• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सीमा विवादबारे भारतसँग कुरा राख्यौँ, वार्ताबाट समाधान गर्न भन्यौँ : प्रकाशशरण महत


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको बताएका हुन् ।

    Advertisement

    उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र खोपको आपूर्तिको बारेमा छलफल भएको बताए । उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए । उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए । भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हीतका विषयमा चर्चा भएको उनको भनाइ छ ।

    सह महामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्व र प्राथमिकता दिएको पनि बताए । उनले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर निष्कर्षमा पुग्न आग्रह गरेको बताए ।

    सह महामन्त्री महतले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र भारतको हीतमा छ भन्नुभयो, नेपाललाई सहयोग गर्न म तयार छु भन्नुभएको छ, समग्रमा मलाई लाग्छ, भ्रमणलाई भारतीय जनता पार्टीले उच्च महत्व दिएको छ, नेपाल र नेपाली काँग्रेस पार्टीसँग महत्वपूर्ण र निकट सम्बन्ध राख्न चाहेको, नेपालको सरकोकारका विषयहरु, चासो र चिन्ताका विषयहरुलाई उच्च प्राथमिकताका साथ सुनेको र त्यसलाई गम्भीरताका साथ लिएको मैले पाएँ, हामीले पनि हामी सम्बन्धित निकायमै कुरा राख्छौँ, सडकमा बोल्दै हिँड्दैनौँ भन्यौँ, नेपाली जनतासँग जोडिएका कुरा हेर्नुपर्छ भन्दा उहाँहरुले अहिलेको भेटघाटमा अति महत्वका साथ र गम्भीरताका साथ हाम्रो कुराहरुलाई लिएको कतिपय कुराहरुलाई तत्काल सम्बोधन गर्ने कुराहरु भएकोले भ्रमण फलदायी पाएँ । कोभिशील्ड सप्लाई,तुइन प्रकरण, उनीहरुले त्यहाँ हामी संलग्न थिएनौँ भन्ने आयो ।’

    सह महामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको बताए । सहमहामन्त्री महतले भने, ‘पछिल्लो सरकारले त ठूलो कुरा मात्रै गर्यो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त चर्को कुरा गर्ने, उहाँले कुटनीतिक तवरमा कुनै पनि कुरा बोल्नुभएन, हामीले त पार्टी तहमा पनि कुराहरु उठाइरहेका छौँ, सरकारी तहमा पनि कुराकानी गरिरहेका छौँ, हामी गम्भीर रुपमा सम्बन्धित ठाउँमा कुरा गर्नेमा विश्वास राख्छौँ, जनतातिर फर्केर ठूलो स्वरले कराउने,तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ कुरा नराख्ने,त्यो गलत हो, त्यसले नेपालको हित गर्दैन,हामी कुटनीतिक टेबलमै आधार र तर्कसहित तथ्यांकसहित प्रश्तुत हुने र उहाँहरुको भनाइमा के आधार छ, त्यसमा छलफल गर्छौं, यो भन्दा अघिको सरकारले त कुरा नै गरेन, तर हामीले गर्न थाल्यौँ ।’

    उनले भारतीय जनता पार्टी ९भाजपा० सँगको सम्बन्धले नेपाली काँग्रेस र देशलाई नै सकारात्मक हुने बताए । कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहेका छन् । भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय शमशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरू अरुण सिंह, राजु बिष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाला लगायतका नेताहरुसँग भेट गरेका थिए ।

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.