ्यारोमा पर्दा दर्शकलाई झनै हसाउँछ।

    फिल्मको सबैभन्दा बलियो पक्ष यही हो। यसमा ‘सिचुएसनल कमेडी सिन’ एकपछि आइरहन्छन्।

    फिल्मले वर्तमान भारतका युवायुवतीको प्रेम र सम्बन्धबारे बदलिइरहेको दृष्टिकोणको झलक पनि दिन्छ। सँगै, नयाँ र पुरानो सोचेको द्वन्द्व पनि देखाउँछ। 

    रोचक संवाद र नाटकीय घटनाक्रमका माध्यमबाट भारतमा दैनिक रुपमा अतिवादी राजनीतिको विरोध पनि गरिएको छ।

    फिल्मको केन्द्रमा प्रेम र यौन स्वतन्त्रताको कुरा छ। फिल्ममा बदलिँदो समयको कथा छ। पुरानो मूल्य मान्यतासँग नयाँ सोचले गर्नुपरेको संघर्ष पनि छ। तर विषयको उठान जति रोचक छ, बैठान उत्तिकै सशक्त बन्न सकेको छैन।

    तथापि कमी-कमजोरीभन्दा रमाइला घटनाक्रमले जित्छ। पर्दामा देखिने नाम चलेका कलाकारहरू कार्तिक आर्यन, कृति सनोन, पंकज त्रिपाठी, विनय पाठकजस्ता कलाकारको उपस्थितिले करिब दुई घन्टाको समय सहजै कटाउँछ।

    पंकज त्रिपाठीले विशेष मनोरन्जन दिन्छन्। गुड्डुलाई अप्ठ्यारो समयमा पनि साथ दिने मित्र अब्बासको भूमिकामा अपारशक्ति खुरानाको पनि फिल्ममा विशेष भूमिका छ।

    समसामयिक समाजकै मुद्दामा बनेको लुकाछुप्पी व्यवसायिक रूपमा सन् २०१९ कै सफल फिल्म हो।  

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.