• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बैंक लुट्ने समूह सार्वजनिक, गार्मेन्ट व्यापारमा घाटा लागेपछि यसरी बन्यो बैंक लुट्ने योजना


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • विराटनगर  । मोरङको धनपालथान गाउँपालिका–४, कर्सियाको बीपी चोकस्थित सिटीजन्स बैंकको शाखामा भएको लुटपाटमा संलग्नमध्ये पक्राउ परेका मुख्य योजनाकारसहित ३ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी हुन् ।

    Advertisement

    पक्राउ परेका सुनील यादवले प्रयोग गरेको कटुवा पेस्तोल र एक राउन्ड गोली, घाइते विजय सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

    सुरुआती अनुसन्धानमा पहिचान भएका घटनामा संलग्न थप ६ जनाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र अन्य दुई बाहिर देखिन्छन् । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एक पछि अर्को गर्दै कसलाई दियो भन्ने प्रष्ट भइसकेको एसपी जीसीले बताए ।

    उनका अनुसार बैंकमा रकम लुटको क्रममा हतारोमा आफैँले बोकेको पेस्तोलबाट गोली चलेर घाइते भएका विजय सहनीलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका–२, खयरबना चोकबाट तीन जना पक्राउ परेका थिए । लुटेराहरुले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकलसमेत बरामद भएको जीसीले बताए । एसपी जीसीका अनुसार बैंकबाट लुटेको झन्डै २२ लाख रुपैयाँ लिएर लुटेराहरुमध्येका अर्को समूह फरार छ ।

    प्रहरीका अनुसार सोमबार अपराह्न एक्कासी बैंकभित्र प्रवेश गर्ने क्रममा लुटेरा समूहमध्येका दुई जनाले सुरक्षा गार्ड ३८ वर्षीय शीतल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको दुवैतिरको पातामा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीमध्ये एक गोली छेडेर र अर्को छोएर गएको थियो ।

    घटनालगतै उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको एसपी जीसीले जानकारी दिए । पक्राउमध्ये विजय र पहिचान भएका अधिकांश फरारहरुलाई विभिन्न अपराधमा भारतीय प्रहरीले खोजी गरिरहेको एसपी जीसीले बताए । उनका अनुसार दुवैतिरको प्रहरीले मिलेर उनीहरुको खोजी गरिरहेका छौँ ।

    गार्मेन्ट व्यापारमा घाटा लागेपछि निराशामा रहेका मुखियाले भारतीय लुटेराहरुसँग सम्पर्क गरेर घटना हुनु दुई साता अगाडि मात्र लुटको योजना बनाएको उनले बताए । एसपी जीसीका अनुसार घटनामा संलग्नहरुलाई डाका, हातहतियार एवं खरखजाना, ज्यान मार्ने उद्योग एवं संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको छ ।

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.