• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बेमौसमी वर्षाको प्रभाव : सुदूरपश्चिममा दश जनाको मृत्यु


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • सुदूरपश्चिम । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादु विक, मोहन विक, १३ वर्षीय पवित्रा विक, १६ वर्षीय रविन विक, ३६ वर्षीय मन्धरा बलायर छन् ।

    Advertisement

    यस्तै डडेलधुराका ३२ वर्षीय विष्णु अवस्थी र ६५ बर्षीया नरपता शाहीको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ । पहिरोमा परी डोटीका वीरबहादुर, वासुदेवी , बिन्दा कुन्जेडा, झुपारी सार्की, डडेलधुराका देवकी  र ग्रिस रावलसमेत गरी छ घाइते भएका छन् ।

    बझाङको थलारा गाउँपालिका–४ मा गएको पहिरोमा पुरिएर उजली, हासु, आयुस , हिमा र सीमा पार्कीसहित २३ बेपत्ता भएका छन् । उक्त घटनामा हर्क , धनगिरी, सीता, प्रभा, भूमिका, ईश्वरा, सञ्जीव, शर्मिला, सुवास, मिकेस, मदन, कलु, एलिसा, कम्मा, सविना, सरोज र सिम्बिजी सार्की बेपत्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा मङ्गलबार साँझ प्रहरी टोली पुगिसकेको छ ।

    कैलालीका ३० वर्षीय गणेश आउजी, ६१ वर्षीय खड्क घर्तीमगर ३५ वर्षीय विक्रम घर्तीमगर, २६ वर्षीय खडक रानामगर र डोटीका ७४ वर्षीय वीरे रोकाया नदीमा बगेर बेपत्ता भएको बताइएको छ । अविरल वर्षासँगै प्रदेशका पहाडी क्षेत्रका जिल्लामा फोन इन्टरनेट सेवासमेत टुटेपछि सञ्चार सम्पर्क हुन सकेको छैन । धेरै ठाउँमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

    नेपाली सेना र प्रहरीको छुट्टै टोलीले पहिरो, बाढी, डुबानमा फसेकाको उद्धार कार्य जारी राखेको छ । प्रतिकूल मौसमका कारण केही क्षेत्रमा उद्धार कार्यमा बाधा अवरोध पुगेको छ । पहिरोका कारण पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएपछि उद्धार टोली समयमै घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । पहिरोका कारण बझाङ, डडेलधुरा र डोटी जिल्लामा गरी १५ घर भत्किएर क्षति पुगेको छ ।

    डुबान र पहिरोको जोखिममा परेपछि डडेलधुराको बडाल प्रहरी चौकीलाई गाउँपालिकामा, बझाङको बागथलाको अस्थायी प्रहरी पोष्ट नजिकको विद्यालयमा, कञ्चनपुरको झोलुङ्गे पुल छेउमा रहेको प्रहरीचौकी विद्यालयमा सारिएको छ । कैलाली  र कञ्चनपुर जिल्लाका नदी तटीय क्षेत्रका वस्तीमा पानी पसेपछि हजारौ घरपरिवार विस्थापित भएका छन् ।

    यस्तै विपद्का घटनावाट बाजुरा, डोटी, डडेलधुरा, बझाङ जिल्लामा पशुचौपाया, लत्ताकपडालगायतमा समेत क्षति पुगेको छ । प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भित्र्याउन लागिएको ठूलो क्षेत्रफलको जग्गाको धानबाली डुबानमा परेर नष्ट भएको छ । नदी आसपासका खेतमा थुपारिएको धान नदीको बाढीले पूरै बगाएको छ । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । गए रातिदेखि वर्षा रोकिएपनि आकाश खुलेको छैन ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.