काठमाडौं – नेकपा एमालेले शनिवार देशभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । एमालेले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन आयोजना गरेको हो भने कात्तिक ९ गते पालिका अधिवेशन गर्नेछ ।
आज बाढीपहिरोबाट प्रभावित जिल्लामा बाहेक अन्य जिल्लामा वडा अधिवेशन हुनेछ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ुबादलुको संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।
बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिने ज्ञवालीले बताए ।
