काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को स्थायी कमिटी बैठक बिहिबार बस्दैछ । बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले आजको बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ ।
बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ । एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो ।
