काठमाडौं – सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूले नाराबाजी गरेका छन् । नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएका थिए ।
बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।
यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । अब अर्को बैठक दुई सातापछि बस्ने भएको छ । सभामुख सापकोटाले अर्को बैठक ९ कात्तिक बस्ने जानकारी दिए ।
