• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यसरी बनेको थियो हरिवंशको चर्चित गीत ‘हाम्री आमा साह्रै नै बाठी छन्’


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • न यताको, न उताको हुनु पनि एउटा अलग परिचय बनिदिँदो रहेछ। काँठ क्षेत्रले यस्तै परिचय बोकेको छ। यहाँ बस्नेहरूबारे भनिन्छ– काँठका मानिस न सहरिया हुन सक्छन्, न गाउँले हुन चाहन्छन्।

    Advertisement

    काँठ क्षेत्रको हावापानी र संस्कृतिमा हुर्केका कवि विनोद विक्रम केसीले ‘काँठे’ मनोविज्ञानबारे निर्मम भएर लेखेका छन्– काँठेसँग जन्मजात एउटा अहंकार हुन्छ। पाखाभित्तामै सही, राजधानीमा एउटा घर र अलिकति जमिन हुनुको अहंकार! यो खोक्रो अहंकारले आफू खोक्रो भएको काँठेलाई पत्तै हुँदैन।

    यही खोक्रोपनलाई कलाकार हरिवंश आचार्यले आफ्नो चिरपरिचित हास्यव्यंग्य शैलीमा करिब पच्चीस वर्षअघि गीतमा ढालेका थिए।

    हाम्री आमा साह्रै नै बाठी छन्

    चामलसित पीठो पो साटिछन्

    हाम्रा बाबु साह्रै नै चलाख

    घर बेचेर हात पारे बीस लाख…

    यहाँ पीठो कोदोको हो जुन चामलभन्दा सस्तो हुन्छ। चामल र पीठोले जमिन र मोटरसाइकललाई संकेत गरिएको छ।

    ‘हङकङ घुम्छन् दुई जना दम्पती…’, यसमा हङकङ मोजमस्ती र रमाइलोको संकेतका रूपमा आएको छ। हरिवंश आफैंले लेखेर गाएको यो गीतको लय पनि उनैले बनाएका हुन्।

    यसमा पूर्खाले जोडेको सम्पत्ति मासेर मोजमस्ती गर्ने प्रवृत्तिको कथा छ। उनले यो कथा बुन्ने बेलाको समयमा जग्गाजमिन बेचेर सवारी किन्ने र विदेश, विशेषगरी हङकङ घुम्ने आकर्षण बढेको थियो। समाज बिलासी र अल्छी हुँदै रवाफको होडमा चलेको मनोविज्ञानमाथि गीतले टिप्पणी गरेको छ।

    ‘त्यसबेला हङकङमा झिटीगुन्टाको व्यापार खुब चल्थ्यो। सहजै पैसा भएपछि मानिसहरू अनुत्पादक बने,’ गीतको सन्दर्भ सम्झँदै हरिवंशले सेतोपाटीसँग भने, ‘मानिसहरूको आयस्रोत घट्दै र बाँझो खेतबारी बढ्दै थियो। सीप र उद्यम बिना रसरंगमा भुल्नेहरू बढिरहेका थिए।’

    अनुत्पादक काम र रमझमका लागि घरबारी डुबाउने कथा नेपालका जुनै कुनामा भेटिन्छ। साझा प्रवृत्तिको कथा भएर होला, देशभरकै दर्शक-स्रोताले गीत रूचाए।

    त्योबेला म्युजिक भिडिओ बनाउन सजिलो थिएन। भिडिओ निर्माण गर्ने नेपाल टेलिभिजन मात्र एउटा स्टेसन थियो। नेपाल टेलिभिजनले भिडिओ त बनाइदिन्थ्यो तर त्यसका केही सीमा थिए।

    हरिवंशका अनुसार क्यामरा र सम्पादनबाहेकको खर्च आफैंले गर्नुपर्थ्यो। थोरै समयका लागि मात्र पाइने भएकाले छायांकन एक दिनमै सक्नुपर्थ्यो। नेपाल टेलिभिजनका रोशन प्रताप राणाको निर्देशनमा बनेको ‘हाम्री आमा’ को भिडिओ इमाडोलमा खिचिएको हो।

    इमाडोलमा कलाकार किरण केसीको पुरानो घर थियो जहाँ अहिले रेस्टुरेन्ट छ। काँठको कथा भएकाले छायांकनका लागि त्यही घर रोजियो। भिडिओमा कलाकार किरण केसीको घर, आँगन, चाैतारी, बारी र वरपरका दृश्य खिचिएको थियो।

    हरिवंश सम्झिन्छन्, ‘त्यो बेला इमाडोल गाउँ थियो। रातो माटोले लिपेको घर, साँघुरा बाटा भिडिओको माग अनुसार ठ्याक्कै मेल खान्थ्यो।’

    परिवेशजस्तै पहिरन र हुलियामा काँठका महिला र पुरुष जस्तै देखाउने प्रयास गरिएको उनी बताउँछन्। भिडिओमा किरण केसीकी आमा र छोरासमेत देखिएका छन्।

    सुरूआती वर्षमा खर्च र समय बचाउन भिडिओमा पुराना फुटेज प्रशस्तै प्रयोग गरिन्थे। यो भिडिओमा पनि हरिवंशले अभिनय गरेका ‘चिरञ्जीवी’ र ‘सुर बेसुर’ टेलिशृंखलाबाट केही दृश्य प्रयोग भएका छन्।

    एउटा परिवारभित्रका बुबा, काका, आमा र दाइभाइका कथा भनिएको यो गीतले धेरै परिवारको भोगाइ बोलेको छ। जुनसुकै भूमिकामा अभिनय गर्न सक्ने हरिवंश आमा, बुबा, हजुरबा, माइलाबा र छोरा गरी पाँच भूमिकामा देखिए। विशेषगरी आमाका रूपमा महिलासमेत बनेकाले दर्शकले रमाएर हेरे। हरिवंश धेरै भूमिकामा देखिनु भिडिओको आकर्षक पक्ष बन्यो।

    मूलतः अभिनय र हास्यव्यंग्य विधामा जमेका हरिवंश आफूलाई सौखिन गायक भन्छन्। धेरै संख्यामा नभए पनि उनले गाउन थालेको तीस वर्ष बढी भइसक्यो। यस अवधिमा ‘हाम्री आमा’ बाहेक ‘चञ्चले चञ्चले’, ‘साझा बसमा’, ‘सारंगी रेटौंला’, ‘तिम्रो मेरो माया बराबर’ जस्ता लोकप्रिय गीतबाट गायकको पहिचान बनाउन सफल छन्।

    झर्रा शब्द र लोकलयमा सामाजिक विषयवस्तु सटिक रूपमा उतार्नु उनको विशेषता हो। ‘हाम्री आमा’ यसको बलियो उदाहरण हो।

    संगीतप्रति उनको सानैदेखि चाख थियो। उनको आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ मा संगीतप्रतिको उनको लगावबारे पढ्न पाइन्छ। उनी सानोमा पित्तलको गाग्रीभित्र मुख छिराएर धेरैबेर गाउँथे। गाउन मन लागे पनि आफूले गाएको अरूले नसुनून् भन्ने हुन्थ्यो।

    मह जोडीका रूपमा सहकार्य गरेपछि मदनकृष्ण श्रेष्ठसँग उनको संगत बढ्यो। हरिवंशका अनुसार मदनकृष्ण उनीभन्दा राम्रो गाउँथे। २०५८ सालमा मह जोडीले सिम्फोनिक रेकर्डिङ स्टुडियोमा लगानी गरे। त्यहाँ उनलाई मदनकृष्ण लगायत अरूले गाएको देख्दा गीत रेकर्ड गराउने मन भयो।

    ‘ट्रयाक सिस्टममा पुनः रेकर्ड गरेर गाउने सुविधा भएकाले गाउन सक्छु भन्ने आत्मविश्वास बढ्यो। मदन दाइले पनि सधैं हौसला दिनुभयो,’ उनले सम्झे।

    गीतको लय आफैं बनाउने उनलाई संगीत संयोजक भूपालमान सिंहले प्रोग्रामिङमा सहयोग गरे, ‘एक-दुइटा गीत हिट भएपछि हार्मोनियम र किबोर्ड किनेँ र संगीतकार शिलाबहादुर मोक्तानकहाँ गएर संगीत सिकेँ।’

    ३५ वर्षको उमेरमा बाजा सिकेका हरिवंश सिक्न कहिल्यै लाज नलागेकाले नै संगीतमा निरन्तरता दिन सकेको बताउँछन्।

    ‘सिक्न कहिल्यै लाज मान्न हुँदैन। अलिकति लय बसेपछि आत्मविश्वास पनि बढ्दै आउँछ,’ उनले भने। आज ६४ वर्षमा पनि गीत गाउन नछोडेका उनका केही नयाँ गीत कोरोनाका कारण अड्किएका छन्।

    शास्त्रीय संगीतको ज्ञान नलिएका हरिवंशले मदनकृष्णका छोराको संगीतमा आधुनिक गीत गाएका थिए। गीत राम्रै भए पनि उनलाई आफ्नो स्वर त्यो गम्भीर गीतमा नजँचेको महशुस भयो। त्यसपछि उनले झर्रो र लोकशैली समाते। गाउँघर डुल्दा जनबोलीका झर्रा शब्द टिप्न थाले। आममानिसले बुझ्ने हिसाबले प्रहसन र टेलिशृंखलामा काम गर्ने सर्वसाधारणले बुझ्ने भाषा शैलीका गीत बनाए।

    तालिमप्राप्त गायक नहुनु हरिवंशको सीमा हो। तर यो सीमा नै उनको क्षमता पनि हो। उनी भन्छन्, ‘शास्त्रीय संगीत सिकेको भए अलि गम्भीर गीत गाइन्थ्यो होला। गीतमा हास्यव्यंग्य मिसाउँदा मेरो आफ्नै शैली बन्यो। मेरा गीतमा आफ्नैपन छ जस्तो लाग्छ।’

    यही आफ्नोपन हरिवंशका गीत-संगीतको पहिचान हो। अभिनयबाट प्रशंसक कमाएका उनी संगीतको विशेष लोभ लाग्ने बताउँछन्। देशभरका सयौं एफएम र दर्जनौं टेलिभिजन च्यानलमा बज्ने आफ्नो गीतमार्फत लाखौं स्रोतासम्म पुग्न पाउँदा उनलाई रमाइलो लाग्छ। अहिले त युट्युबका कारण विदेश बस्नेले पनि उनका गीत हेरिरहेका हुन्छन्।

    ‘मेरो गीत बज्नासाथ स्रोताले मलाई सम्झनुहुन्छ। यसले सम्बन्ध ताजा बनाइराख्न ठूलो काम गरेको छ,’ उनले भने।

    हास्य-व्यंग्यसहितका रमाइला गीत भएकाले कहिलेकाहीँ स्टेजमा एक्लै जाँदा उनलाई स्रोताले सुरूमा गाउनै अनुरोध गर्छन्। त्यस्ता अनुरोधमा प्रायः उनले गाउने ‘हाम्री आमा’ नै हो।

    हरिवंशका अनुसार धेरै पटक ट्याक्सी चढ्दा उनले आफ्ना गीत बजेको सुनेका छन्। ‘त्यस्तो बेला म जानीजानी यो गीत कसले गाएको रहेछ भनेर सोध्छु। कोही कोही चालकले गाएरै सुनाउनु हुन्छ, रमाइलो लाग्छ।’

    स्कुलका वार्षिक उत्सवमा हुँदा उनका गीतमा विद्यार्थी नाचिरहेको देखेर पनि उनी धेरै पटक रमाएका छन्। रेस्टुरेन्टतिर जाँदा कतिले उनकै गीत गाएर स्वागत गरेको अनुभव पनि छ।

    उनले भने, ‘संगीतको छुट्टै संसार छ। कलाकारिताको क्रममा संगीत नाफामा आयो। अलिकति रहर र अलिकति कोसिस गरेका कारण मैले पनि यस क्षेत्रमा सानो पाइला टेक्न पाएँ।’

    हरिवंशले अभिनयबाटजस्तै गीत गाएर पनि धेरै प्रतिक्रिया पाएका छन्। ‘हाम्री आमा’ को सन्दर्भमा भने संगीतकार नातिकाजीबाट पाएको प्रशंसा उनलाई विशेष लाग्ने रहेछ।

    ‘बच्चु कैलाश, नातिकाजी, हिरण्य भोजपुरे, रूबी जोशी जस्ता कलाकारसँग मदनकृष्ण दाइ र म बेलाबेला पिकनिक जान्थ्यौं। हामी जुनियर भए पनि खुब माया गर्नुहुन्थ्यो,’ हरिवंशले भने, ‘एक पटकको पिकनिकमा नातिकाजीले हाम्री आमा गीत निकै राम्रो लागेको सुनाउनुभयो। उहाँले यो गीतमा सामाजिक यथार्थ झल्काउने मज्जाको कथा छ भन्नुभएको थियो।’

    स्टेज र टेलिभिजनको पर्दामा जस्तै सिनेमाको पर्दामा पनि हरिवंश स्थापित नाम हो। उनी ‘फिलिम’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘जे भो राम्रै भो’ जस्ता फिल्म निर्माणमा संलग्न भए। हरिवंशका अनुसार काँठ संस्कृतिको नाडी छाम्ने ‘हाम्री आमा’ गीतको ‘थिम’ बाटै उनले ‘तँ त साह्रै बिग्रिस नि बद्री’ लेखेका हुन्।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.