काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्नु भएको बताएका छन् । सोमबार गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही पुगेका गृहमन्त्री खाणले सो कुरा बताएका हुन् ।
उनले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । उनले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिएका हुन् ।
उनले भने – ‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’
गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको पनि बताए ।
