• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पाइल्स किन हुन्छ, कसरी समाधान गर्ने?


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • अहिले संसारभर जल्दोबल्दो समस्याका रूपमा देखिएको छ पाइल्स।

    Advertisement

    अंग्रेजी शब्द पाइल्सको अर्थ हुन्छ थुप्रिनु। मलद्वार वरपर मासुको डल्ला थुप्रिनुलाई पाइल्स भनिन्छ। यसलाई अल्काइ, बबासिर तथा हेमोरोइडस् पनि भनिन्छ। यसको सही उपचार भएन भने धेरै पीडा दिने र दैनिक जीवनलाई निकै प्रभावित गर्छ।

    के हो पाइल्स?

    ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ। मलद्वारको छेउसम्म रक्तनली हुन्छन्। यी रक्तनलीमार्फत मलद्वारसम्म रक्तसञ्चार हुन्छ। यही मलद्वार तथा मलद्वारका भित्ताहरूमा रहेका रक्तनलीमा विभिन्न कारणले हुने समस्यालाई पाइल्स भनिन्छ।

    पाइल्स कसरी हुन्छ?

    हामीले खाएको खाना २४ घन्टामा पाचन भएर शरीरलाई चाहिने रस सोसेर बाँकी कस दिसाको रूपमा बिहान सर्लक्क निस्कासन हुनुपर्छ। खाना राम्रोसँग पाचन भएन भने कि कब्जियत हुन्छ कि अपच भई अर्धठोस दिसा हुन्छ।

    यी दुवै अवस्थामा मलद्वारको भागमा पूर्ण रूपमा दिसा खलास हुँदैन। दिसा अड्किरहन्छ र मलद्वारतिरको भाग सफा हुँदैन। दिसा अड्किएका कारणले त्यस ठाउँमा ताप बढ्छ जस कारण रक्त नलीहरू फुल्छन्। रक्तनली फुलेको कारणले त्यहाँ रगत जम्मा हुन्छ र रगत अड्किन्छ, रोकिन्छ। रगत अड्किने र फुक्ने हुनाले त्यहाँ सुन्निने, अंकुर परेर गाँठो बढेर मासु पलाएजस्तो देखिन्छ।

    जब निरन्तर कब्जियत हुन्छ वा दिसा गर्दा जोड गरिन्छ तब मलद्वारका रक्तनलीमा जोड परी ती रक्तनलीहरू झोलिन थाल्छन्। यसरी झोलिँदा रक्तिनलीलाई ढाकेका कोष पनि झोलिएर तलतिर खस्न थाल्छन्। यसरी मलद्वारको भित्र र बाहिर रहने रक्तनली झोलिने, फुल्ने र सुन्निने भएर अंकुर परी गाँठो निस्कनु, मासु पलाएजस्तै डल्ला निस्कनुलाई पाइल्स भनिन्छ।

    दिसा गर्दा अंकुरमा छोएमा दुख्ने हुन्छ। यही सुन्निएका नसाहरू फुटेर रक्तस्राव हुनुलाई रगत आउने पाइल्स भनिन्छ।

    पाइल्स हाल अनुचित खानपानका कारण सबै उमेर समूहलाई भएको पाइन्छ।

    पाइल्सका प्रकारः

    पाइल्स बाहिरबाट देखिने (बाहिरी) र बाहिरबाट नदेखिने (भित्री) गरी दुई प्रकारका हुन्छन्। त्यस्तै रगत आउने र नआउने गरी प्रकारका पनि हुन्छन्।

    बाहिरी पाइल्सः मलद्वारको तल्लो भागको रक्तनली झोलिएर बनेको पाइल्स जुन मलद्वार वरपर मासुका डल्ला झुन्डिएका हुन्छन्। यस्तो पाइल्स बस्दा दुख्ने, फुट्दा रगत बग्ने, सुन्निने र चिलाउने आदि हुन्छ।

    भित्री पाइल्सः मलद्वारको केही माथिल्लो भागको रक्तनली झोलिएर बनेको पाइल्स। भित्री पाइल्सलाई रोगको अवस्था एवं यसको जटिलता हेरेर चार तहमा विभाजन गरिन्छः

    पहिलो तह– यो सुरूआती चरण हो। यस अवस्थामा पाइल्स (मासुको गाँठो) मलद्वारभित्रै हुन्छ, बाहिर देखिँदैन। यो दिसा गर्दा दुख्ने, फुटेमा रगत आउने हुन्छ।

    दोस्रो तह– यस अवस्थामा दिसा गर्दा बल गर्नाले पाइल्स बाहिर निस्कने र पछि आफ्नै स्थानमा जाने हुन्छ। यसमा त्यति दुखाइ हुँदैन तर हल्का रगत भने हुन्छ।

    तेस्रो तह– दिसा गर्दा पाइल्स बाहिर निस्कने तर आफैं भित्र नपस्ने, हात तथा औंलाको सहायताले धकेलेपछि भित्र जाने हुन्छ। यसमा पाइल्स फुटेमा बढी रगत आउने, दुखाइ धेरै हुने, बस्न पनि गाह्रो हुने हुन्छ। पहिलो र दोस्रो चरण भन्दा बढी पीडाडायी हुन्छ।

    चौथो तह– बाहिर निस्केको पाइल्स बाहिरको बाहिरै रहने। यस अवस्थामा मल त्याग गर्दा असह्य पीडा हुने, बस्न–उठ्न गाह्रो हुने, हिँड्न अप्ठ्यारो हुन्छ। यस्तो पाइल्स फुटेमा धेरै रक्तश्राव हुने जटिल अवस्था हुन्छ। संक्रमणको पनि खतरा हुन्छ।

    लक्षणः

    – पाइल्सको सबै अवस्थामा पहिलो लक्षण भनेको दुखाइ नै हुन्छ।

    – मलद्वारको भित्री तथा बाहिरी भागमा मासुको डल्लो जस्तो गाँठो पर्नु, मासुका डल्ला झुन्डिनु।

    – दिसा गर्दा बेलाबेलामा रगत आउनु।

    – मलद्वार वरपर रातो हुनु, सुन्निनु, पोल्नु, दुख्नु, चिलाउनु।

    – उठ्न, बस्न, हिँड्डुल गर्न पनि गाह्रो हुनु।

    – कसैकसैलाई गनाउने पिप बग्ने समस्या हुनु।

    कारणः

    निरन्तर लामो समयको कब्जियत पाइल्सको प्रमुख कारण हो। अनि अनुचित खानपान र सुखसयलको जीवनशैली पनि।

    – मैदाजन्य खानपान, माछा, मासु, अन्डा, दूध आदि बढी प्रयोग गर्नु। धेरै चिल्लो, पिरो, अमिलो, मसला र खुर्सानी टोक्ने बानी।

    – हरियो सागसब्जी, फलफूलको कमी र पानी कम पिउनु।

    – तौल बढी हुनु। शारीरिक श्रमको कमी तथा नियमित व्यायाम नगर्नु। एकै ठाउँमा बस्ने बानी गर्नु।

    – राती ढिला सुत्ने र बिहान ढिला उठ्नु।

    – दिसा, पिसाब रोक्ने बानी।

    – अत्यधिक धपेडी र आरामको कमी। धेरै भारी व्यायाम गर्नु, भारी सामान उठाउनु। धेरै तनाव, अनिद्रा हुनु।

    पाइल्स भएकाले पालना गर्नुपर्ने नियमः

    आहारको नियमः लामो समयको कब्जियतले पाइल्स बढाउँछ। तसर्थ कब्जियत हुन नदिनु, पेट सधैं सफा राख्नु पाइल्स हुन नदिने पहिलो र सरल समाधान हो।

    हाम्रो खाना त्यस्तो हुनुपर्छ जसले पेट सफा राखोस्, कब्जियत नरहोस् र दिसा गर्दा कन्न वा बल गर्न नपरोस्। त्यसका लागि कब्जकारक खाना बन्द गरी कब्जनिवारक, रेसा, छोक्राबोक्रा प्रशस्त भएका चोकरसहितका प्राकृतिक रूपमै उच्च फाइबरयुक्त सुपाच्य खाना खानुपर्छ।

    कब्ज निवारक आहारः

    – प्रशोधन नगरिएका वा कम प्रशोधन गरिएका प्राकृतिक पूर्ण अन्नहरूः नफलेको चामल, गहुँ, मकै, फापर, चोकरसहितको पिठो, आँटा आदि। प्रकृतिले दिएका हरिया देखिने पात भएका वा नभएका सबै हरिया तरकारीहरू। काँचो खान मिल्ने सलादहरू, प्राकृतिक रूपमै पाकेका, मौसम अनुसारका सबै फल।

    पाइल्स भएकाले दैनिक खाना कसरी खाने?

    तीन बराबर आहार गर्ने।

    – दैनिक लिने अन्नहरू (कार्बोहाइड्रेट) भात, रोटी, च्याख्ला, ढिँडो आदिबाट एक भाग।

    – हरेक खानासँग हरियो सागसब्जी, पात भएका हरियो तरकारी वर्गबाट एक कचौरा र पात नभएका हरिया देखिने तरकारी वर्गबाट एक कचौरा गरी लगभग ३०० ग्रामको एक भाग।

    – खानाको अन्नमा काँचो सलाद फलवर्गबाट करिब २०० ग्रामको एक भाग गरेर बरोबर मात्रामा लिने।

    यसरी सम्भव भएसम्म यी तीन चिज बरोबर मात्रामा लिएमा पाचनका लागि चाहिने फाइबर प्रशस्त मात्रामा पुग्छ र कब्जियत हुन पाउँदैन। कब्जियत नभएपछि पाइल्स मात्र होइन, मोटाउनेदेखि अरू समस्या कम हुन्छ।

    तौलको नियमः अनावश्यक तौल पाइल्स मात्र होइन सबै रोगको कारण हो। हाम्रो उचाइअनुसार तौल नियन्त्रित हुनुपर्छ। तौल बढी भए घटाउने हिसाबले खानुपर्छ। तौल बढी भएकाले चार बराबर आहार लिने।

    चार बराबर आहार भन्नाले, आफूले दैनिक लिइरहेको अन्नबाट २५ प्रतिशत घटाएर एक भाग, हरियो तरकारी वर्गबाट दुई कचौरा गरी दुई भाग र अन्तिममा काँचो सलादबाट एक भाग।

    यसरी अन्नको एक भाग घटाएर तरकारी र सलाद बढाएर खाए हप्तामा एकदेखि दुई किलो तौल घट्न सक्छ।

    खाना कति पटक खाने?

    के, कतिपटक, कति थरी मिसाएर खाने भन्नेबारे कुनै पनि मतमान्यता बनाइरहन जरूरी छैन। आफ्नो शरीर र विवेक-ज्ञान प्रयोग गरेर खाए सजिलै बुझ्न सकिन्छ।

    सामान्यतया हामीकहाँ बिहान खाना, दिउँसो खाजा र बेलुकी खाना गरी तीनपटक खाने चलन छ। अचेल बिहान नास्ता खाने पनि चलन बढेको छ।

    बिहान चाँडै (९–१० बजे) खाना खाइन्छ भने नास्ता आवश्यक छैन। खाना ११–१२ बज्छ भने मात्र लिने। नास्तामा हल्का आहार, मौसमअनुसारका फलफूल वा तरकारीका सुप लिने।

    बिहानको खाना ९–१० बजे खाने। यदि नास्ता खाएको भए ११–१२ बजे खाने।

    बिहान ९–१० बजे खाना खाएकाले दिउँसो २–३ बजे खाजा लिने। खाजामा हल्का आहार, मौसमअनुसार फलफूल या तरकारीका सुप लिनु उपयुक्त हुन्छ। ख्याल गरौं, दिउँसोको खाजा आफ्नो शारीरिक परिश्रम र शरीरको अवस्था हेरेर हल्का या भारी लिनुपर्छ।

    बेलुकी (७–८ बजे) भित्र बिहानको जस्तै खाना खाने। दिउँसो पेटभर खाजा खाएको भए बेलुकी हल्का आहार, तरकारी, सुप या फलफूल मात्र लिने।

    पानीको नियमः पाइल्स हुनुको अर्को प्रमुख कारण शरीरमा पानीको कमी हुनु हो। पानीको कमीले शरीरबाट फोहोर निस्कासन हुन सक्दैन। अनि शरीरमा गर्मी बढाइ समस्या हुन्छ। गर्मी मौसममा करिब तीनदेखि चार लिटर र जाडोमा करिब तीन लिटर पिउनुपर्छ।

    – बिहान उठ्नेबित्तिकै एक लिटर मनतातो पानी पिउने। बालबालिकाले एकदेखि दुई गिलास मात्र पिउने।

    – दिउँसो हरेक घन्टा १–१ गिलासका दरले पिउने।

    – कुनै पनि ठोस आहार (खाना वा खाजा) सँगै पानी नपिउने। ठोस आहार र पानीको अन्तर एक घन्टा गर्ने।

    – राती सुत्नुअघि एक गिलास मनतातो पानी पिउने।

    व्यायामको नियमः दैनिक शरीरका जोर्नी सञ्चालन हुने व्यायाम गर्ने। बिहान खुला हावामा मर्निङ वाक तथा जगिङ या योग व्यायाम गर्ने। तर चर्को दुखाइ र रक्तश्राव हुँदा व्यायाम-योग गर्नु हुँदैन। रक्तश्राव र दुखाइ कम भएपछि विस्तारै गर्न थाल्ने।

    निद्राको नियमः निद्रा पुग्ने गरी, करिब ६ देखि ८ घन्टा सुत्ने। बिहान सूर्य उदाउनु अगाडि, ५ बजेभित्र उठ्ने। बेलुकी १०–११ बजे नै सुत्ने।

    विचारको नियमः तनाव, रिस, डाहा, इर्ष्या, लोभ आदि जस्ता अनुचित विचारले शरीर र मनमा गर्मी बढाइ निद्रा नलाग्ने, कब्जियत लगायत अरू समस्या सिर्जना गर्छ। राती आनन्दसँग सुत्न सक्ने र बिहान उठ्नेबित्तिकै जिउ हलुका र अनुहार उज्यालो हुने सुविचार हुनुपर्छ।

    दिसाको नियमः दिसापिसाब रोकेर नबस्ने, लाग्नेबित्तिकै गर्ने। दिसा गर्दा बल नगर्ने। मोबाइल फोन चलाउने वा पत्रिका पढ्ने बानी नगर्ने। आरामसँग गर्ने।

    कपडाको नियमः पाइल्स भएकाले मात्र होइन, अरूले पनि कसिला वा अप्ठ्यारा कपडा नलाउने। खुकुलो र सजिलो र सकेसम्म सुती कपडा लगाउने।

    एकै ठाउँमा धेरै बेर नबस्नेः अहिले इन्टरनेट, मोबाइल, ल्यापटप, टिभीका कारण बालकदेखि वृद्धसम्म एउटै कोठामा दिन बिताउँछन्। यसले शारीरिक गतिविधिमा कमी भइ विभिन्न समस्या हुन्छ। त्यसैले बाहिर हावामा हिँडडुल गर्ने, बारी-करेसा भए काम गर्ने लगायत शरीर सञ्चालन हुने काम गर्नुपर्छ।

    नजिकै भए सकेसम्म हिँडेरै जाने। कुर्सीमा बसेर काम गर्नुपर्नेले समय-समयमा उठेर हात-खुट्टा हल्लाउने, केही पाइला हिँड्ने।

    के नखाने?

    – छोक्राबोक्रा नभएका, च्यापच्याप लाग्ने सबैखाले मैदाजन्य आहार, सेतो चामल, सेतो चिनी, चाउचाउ, बिस्कुट, चाउमिन, सेल, मालपुवा, डोनट लगायत जस्ता प्रशोधित खाद्यपदार्थहरू।

    – माछा, मासु, अन्डा जस्ता पाचन हुन गाह्रो हुने मांसाहार नगर्ने।

    – दूध र दूधबाट बनेका सबै खाद्यपदार्थ कम गर्ने।

    – सबै खाले मसलाहरू, लसुन, अदुवा, बढी नुन, पिरो, अमिलो, खुसार्नी, बट्टाबन्दी गरम मसला आदिले शरीर तथा मनमा गर्मी बढाउँछ। पाइल्स हुँदा यी खाना बन्दै गर्नुपर्छ। अरू बेला पनि शरीरको अवस्था हेरेर कम खाने।

    – त्यसैगरी चिया, कफी, चिसो, पाउडरजन्य पेय (हर्लिक्स, भिवा, कम्प्ल्यानजस्ता) पदार्थले पनि गर्मी गराइ कब्जियत बढाउँछ। तारेका, भुटेका, पटकपटक तताइएका, पिरो, चटपटे, पानीपुरी, तितौरा, प्याकेटमा राखिएका, बोतल तथा बट्टाबन्दी खाद्यान्न नखाने।

    – अन्नमा कोदो तथा महले पनि अत्यधिक गर्मी गराउँछ। त्यसैले यी नखाने। अनि सुख्खा, भुटेका, पोलेका चिज पनि नखाने। चर्को पाइल्स भएकाले दाल, गेडागुडी नखाने।

    – अम्ल तथा बात बढाउने तरकारीहरू, तोरीको साग, पालुंगो, कुरिलो, भ्यान्टा, भेडेखुर्सानी, गुन्द्रुक आदि नखाने।

    – अमिलो वर्गका फलफूल नखाने। सुख्खा फलमा छोकडा, किसमिस, काजु, पिस्ता आदि नखाने।

    – जाँड, रक्सी, चुरोट, सूर्ति नखाने।

    पाइल्स भएकाले बुझ्नुपर्ने कुराः

    बिहान पेट खलास हुनुपर्छ, खलास हुने खालकै खानपान हुनुपर्छ। खाना स्वाद र जिब्रोका लागि नभएर शरीर सञ्चालनका लागि हो। मिठो वा नमिठोका लागि खाने होइन भन्ने बोध हुनुपर्छ।

    दैनिक खनामा हरिया सागसब्जी, सलाद, फललाई प्राथमिकता दिने। भोक लागेपछि मात्र र पेट उकुसमुकुस नभइ हल्का हुने गरी एक भाग खाली राखेर खाने।

    एक खाना र अर्को खानाको अन्तर करिब पाँच घन्टाको गर्ने। भारी खाएका बेला ६–७ घन्टाको अन्तर गर्ने। कुचुकुचु केही नखाने। एक खाना र अर्को खानाको बीचमा पानी मात्र नियमित पिउने।

    हतार नगरी शान्तसँग खाने। जे पनि राम्ररी चपाएर (३२ चोटि) खाने।

    खानेबित्तिकै नसुत्ने। दिउँसो सुत्ने त बानी नै नगर्ने। खानेबित्तिकै नुहाउने र नुहाउनेबित्तिकै नखाने। कम्तीमा एक घन्टाको अन्तर गर्ने। खानेबित्तिकै पाँच–दस मिनेट बज्रासनमा बस्ने। यसले पाचन राम्रो गर्छ।

    राती सुत्नुभन्दा दुई–तीन घन्टाअघि नै हलुका खाना खाने। राती भारी (माछा, मासु, अन्डा, दुग्धजन्य) नखाने। बेलुकी १०–११ बजे सुतिसक्ने र बिहान ४–५ बजे उठ्ने।

    सरल प्राकृतिक उपचारः

    १. चिसो पट्टी वा चिसो पानीमा बस्नेः बिहान शौच गरेर पेट सफा भएपछि चिसो पट्टीको प्रयोग प्रभावकारी हुन्छ।

    विधिः बस्न मिल्ने बाटामा हिप छोपिने गरी पानी राख्ने। पानी ४ डिग्री सेल्सियसभन्दा कम हुनुपर्छ। यसका लागि बरफका दुई-चार टुक्रा राख्ने। अब पानीमा हिप डुब्ने गरी बस्ने। गर्मीमा करिब १५-२० मिनेट र जाडोमा १०–१२ मिनेट बस्ने।

    तर रूघाखोकी, चिसो लागेको अवस्थामा चिसो पट्टी लगाउनु हुँदैन। लगाउनै परे छातीलाई न्यानो गरेर मात्र लगाउने।

    २. उपवासः धेरै चर्को पाइल्स भएकाले हप्ताको एक दिन उपवास, रसाहार, फलाहार वा ताजा तरकारीका सुप खाएर बस्न सकिन्छ। यो एक प्रभावकारी प्राकृतिक र वैज्ञानिक विधि हो। एक दिने उपवासले आन्द्रामा जमेको फोहोर बाहिर निस्कासन हुन सहयोग पुग्छ। कब्जियत खुल्छ।

    उपवास बस्दा दिनभरी पानी पिएर बस्ने। नसक्नेले रसाहार गर्ने। रसाहारमा कुनै एक गुलियो फलको रस मात्र लिने, दिनको ३–४ पटक पानी नियमित पिउने। फलाहारमा कुनै एक गुलियो फल दिनको ३–४ पटक खाने। तरकारीको सुप खाँदा मरमसला र नुन कम वा नहाल्ने।

    ३. रामतोरीया/भिन्डी खानेः पाइल्स भएकाले रामतोरीया खाँदा शीतल गराएर घाउ चाँडै निको गर्न सहयोग गर्छ। रूघाखोकी र चिसो लागेको अवस्थामा भने नखाने।

    ४. घ्यूकुमारीको लेप लगाउने– मलद्वार सफा गरेर घ्यूकुमारीको लेप लगाएमा नरम बनाउँछ।

    चर्को पाइल्स या धैरै रगत बगेको छ भने चिकित्सककहाँ गएर जाँच गराउने।

    याद रहोस्, सधैं मनपरी खाने जीवनशैली भए औषधि लिने/शल्यक्रिया गराएर पनि पाइल्स दोहोरिन सक्छ। मलद्वारमा प्रशस्त रक्तनली हुन्छन्, एउटामा ठीक भए पनि जीवनशैली नफेर अर्को रक्तनलीबाट पाइल्स दोहोरिन सक्छ।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.