नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेको छ । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।
छापावाल सुन प्रति १० ग्राम को ७८ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । तेजाबी प्रति १० ग्रामको ७७ हजार ९३० रुपैयाँ मूल्य कायम भएको महसंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अवस्थाअनुसार नेपाली बजारमा महासंघले सुन चाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
