नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम छ । बुधबार पनि मंगलबारको तुलनामा तोलामा सय रुपैयाँ बढेर कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन बुधबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको अवस्थाअनुसार नेपाली बजारमा महासंघले सुन चाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
