काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओबीच भेटवार्ता भएको छ ।
मंगलबार नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका नेपाल र बोर्बाओबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा फ्रान्सका राजदूत बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएकी छन् ।
राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्याउने बताइन् । यस्तै भेटमा अध्यक्ष नेपालले पनि बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।
