• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एचआईडीसीएललाई बैंक बनाउन ऊर्जा मन्त्रालयले थाल्यो पहल


  •   शनिबार, असोज ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) लाई बैंकमा रुपान्तरण गर्न ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले छलफल अघि बढाएको छ । एचआईडीसीएल ऊर्जा मन्त्रालयअन्र्तगतको संस्था हो । एचआईडीसीएललाई बैंकमा रूपान्तरण गर्नका लागि मन्त्रालयले आन्तरिक छलफल थाल्ने भएको हो ।

    Advertisement

    दसैंलगतै मन्त्रालयले आन्तरिक छलफल गरेर निर्णयमा पुग्ने भनेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले बताए । बैंक बनाउनका लागि अध्ययन गर्न गठित समतिले पनि प्रतिवेदन दिने काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्रालयमा छलफलपछि यस विषयमा निर्णय लिने उनले जानकारी दिए ।

    सञ्चालक समिति बैठकले एचआईडीसीएललाई बैंकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । अहिलेको अवस्थामा व्यवसाय विस्तार गर्न कम्पनीलाई समस्या भएकाले नेपाल राष्ट्र बैंकको नियमनमा जानुपर्ने भनाई सीईओ गौतमको छ ।एचआईडीसीएललाई राष्ट्र बैंकको नियमनको दायरामा ल्याउन संभावना, विकल्पहरू र त्यसको प्रक्रियाका बारेमा अध्ययन पुरा भइसकेको छ ।

    यद्यपि कम्पनीलाई बैंक बनाउन सरकार र राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । यस्तै कम्पनीको वार्षिक साधारणसभाबाट पनि पारित हुनुपर्छ  । जलविद्युतमा लगानी जुटाउनका लागि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टको पहलमा २०६८ असारमा एचआईडीसीएल स्थापना भएको हो । स्थापनाको ११ वर्षको अवधिमा कम्पनीले ६ अर्ब रुपैयाँ मात्र जलविद्युतमा कर्जा प्रवाह गरेको छ ।

    वाणिज्य बैंक वा पूर्वाधार बैंकमध्ये कुनै बैंक बनाउने अध्ययनपछि मात्र निक्र्यौल हुने छ ।  एचआईडीसीएललाई बैंक बनाउन राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग एक चरण अनौपचारिक कुरा भइसकेको छ । एचआईडीसीएललाई बैंक बनाउने विषयमा केन्द्रीय बैंकका अधिकारीहरू सकारात्मक देखिएका छन् ।

    कम्पनी यथास्थितिबाट सञ्चालन हुन नसक्ने निश्कर्षमा सञ्चालक समिति र व्यवस्थापन पुगेको सीईओ गौतमको भनाइ छ । एचआईडीसीएल राष्ट्र बैंकको नियमनमा पर्दैन । लगानी बढाउन धेरै कुरामा समस्या आउने निश्कर्ष निक्लिएको उनले स्पष्टपारे । एचआईडीसीएल केन्द्रीय बैंकको नियमनमा कुनै न कुनै रूपमा आउनुपर्ने उनको निश्कर्ष छ ।

    वित्तीय परिचालन गर्न समस्या भएको अहिलेको अवस्थामा संस्थालाई यथास्थितिमा राखेर अघि बढाउन नसकिने व्यवस्थापनको निश्कर्ष रहेको छ । यही अवस्थामा अब कम्पनीले लगानीकर्ताले अपेक्षा गरेअनुसारको लाभांश दिन नसक्ने र लाभांश दर पनि घट्ने संभावना रहेको उनले सुनाए । कम्पनीले गत वर्ष १० प्रतिशत लाभांश दिएको थियो ।

    विशिष्टीकृत संस्था भएकाले १० वर्षमा एचआईडीसीएललाई जलविद्युतमा धेरै लगानी गर्ने  बनाउने योजना रहेको सुनाउँदै सीईओ गौतमले भने ‘एक दशकमा न्यूनतम १ खर्ब ५० अर्ब रुपैयाँ जलविद्युतमा लगानी वृद्धि गर्ने योजना छ । बैंकमा रूपान्तरण भएन भने त्यो लक्ष्य पूरा हुँदैन ।’

    कम्पनीलाई अहिले ऋण लगानी गर्न समस्या भएको उनको तर्क छ । ‘राष्ट्र बैंकले २०६९ मा बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणमा सहभागी भएर मात्र ऋण लगानी गर्नु भन्ने म्यान्डेट दिएको छ । यस्तो भएपछि कम्पनीले नेतृत्व गरेर ऋण लगानी गर्न पाइएन’ सीईओ गौतमले भने ।

    एचआईडीसीएलले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जस्तो सिधै तथा स्वतन्त्र रूपमा लगानी गर्न नपाएपछि ऋण लगानीको क्षेत्र संकुचन हुँदै गएको छ ।

    थप लगानी जुटाउन कम्पनीको प्रवन्धपत्रले विदेशी संस्था र गैर आवासीय नेपाल संघ (एनआरएन) सँग पनि ऋण लिन म्यान्डेट दिएको छ । विभिन्न बण्ड निष्कासनका साथै सर्टिफिकेट अफ डिपोजिट पनि डकुमेन्ट जारी गर्न भनेको छ । यी सबै काम गर्न राष्ट्र बैंकको अन्तिम स्वीकृति चाहिनेछ ।

    राष्ट्र बैंकले स्वीकृति दिन उसको नियमनभित्र संस्था आउनुपर्ने देखिएको छ । राष्ट्र बैंकले नियमनभन्दा बाहिरका संस्थालाई लगानी स्वीकृति दिन सहज छैन ।

    हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुगेको छ । प्रतिफल राम्रो नदिने भन्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाले ३ अर्ब ३० करोड रुपैयाँ लगानी थप्न मानेनन् ।

    एचआईडीसीएलमा सरकारको ५०, सञ्चय कोष, लगानी कोष र बिमा संस्थानको ३० र बाँकी २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले ६३ अर्ब ८९ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

    कम्पनीको आम्दानीको मुख्य स्रोत बैंकहरुमा निक्षेप मुद्धति खातामा राखेर आउने ब्याज हो । चौथो त्रैमाशको वित्तीय विवरण प्रकाशित हुन बाँकी छ ।

    शनिबार, असोज ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.