• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यी खानेकुराले तपाईंलाई सधै जवान बनाइराख्छ, आजैबाट खान सुरु गर्नुहोस्


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • बिरामी नभइकनै लामो वर्षसम्म बाँच्ने धेरैको चाहना हुन्छ । यद्यपि, यो चाहना धेरैको पूरा नहुन सक्छ किनभने उमेर बढेसँगै धेरैजसो मानिसहरु कुनै न कुनै रोगको शिकार भइरहेका हुन्छन् । यद्यपि, केही एन्टी एजिङ फुड्सले शरीरलाई भित्रैदेखि स्वस्थ बनाउने गर्छ जसका कारण तपाईंले लामो जीवन पाउन सक्षम हुनुहुनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

    Advertisement

    ब्रोकलीः
    बढ्दो उमेरका लागि ब्रोकलीले एक औषधीको रुपमा काम गर्छ । ब्रोकलीमा निकोटिनमाइड मोनोन्यूक्लियोटाइड हुन्छ जुन मांसपेशी, कलेजो र आँखाका लागि अत्यधिक राम्रो मानिन्छ । यसले तौल पनि नियन्त्रण गर्छ, शारीरिक चुस्तता बढाउँछ र प्रतिरोधी क्षमता बलियो बनाउँछ । आफू स्वस्थ हुन र लामो उमेरका लागि पनि यी सब कुरा आवश्यक छ ।

    भेंडे खुर्सानीः

    हामीलाई छिट्टै बुढो हुन नदिने खानेकुरामा भेंडे खुर्सानी पनि पर्छ । यसमा एन्टिअक्सिडेन्स र भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यी दुई तत्वले हामीलाई लामो उमेर दिने काम गर्छ । शोधमा पत्ता लागे अनुसार भेंडे खुर्सानीमा पाइने क्यारोटिनोयडले उमेर बढेसँगै हुने मोतीबिन्दू र म्याक्यूलर डिजेनेरेशन (उमेर बढेसँगै आँखामा देखिने समस्या) जस्ता रोगलाई रोक्न मद्दत गर्छ ।

    गाजरः

    गाजरले तपाईंलाई लामो उमेरमात्रै दिँदैन, यसले तपाईंलाई आकर्षक पनि बनाउँछ । ग्लासगो र एक्सेटरको विश्वविद्यालयद्वारा गरिएको एक शोधमा पाइए अनुसार गाजरमा पाइने क्यारोटिनोयडले उमेरको गतिलाई सुस्त बनाउने काम गर्छ । गाजरमा पाइने भिटामिन एले छालाको तन्तुलाई स्वस्थ बनाउँछ र छालालाई ब्याक्टेरिया र भाइरसबाट पनि जोगाउँछ ।

    ओखरः

    बीएमसी मेडिसिनमा छापिएको एक शोधका अनुसार हप्तामा कम्तीमा तीन पटक ओखर खानेहरुको उमेर दुईदेखि तीन वर्षसम्म बढ्ने गर्छ । नियमित रुपमा ओखर खाँदा क्यान्सर र मुटुको समस्या हुँदैन । यी दुबै यस्ता रोग हुन् जसको उमेर सँगै खतरा पनि बढ्ने गर्छ ।

    सारडाइन फिशः

    ओमेगा–थ्री फ्याटी एसिड लामो उमेर चाहनेहरुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । एकेडेमी अफ न्यूट्रिशन तथा डाइटेटिक्सका अनुसार यसले मुटु र मधुमेहको खतरालाई कम गर्छ । सारडाइन फिश खाँदा ओमेगा–थ्री र भिटामिन बी१२ को पूर्ति हुन्छ । ओमेगा–थ्री र भिटामिन बी–१२, दुबै लामो उमेरका लागि आवश्यक पोषक तत्व मानिन्छन् ।

    एभोकाडोः

    क्रिमले भरपुर एभोकाडो खाँदा स्वादिष्ट त हुन्छ नै यो पोषणले पनि भरपुर हुन्छ । एभोकाडोमा हेल्दी फ्याट पाइन्छ जसले शरीरलाई भित्रैदेखि स्वस्थ र छालालाई चम्किलो बनाउँछ । यसमा पाइने भिटामिन ‘ए’ ले शरीरलाई संक्रमणबाट टाढा राख्छ ।

    ब्लूबेरिजः

    ब्लूबेरिज भिटामिन ए र सीका साथै एन्थोसायनिनजस्ता एन्टी एजिङ एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । शोधमा पाइए अनुसार एन्थोसायनिनको उच्च मात्राले शरीरलाई सुरक्षित राख्छ र उमेर बढ्ने संकेतलाई कम गर्छ । ब्लूबेरिजमा पाइने एन्टीअक्सिडेन्टले मुटु, क्यान्सर र स्नायू प्रणालीसम्बन्धि गम्भीर रोगबाट जोगाउँछ ।

    चिया सिड्सः

    चिया सिड्स पोषक तत्वले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले छालाको रक्षा गर्छ । चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड, फाइबर, प्रोटिन र सबै आवश्यक अमिनो एसिड हुन्छ । स्वास्थ्य विज्ञले एन्टि एजिङ खानामा चिया सिड्सलाई कुनै पनि हालतमा समावेश गर्न सल्लाह दिन्छन् ।

    अंगुरः

    सानो देखिने अंगुरमा विभिन्न आवश्यक एन्टी एजिङ तत्व पाइन्छ । एउटा अंगुरमा १५ सय नेचुरल प्लान्ट कम्पाउन्ड पाइन्छ । यसबाहेक यसमा एन्टिअक्सिडेन्ट र अन्य पोलिफेनोल्स पनि हुन्छन् जसले उमेरको गतिलाई कम गर्छ र स्वस्थ तरिकाले अघि बढ्न सहयोग गर्छ । शोधका अनुसार पोलिफेनोल्सले आँखा, हड्डी, कलेजो र दिमागलाई स्वस्थ राख्छ ।

    पालुङ्गोः

    पोषक तत्वले भरपुर पालुङ्गोमा क्यालोरीको मात्रा निकै कम हुन्छ । द डाइट डिटक्सकी चर्चित लेखिका ब्रुक अलपर्टले द हेल्दी वेबसाइटलाई भनिन्, ‘पालुङ्गोमा पाइने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ । आइरनबाहेक यसमा पाइने भिटामिन ए र भिटामिन सीले नयाँ स्किन सेल्स बनाउँछ ।’

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.