• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आफूलाई मानक बनाउने प्रतिस्पर्धामा नेप्सेमा सूचीकृत अब्बल पब्लिक कम्पनी


  •   सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं ।  बिना आधार कम्पनीहरूलाई उत्कृष्ट भन्न सकिँदैन । उत्कृष्टभन्दा पनि सेयर बजारमा उच्च मूल्य भएका र सम्बन्धित क्षेत्रमा निरन्तर आफ्नो ब्रान्ड बनाइरहेका कम्पनीहरूलाई अगाडि सारिएको मात्र हो । त्यसो भनेर बाँकी कम्पनी कमजोर वा खराब भन्ने कुरै रहँदैन ।

    Advertisement

    नेप्सेमा निरन्तर कारोबार हुने कम्पनीहरू उत्तिकै अब्बल र लगानीकर्ताको आँखामा परिरहेका हुन्छन् । दोस्रो बजारमा लगानी गर्नेले कम्पनीको यथार्थ धरातल हेरेको हुन्छ भने कारोबारी (ट्रेडर)ले छोटो समयमा मूल्य अभिवृद्धि हुने कम्पनी छनोट गरेको हुन्छ ।

    समूहगत रूपमा कम्पनीहरूको उपलब्ध तथ्यांकमा आधारित भएर उच्च नाफा गरेका, बढी लाभांश दिइरहेका र दिने क्षमता भएका, चुक्ता पुँजीलाई सामान्य आधारका रूपमा लिएर समूहभित्र आकर्षित कम्पनीका रूपमा छनोट गरिएको हो । कतिपय कम्पनीको बजारमा उच्च मूल्य भए पनि वित्तीय विवरण उपलब्ध नभएको, चुक्ता पुँजी र नाफाको आकार सानो हुँदा तीन कम्पनीमा नसमेटिएको हुन सक्छ ।

    राज्यलाई उच्च कर तिर्नेको १० स्थानभित्र ७ वटा सूचीकृत कम्पनीहरू पर्छन् । यद्यपि उच्च कर तिर्ने सूचीमा पर्दा आयकर मात्रै नभएर मूल्य अभिवृद्धि करसमेत जोडिएको हुन्छ । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी), गोर्खा ब्रुअरी, नबिल बैंक, एनआईसी एसिया, ग्लोबल आईएमई, प्राइम कमर्सियल र कृषि विकास बैंक छन् ।

    २०७८ असारसम्म नेपाल नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १९ छ । त्यसमध्ये वाणिज्य बैंक २६, विकास बैंक १७, वित्त कम्पनी २३, लघुवित्त वित्तीय संस्था ४९, जीवन बिमा कम्पनी १०, निर्जीवन बिमा कम्पनी १८, जलविद्युत् कम्पनी ४०, उत्पादन तथा प्रशोधन उद्योग १९, होटल तथा पर्यटन ५, लगानी कम्पनी ५, व्यापारिक संस्था ४ र अन्य समूहका ३ कम्पनी छन् ।

    राज्यलाई उच्च कर तिर्नेको १० स्थानभित्र ७ वटा सूचीकृत कम्पनीहरू पर्छन् । यद्यपि उच्च कर तिर्ने सूचीमा पर्दा आयकर मात्रै नभएर मूल्य अभिवृद्धि करसमेत जोडिएको हुन्छ । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी), गोर्खा ब्रुअरी, नबिल बैंक, एनआईसी एसिया, ग्लोबल आईएमई, प्राइम कमर्सियल र कृषि विकास बैंक छन् ।

    नेपालको सेयर बजारमा सबैभन्दा बढी लाभांश दिने कम्पनीहरूको सूचीमा युनिलिभर नेपाल छ । विगतमा युनिलिभरले ११०० प्रतिशतसम्म नगद लाभांश दिएको थियो । चालू वर्ष पनि युनिलिभरले गत वर्षको नाफाबाट ६५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । गत वर्ष युनिलिभरले एक सय प्रतिशत लाभांश दिएको थियो । युनिलिभरको लाभांश सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी हो । उत्पादन तथा प्रशोधनमूलक समूहमै रहेको अर्को कम्पनी हो, हिमालयन डिस्टिलरी ।

    हिमालयन डिस्टिलरीले गत वर्ष ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद गरी एक सय प्रतिशत लाभांश दिएको थियो । उत्पादन तथा प्रशोधनमूलक समूहमा रहेका बोटलर्स नेपाल (तराई र बालाजु), शिवम् सिमेन्ट चल्तीका कम्पनी हुन् र राम्रो लाभांश पनि दिइरहेका छन् । उता, सोही समूहको नेपाल ल्युब आयलले ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश दिएको छ तर, सेयर बजारमा खासै कारोबार भने हुँदैन ।

    उत्पादन तथा प्रशोधनमूलक समूहमा रहेका अरुण वनस्पति उद्योग, विराट शु, श्रीराम सुगर मिल, ज्योति स्पिनिङ मिल, बुटवल स्पिनिङ मिल, श्री भृकुटी पल्प एन्ड पेपर, हरिसिद्धि ब्रिक एन्ड टायल, गोरखकाली रबर, नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, रघुपति जुट मिल, नेपाल खाद्य उद्योग र फ्ल्यूर हिमालयन कम्पनीहरू भने बेखवर छन् ।

    सूचीकृत कम्पनीहरू सबैले नियमित लाभांश दिएको पाइँदैन । कतिपय कम्पनीहरू अदालती झमेला र वार्षिक साधारणसभा गर्न नसक्दा कम्पनीको वास्तविक अवस्था कस्तो छ भन्ने स्थितिसम्म छैन । सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनी, विशाल बजार कम्पनी (बीबीसी)को नेप्सेमा उच्च मूल्यमा कारोबार भए पनि ती कम्पनीहरूले धेरै वर्षदेखि लगानीकर्तालाई कुनै प्रकारको लाभांश दिएका छैनन् ।

    सूचीकृत कतिपय कम्पनीहरूको त अहिले वास्तविक अवस्था कस्तो छ भन्नेसम्म जानकारी छैन । खासगरी नियामक नभएको उत्पादन तथा प्रशोधनमूलक, व्यापार र अन्य समूहका कतिपय कम्पनीहरू अहिले कुन अवस्थामा छन् भन्ने कुरा कसैलाई जानकारी छैन । यसबारेमा सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड र नियमित कारोबारमा नरहेका कम्पनीहरूका बारेमा नेप्सेले समेत खोजी गरेको पाइँदैन ।

    वाणिज्य बैंक समूहमा लामो समयदेखि नबिल बैंकले अग्रता लिँदै आएको छ । नेप्सेमा कारोबार हुने मूल्य होस् वा लाभांश दिने क्षमता दुवैमा नबिल अगाडि छ । पुँजीका आधारमा भने ग्लोबल आईएमई बैंक अगाडि छ भने खुद नाफाका आधारमा पनि ग्लोबल आईएमई अग्रमोर्चामै छ । त्यस्तै तेस्रो बढी नाफा गर्ने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भए पनि नेप्सेमा सूचीकृत छैन ।

    उत्पादन तथा प्रशोधनमूलक समूहमा रहेका अरुण वनस्पति उद्योग, विराट शु, श्रीराम सुगर मिल, ज्योति स्पिनिङ मिल, बुटवल स्पिनिङ मिल, श्री भृकुटी पल्प एन्ड पेपर, हरिसिद्धि ब्रिक एन्ड टायल, गोरखकाली रबर, नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, रघुपति जुट मिल, नेपाल खाद्य उद्योग र फ्ल्यूर हिमालयन कम्पनीहरू भने बेखवर छन् ।

    चौथो उच्च नाफा गर्ने बैंकमा कृषि विकास बैंक रहेको छ । सूचीकृत २६ बैंकमध्ये नेप्सेमा दोस्रो उच्च मूल्य भए पनि एनआईसी एसिया पुँजी, खुद नाफालगायतमा पछाडि रहेकाले तीन कम्पनीभित्र नसमेटिएको हो । सूचीकृत १७ विकास बैंकमध्ये ८ वटा राष्ट्रियस्तरका विकास बैंक छन् भने ९ वटा क्षेत्रीय स्तरमा सञ्चालित छन् ।

    तर, चुक्ता पुँजी र खुद नाफाका आधारमा तीन विकास बैंक छनौट गरिएको हो । वाणिज्य बैंकहरूलाई समेत नाफा र कारोबारमा उछिन्ने कम्पनीका रूपमा चिनिएको मुक्तिनाथ विकास बैंक यो समूहमा सबैभन्दा अब्बल रहेको मानिन्छ । यद्यपि दोस्रो बजारमा कारोबार हुने मूल्य भने अरू कम्पनीहरू अगाडि रहेको पाइन्छ । मुक्तिनाथसँगै गरिमा विकास बैंक र ज्योति विकास बैंक नाफाका आधारमा अग्रस्थानमा छन् ।

    पछिल्लो समय सेयर बजारमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले पनि राम्रो प्रभाव जमाउँदै जान थालेका छन् । ३ निर्जीवन बिमा र १० जीवन बिमा कम्पनीको प्रवेशले बिमा बजारमा तीब्र प्रतिस्पर्धा ल्याएको छ । यद्यपि सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानसहित अन्य कम्पनीहरूले सर्वसाधारणमा सेयर बिक्री गर्न बाँकी छ ।

    नयाँ कम्पनीहरूको तुलना सहजै हुन नसक्ने र लाभांशको इतिहास पनि नहुने भएकाले नेपाल लाइफ, नेसनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनकै बजारमा दबदबा छ । सेयर मूल्य, पुँजी र नाफाका आधारमा यी कम्पनीहरूले आफूलाई विगतदेखि नै अब्बलता प्रस्तुत गर्दै आएका छन् । त्यस्तै स्थिति छ, निर्जीवन बिमा कम्पनीहरूको पनि । निर्जीवन बिमातर्फ शिखर, नेको, सगरमाथा लगायतका बिमा कम्पनीहरू अगाडि छन् ।

    धेरै नाफा गर्ने वित्त (फाइनान्स) कम्पनीमा दरिएको मञ्जुश्री फाइनान्स पुँजीका आधारमा भने दोस्रो ठूलो हो । खुद नाफा ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ गरेको मञ्जुश्रीको चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको छ । सबैभन्दा बढी नाफा गरेको सूचीमा दोस्र्रो स्थानमा रहेको गोर्खाज फाइनान्सले धेरै वर्षदेखि लगानीकर्ताहरूलाई प्रतिफल दिन सकेको छैन ।

    गत वर्ष नाफा उच्च भए पनि लाभांश दिएको इतिहास नबनेकाले प्रस्तुत नगरिएको हो । तत्कालीन समस्याग्रस्त गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स मर्ज भएर २०७२ चैतमा गोर्खाज फाइनान्स बनेको थियो । पुँजीका आधारमा आईसीएफसी ठूलो फाइनान्स हो । तर, नाफाका आधारमा भने तेस्रो छ । मञ्जुश्री र आईसीएफसी पछि नाफामा गुडविल फाइनान्स अगाडि देखिन्छ ।

    होटल समूहमै रहेको याक एन्ड यती होटलको वित्तीय विवरण सार्वजनिक हुन छोडेको छ भने नेप्सेमा सेयर कारोबार पनि हुन छोडेको छ । उता, तारागाउँले पनि गत वर्षको चौमासिक वित्तीय विवरण प्रकाशित गरेको छैन ।

    लघुवित्त वित्तीय संस्थाहरू पनि राष्ट्रिय र क्षेत्रीय संस्थाहरू छन् । नयाँ कम्पनीहरूको लाभांश क्षमता बढी भए पनि पुराना कम्पनीहरूले विगतदेखि राम्रो इतिहास बनाएका आधारमा ब्रान्ड बनिसकेको हुन्छ । लाभांश क्षमताका आधारमा उपकार लघुवित्त अघि छ । उसको प्रतिसेयर आम्दानी १ सय ४६ रुपैयाँ छ । तर, विगतदेखिको लघुवित्त संस्थाहरूको चुक्ता पुँजी र खुद नाफाका आधारमा छिमेक, निर्धन उत्थान र डिप्रोक्स लघुवित्त छन् । छिमेकको चुक्ता पुँजी १ अर्ब ८३ करोड, खुद नाफा १ अर्ब २१ करोड र प्रतिसेयर आम्दानी साढे ६६ रुपैयाँ रहेको छ ।

    होटल तथा पर्यटन समूहमा रहेका कम्पनीहरूको हकमा गत वर्ष उत्साहवद्र्धक देखिएन । कोभिड–१९ का कारण होटल र केबलकार व्यवसाय चौपट भएपछि सूचीकृत कम्पनीहरू ऋणात्मक देखिए । यद्यपि बजारमा कारोबार भइरहेको र विगतलाई हेर्दा अहिले पनि सोल्टी होटल राम्रो अवस्थामा छ । व्यवसायमा पुनरुत्थान भएमा सोल्टी छिट्टै पुनस्र्थापित हुन सक्छ । ओरियन्टल होटल र तारागाउँ रिजेन्सी होटल तथा चन्द्रागिरि हिल्सको अवस्था पनि उस्तै छ ।

    होटल समूहमै रहेको याक एन्ड यती होटलको वित्तीय विवरण सार्वजनिक हुन छोडेको छ भने नेप्सेमा सेयर कारोबार पनि हुन छोडेको छ । उता, तारागाउँले पनि गत वर्षको चौमासिक वित्तीय विवरण प्रकाशित गरेको छैन ।

    व्यापार समूहमा नियमित लाभांश दिने कम्पनीको सूचीमा सरकारी लगानीसमेत रहेको साल्ट ट्रेडिङ कर्पोरेसन छ । कर्पोरेसनले गत वर्ष २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश दिएको थियो । गत वर्षको वित्तीय विवरणअनुसार ४ करोड ७९ लाख २० हजार खुद नाफा गरेको साल्ट ट्रेडिङको प्रतिसेयर आम्दानी भने २० रुपैयाँ रहेको छ ।

    नेपाल ट्रेडिङ र नेपाल वेलफेयर कम्पनी भने लामो समयदेखि नेप्सेमा कारोबार भएको पनि छैन र यी कम्पनीहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका पनि छैनन् । त्यति मात्रै होइन नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेले यी कम्पनीको खोजीका बारेमा कुनै चासो दिएका छैनन् ।

    व्यापार समूहमै रहेको विशाल बजार कम्पनीले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरे पनि चौथो त्रैमासिकको वित्तीय विवरण भने अझै प्रकाशित गरेको छैन । लामो समयदेखि अदालतमा मुद्दा खेपिरहेको विशाल बजारको वास्तविक अवस्था कस्तो छ अहिले पनि धेरै अन्योलमै छन् । दोस्रो बजारमा कारोबार भइरहे पनि लगानीकर्ताहरूले अफवाहकै भरमा पैसा खन्याइ रहेका छन् ।

    नेपाल ट्रेडिङ र नेपाल वेलफेयर कम्पनी भने लामो समयदेखि नेप्सेमा कारोबार भएको पनि छैन र यी कम्पनीहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका पनि छैनन् । त्यति मात्रै होइन नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेले यी कम्पनीको खोजीका बारेमा कुनै चासो दिएका छैनन् ।

    अन्य समूहमा सूचीकृत कम्पनीमध्ये नियमित वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) मात्र देखिएको छ । टेलिकम नेप्से सूचीकृत भएसँगै निरन्तर लाभांश दिँदै आएको छ ।

    अन्य समूहमै सूचीकृत नेपाल रि–इन्स्योरेन्स (पुनर्बिमा) कम्पनीले २०७६/७७ को नाफाबाट १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश घोषणा गरेको छ । उता, अन्य समूहमै रहेको नेपाल फिल्म डेभलपमेन्ट कम्पनीको लामो समयदेखि कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन । यद्यपि अघिल्लो वर्ष र गत वर्षको पनि अन्तिम मूल्य प्रतिकित्ता ३४ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

    लगानी समूहमा रहेका कम्पनीमध्ये पुरानो कम्पनी र सरकारी स्वामित्व पनि भएको नागरिक लगानी कोष हो । लगानी समूहका रहेका नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमा पनि सरकारी स्वामित्व छ ।

    नागरिक लगानी कोष नियमित लाभांश दिने कम्पनीभित्र पर्छ भने नेपाल इन्फ्रास्ट्रक्चरले साढे ८ प्रतिशत लाभांश घोषणा गरेको छ । उता, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी गत वर्ष मात्रै नेप्सेमा सूचीकृत भएका हुन्

    सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.