• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुर महानगरले देवघाटमा ६५ लाखको लागतमा आयुर्वेद औषधालय निर्माण गर्दै


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • चितवन । स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएसंगै भरतपुर महानगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्येश्यले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालयहरू निर्माण गरि संचालनमा ल्याएको छ ।

    Advertisement

    महानगरकै अगुवाईमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल बन्न लागेको छ । उक्त भवनको बिहिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् । ९ कोठे आर सिसी भवनको सिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरिन् ।

    उनले भरतपुरमा कोहीपनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्येश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र बिस्तारमा जोड दिएको बताईन् । आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउदैं उनले वडा न १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पपताल स्थापना गरी संचालनमा ल्याईएको बताईन । उनले यस अस्पताललाई प्रदेश सरकारसंग समन्वय गरि १ सय शैंयामा स्तरबृद्धी गर्ने प्रकृया पनि अगाढी बढाईएको बताईन् ।

    शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने र त्यसलाई समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रहसमेत  गरिन् ।महानगर प्रमुख दाहालले निर्माणाधिन आयुर्वेदिक औषधालयले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुग्ण राख्नुका साथै यस क्षेत्रको विकासमा अझै महत्वपूर्ण हुने उल्लेख गरिन् ।

    सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानिय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए ।

    स्थानियबासीको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्येश्यले भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र शारदानगर र शिवनगरमा अस्पताल संचालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतकाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिलान्यास कार्यक्रम महानगरपालिका वडा नं. १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.