• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उँचो बन्दै परराष्ट्र सम्बन्ध


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • मानिस जन्मँदा एक्लै जन्मन्छ तर उसको जीवन सञ्चालन एक्लै हुन सक्दैन । परिवार, आफन्त, छिमेकी र समुदायको साथले मानिस स्वयं आफू, परिवार र समुदाय चलायमान बनाउँछ । त्यस्तै कुनै पनि मुलुक एक्लै जीवन्त रहन सक्दैन । स्वयं मुलुक रहिरहन अनि राज्य र त्यहाँका जनताको अनेक आवश्यकता पूर्तिका लागि छिमेकी मुलुकको सान्निध्य र अन्तर्राष्ट्रिय सम्बन्ध अनिवार्य तìव नै हो ।
    त्यसैका लागि नै मित्रराष्ट्रको सम्मानजनक सान्निध्य र अन्तर्राष्ट्रिय सम्बन्धको विकास विश्वमा भएको हो । नेपाल पनि यो सान्निध्यबाट पर रहन सक्दैन । त्यही सान्निध्यको मैत्रीमय भावका साथ नेपाल सरकारले अन्तर्राष्ट्रिय सम्बन्धको मान उँचो राख्ने प्रयत्न हरदम गरिरहेको छ । सरकारका सय दिनको अवधि मात्र हैन, हजारौँ दिनको प्रगतिको गोरेटो कोर्न सरकार तम्तयार छ ।

    Advertisement

    विश्वव्यापी मान्यताअनुसार हरेक मुलुकको सरकारको प्रथम दायित्व जनताको जिउधनको सुरक्षा गर्नु हो । यस मामलामा वर्तमान सरकारको गुण जति गाए पनि कम ठहरिन्छ । कोभिड–१९ को महामारीको दोस्रो लहरले आक्रान्त बनाएको जनताको जिउधनको रक्षा गर्नु आफैँमा एउटा चुनौती हो किनभने विश्वव्यापी महामारीसँग पौँठेजोरी खेल्नु सरकार एक्लैको बुताको कुरो होइन ।
    विश्व मानचित्रमा रहेका अन्य मित्रराष्ट्र मुलुकसँग सहकार्य र साझेदारीबिना कोभिड महामारीबाट जनताको जिउ जोगाउनु भनेको अनिकालमा बीउ जोगाउनुजत्तिकै कठिन कुरा हो तर सरकारको उपस्थिति देखिने भनेको यस्तै सङ्कटको समयमा नै हो भन्ने चरितार्थ वर्तमान सरकारले गर्न सफल भएको छ । जति पनि यस्तो वैश्विक समस्या आउँछ, त्यसको समाधानका लागि परराष्ट्र सम्बन्ध हरेक मुलुकका लागि प्रमुख मियो नै हो ।

    देशभित्रको आन्तरिक राजनीतिक सङ्कटले अस्तव्यस्त बनाएको छिमेकी सम्बन्ध सम्हाल्दै जनताको जिउ जोगाउने कोभिडविरुद्ध खोप ल्याउनु सरकारको पहिलो प्राथमिकता थियो । जसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै काँधमा बोकेर पार लगाउनुभयो । अन्योलपूर्ण अवस्थामा छिमेकी मुलुक चीन, अमेरिका, बेलायतजस्ता शक्ति राष्ट्रसँग सौहार्द सम्बन्धको हात बढाउँदै नेपाल आउन नसकेको खोप भिœयाउन सरकार सफल बन्यो । रोकिएका खोप अभियानले तीव्रता पाएसँगै जनताको जिउबाट कोरोना भाइरसको कहर घटाउन पनि सरकार सफल बन्यो ।

    यतिबेला देउवा सरकारको सय दिन पार भएको छ । यो सय दिनमा सरकारले मुलुकको छिमेकी सम्बन्धको सही मान्यता पछ्याउँदै हातेमालो गर्न कुनै कञ्जुस्याइँ गरेन । औपचारिक सम्बन्धका विविध आयामका साथै अनौपचारिक सम्बन्ध विस्तारकै सवालमा पनि देउवा सरकारले आफ्नो भूमिका दरिलो बनायो । कोभिड सङ्कटका अवस्थामा धुमिल देखिएको परराष्ट्र सम्बन्धको धुलो हटाउँदै छर्लङ्ग पार्न सरकारले आफ्नो गठबन्धनमा रहेका, प्रमुख प्रतिपक्ष र अन्य राजनीतिक दलको साथ लिने गहन पहल गरेको प्रस्ट देखिन्छ ।
    सरकारको विरोध गर्नु र त्यसले गरेका कामको तथानाम विश्लेषण गर्नु सजिलो हुन्छ तर सबैलाई समेटेर देशको ओज राख्दै राष्ट्रिय हितको पक्षपोषण गर्नु फलामको चिउरा चपाएजस्तै हो । सरकारले यस मामलामा पनि आफ्नो कसर छाडेन । शक्तिशाली मुलुकसँगको शक्ति सन्तुलनदेखि द्विपक्षीय सम्बन्ध कायम रहेका १७१ मुलुकसँगको सम्बन्ध सुमधुर बनाउन सरकारले कार्ययोजनासहित अगाडि बढ्ने तयारी थालेको छ ।

    देशभित्रको आन्तरिक राजनीतिको छायाँ विदेश सम्बन्धमा पर्न नदिन सरकारले सुरुवाती दिनबाटै काम थाल्यो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएलगत्तै संयुक्त राष्ट्रसङ्घको महासभा पनि सुरु भयो । सरकारले पूर्णता पाएको अवस्था थिएन । पूर्णता दिन गठबन्धनका अनेक समस्या आफँैमा विकराल थियो । त्यस्तो अवस्थामा प्रधानमन्त्री देउवा स्वयंले परराष्ट्रमन्त्रीको भूमिका आफँै ग्रहण गर्नुभयो । अनि सरकारको बलियो उपस्थितिको सुरुवात गर्नुभयो ।
    सरकारको दैनिक कार्यसूचीलाई जति महìवका साथ अगाडि बढाइएको थियो, त्यति नै अन्तर्राष्ट्रिय मञ्चमा देशको उपस्थिति देखाउन पनि सरकार चुकेन । संयुक्त राष्ट्रसङ्घको महासभा लगायतका अन्य विदेश सम्बन्धका मामलालाई सन्तुलनमा राख्न सरकारले परराष्ट्र मन्त्रालय र परराष्ट्र सचिवलाई सक्रिय बनाउनुभयो । अन्य विशिष्ट भूमिकामा सरकारको प्रतिनिधित्व झल्काउन भर्चुअल छलफलमा सक्रियताका साथ सहभागिता जनाउनुभयो । यस क्रममा संयुक्त राष्ट्रसङ्घीय ऊर्जासम्बन्धी सम्मेलन होस् वा खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका वैश्विक बहसमा प्रधानमन्त्री स्वयंले नेपाल सरकारको धारणा विश्व मञ्चमा प्रस्तुत गर्नुभयो ।

    अमेरिकाका राष्ट्रपति जो बाइडेनको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२२ भित्र सम्पूर्ण नेपालीलाई पूर्ण रूपमा खोप लगाउने लक्ष्य विश्वमाझ प्रस्तुत गर्नुभयो । जुन विश्वका विकसित मुलुकको तुलनामा अग्रगामी लक्ष्यका रूपमा चिनिएको छ । त्यस्तै बेलायतले नेतृत्व गर्ने जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनका लागिसमेत नेपाल सरकारको प्रस्ट धारणा प्रधानमन्त्रीले व्यक्त गर्नुुभयो ।
    विगतका वर्षमा कोरोना कहरका कारण संयुक्त राष्ट्रसङ्घको महासभा नेपाललगायत विश्वकै मुलुकको प्रत्यक्ष सहभागितामा असर परेको थियो । यस वर्ष प्रत्यक्ष सहभागितालाई सङ्घले अवलम्बन ग¥यो । सरकारले तत्काल सरकार विस्तारसँगै परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेर महासभामा नेपालको प्रतिनिधित्व सुनिश्चित ग¥यो ।

    परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्टै नेपाल सरकारको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री खड्का न्युयोर्क पुग्नुभयो । ७६औँ महासभामा उहाँले सरकारको धारणा प्रस्ट गर्दै संयुक्त राष्ट्रसङ्घको बडापत्रमा निश्चित सिद्धान्त र उद्देश्यहरूप्रति नेपालको अटूट प्रतिबद्धता जनाउनुभएको थियो । सङ्घले विश्वशान्ति, सद्भाव तथा विकासका क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सराहना ग¥यो । यस क्रममा वर्तमान चुनौतीलाई ध्यानमा राखी बहुपक्षीयता थप सुदृढ हुनुपर्ने तथा संयुक्त राष्ट्रसङ्घको सुधार तथा पुनर्संरचनामा जोड दिएको थियो । अति कम विकसित तथा भूपरिवेष्टित मुलुकका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउन सकिने नेपाल सरकारको धारणाको प्रशंसा अन्य मुलुकले महासभामा गर्नु महìवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । महासभामा उठेका कोभिडको समान पहुँच, स्वास्थ्य सामग्रीको सहज उपलब्धता, जलवायु परिवर्तन, हिमाली राष्ट्रका समस्या, दिगो विकास लक्ष्यको कार्यान्वयनजस्ता साझा चासोका विषयमा सरकार अन्तर्राष्ट्रिय जगत्लाई झक्झकाउने पहल गर्न सफल बन्यो ।
    महासभाकै मेसोमा सरकारका तर्फबाट विभिन्न द्विपक्षीय भेटघाटमार्फत परराष्ट्र सम्बन्धमा मलजल पु¥याउने काम भयो । जसअनुसार प्रमुख रूपमा छिमेकी मुलुक भारतका विदेशमन्त्री सुब्रह्मण्यम् जयशङ्करसँगको भेट अर्थपूर्ण बनेको स्वयं परराष्ट्रमन्त्री खड्काको धारणा छ ।

    सिमाना जोडिएका प्रमुख छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्दै अगाडि बढ्नु सरकारको अहिलेको मुख्य चुनौती हो तर सरकारले दुवै छिमेकी मुलुकसँग समानताको दायरालाई कायम राख्न थप पहल जारी राखेको छ । जसको परिणामस्वरूप चीन सरकारले नेपाललाई आगामी दिनमा कोभिडविरुद्ध खोप उपलब्ध गराउने छ । भारतमा अड्किएको खोप छिट्टै भिœयाउन भारत सरकारले थालेको नयाँ पहल हो । जसअनुसार यही अक्टोबरदेखि भारतले खोप निर्यातको प्रतिबन्ध हटाउने भएको छ ।
    बङ्गलादेश, कुवेत, बहराइन लगायतका मुलुकसँग नेपालले थप आर्थिक विकासको साझेदारीको बाटो पनि महासभाकै मेसोमा तय हुनु अन्तर्राष्ट्रिय सम्बन्ध सुधार भएको उदाहरण हो । विदेशस्थित ३० वटा दूतावासलाई सरकारको मुखदृष्टि बनाउनु, विदेशस्थित स्थायी मिसन र वाणिज्य दूतावासलाई सक्रिय तुल्याउनु तथा स्वदेशमा रहेका विदेशी दूतावास तथा विदेशी नियोगको व्यवस्थापनका लागि सरकारले नयाँ पहल अगाडि बढाइसकेको छ ।
    योबाहेक सरकारसम्बद्ध नेपाली काँग्रेस पार्टीको माध्यमबाट पनि विदेश सम्बन्ध सुधारको पहल भइरहेको छ । केही दिनअघि मात्र पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा भारत भ्रमण हुनु पनि सम्बन्ध सुधारका लागि भएको राम्रो पहल हो । अर्कोतर्फ चीन सरकारले प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निम्तो दिइसकेको अवस्थाले चीनसँगको सम्बन्धमा पनि सन्तुलन रहेको पुष्टि गर्छ ।

    नेपालको संविधानको प्रस्तावनामा कूटनीतिक कार्य सञ्चालनलाई लक्षित गर्दै राष्ट्रिय हितका सम्बन्धमा गहन विश्लेषण गरिएको छ । जसअनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा र आर्थिक समुन्नति समृद्ध नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् ।
    यही मूल मन्त्रलाई पञ्चशीलको सिद्धान्तका रूपमा अँगाल्दै नेपालको नयाँ परराष्ट्र नीति बनेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’को नीति अवलम्बन गरिएको छ । साथै छिमेकीलाई प्रमुख प्राथमिकता, पुराना मित्रराष्ट्र र शक्ति राष्ट्रसँग सन्तुलित सम्बन्ध, विकास कूटनीतिलाई जोडलगायतका नीति पनि परराष्ट्र नीतिभित्र प्रमुख छन् ।

    अझ असंलग्न आन्दोलनको प्रमुख सारथिका रूपमा नेपालले शक्ति मुलुक र कमजोर मुलुकबीचको दूरीलाई कम गर्ने मुख्य भूमिका निर्वाह गरेको छ । हालसालै मात्र सर्बियामा बसेको असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त्री खड्का स्वयं सहभागी हुनुभयो । त्यहाँ असंलग्न आन्दोलनमा नेपालको प्रतिबद्धतासँगै कमजोर मुलुकलाई उँभो उकास्ने पहलका लागि शक्तिराष्ट्रहरूको ध्यानाकर्षण उहाँले गराउनुभयो ।
    नयाँ परराष्ट्र नीतिको प्रभावकारी सञ्चालन गर्नु सरकारको अबको मुख्य चुनौती हो । यसलाई राम्ररी बुझेकै कारण परराष्ट्र नीतिको सवालमा सबै राजनीतिक दललाई एकै ठाउँमा उभ्याएर राष्ट्रिय हितको प्रवद्र्धन गर्ने ध्येय सरकारले लिएको छ ।

    बहुदलीय शासन प्रणाली लोकतन्त्रको सुन्दर स्वरूप हो । यसलाई परिष्कृत गर्दै बहुलस्तरीय शासन प्रणालीको अङ्गीकार गरेर अन्तर्राष्ट्रिय मूल्यमान्यता स्थापित गर्न वर्तमान सरकारले बितेको सय दिनमा गतिलो प्रयास गर्दै आएको छ । नेपालको राष्ट्रिय हित र स्वार्थका मुख्य विषय पहिचान गर्नुपर्ने, परराष्ट्र नीतिसँग सम्बन्धित संस्थागत संरचनाबीच समन्वय र बृहत् सुधार गर्नुपर्ने, राजनीतिक कूटनीतिलाई मात्र महìव नदिई आर्थिक कूटनीति, खोप कूटनीति र श्रम कूटनीतिलाई अग्रस्थानमा राखेर परराष्ट्र सम्बन्धको दीर्घकालीन बाटो सुनिश्चित गर्नुपर्ने वास्तविकतालाई स्वीकार गरेर सरकारले आफ्नो पाइला अगाडि सारिरहेको छ ।
    देश–देशबीचको सम्बन्ध बलियो बनाउने प्रमुख मियो परराष्ट्र सम्बन्धको जग हो भने छिरलिएका सम्बन्ध सिलाउने सियो सरकार हो । त्यसैले यो सय दिनको उपलब्धिलाई स्थापित गर्दै आगामी सयौँ दिनको सम्बन्धको भविष्य परिष्कृत बनाउन पनि सरकारले अग्रसरता लिएको छ ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.