काठमाडौं – गए राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले आरबी क्लब लाइप्जिगलाई ३-२ गोलले पराजित गरेको हो ।
उक्त खेलको नवौं मिनेटमा पीएसजीका एमबाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २८ औं मिनेटमा लाइप्जिगका आन्द्रे सिल्भाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा लाइप्जिगका नोर्दिक मुकिएलेले र ६७ औं मिनेटमा मेस्सीले गोल गरे ।
त्यसपछि खेलको ७४ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै ३ खेलमा ७ अंकसहित पिएसजी अंक तालिकाको शीर्षस्थानमा रहेको छ। यस्तै आरबी लाइप्जिग अंकविहीन रहेको छ ।
