• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यस्ता पुरुषबाट जन्मिने बच्चामा हुनसक्छ मानसिक समस्या, हेर्दा स्वस्थ भनेर हुन्न


  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
  • सामान्यतया गर्भावस्थाको क्रममा महिलाहरुलाई लामो समयदेखि धुमपानको खतराको चेतावनी दिइन्छ । उनीहरुलाई धुमपान गरेमा पेटमा रहेको बच्चालाई असर गर्छ भनेर धुमपान नगर्न सल्लाह दिइन्छ । तर, यस्तो सल्लाह पुरुषहरुलाई भने दिइँदैन । बच्चाको पिताले धुपमान गरेपनि कुनै समस्या नहुने आम धारणा छ ।

    Advertisement

    तर हालै गरिएको एक अध्ययन अनुसार बच्चाको पुरुषहरु पनि लामो समयसम्म निकोटिनको सम्पर्कमा आउनाले उनीहरुको बच्चा र नातिनातिनीहरुमा वंशाणुगत गडबडी हुन सक्छ । मुसामा गरिएको एक अध्ययनबाट वैज्ञानिकहरुले यो निश्कर्ष निकालेका हुन् । उक्त अध्ययनमा यो तथ्य पनि पत्ता लाग्यो कि निकोटिन लिनाले पुरुषको व्यवहार सामान्य नै हुन्छ तर, उसको छोराछोरी वा नातिनातिनीमा त्यसको कारण हाइपरएक्टिभिटी, एटेन्सन् डेफिसिटी र कग्निटिभ इनफ्लेस्किभिटी जस्ता वंशाणुगत गडबडी हुन सक्छ ।

    अध्ययनमा संलग्न अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका प्राध्यापक प्रदिप भिडेका अनुसार डाक्टरले पुरुषलाई उनीहरुको धुमपान गर्ने बानीको कारण पछि जन्मने बच्चाहरुमा नोक्सान हुन्छ भनेर चेतावनी दिँदैनन् । ‘यो नोक्सान त्यतिखेर पनि हुन्छ जब बच्चाको आमाले धुमपान गर्दैनन् । हाम्रो अध्ययनले यसलाई अगाडि ल्याएको छ’, भिडे भन्छन्, ‘हाम्रो तथ्याङ्कबाट थाहा हुन्छ अहिलेको पुस्ताको बच्चा र वयष्कमा यस्तो वंशाणुगत समस्या देखिनुको कारण एक दुई पिँढी पहिलेका पुरुषहरुले धेरै निकोटिन लिनाले हुन सक्छ ।’

    के हो एटेन्सन डिफिसिट ? – एटेन्सन् डिफिसिट जसलाई एडीएचडी पनि भनिन्छ यो मस्तिस्क सम्बन्धी समस्या हो जुन बच्चा र वयस्क दुवैलाई हुन सक्छ । एक शोधको अनुसार २० मा १ व्यक्ति यो समस्याको शिकार भएका छन् । विशेषगरि बच्चामा यो रोग हुने सम्भावना अत्याधिक धेरै हुन्छ । यो समस्या भएको व्यक्तिको व्यवहारमा केही अनौठो परिवर्तन आउँछ र स्मरणशक्ति पनि कमजोर हुन्छ । यदि अर्को शब्दमा भन्ने हो भने एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भन्नाले कुनै चीजमा ध्यान केन्दि्रत गर्ने क्षमतालाई ठिक ढंगलेे प्रयोग गर्न नपाउनु हो । वास्तवमा यो समस्या केही रसायनको प्रयोगले दिमागको कमजोरीको कारण पैदा हुन्छ ।

    एटेन्सन डिफिसिटको कारण के हो ? – एडीएचडीको निश्चित कारणहरुको बारेमा अहिलेसम्म सटीक जानकारी मिल्न सकेको छैन तर, त्यसको कैयौं कारणहरुको अनुमान लगाउन सकिन्छ । जस्तैः अनुवांशिक कारण, शरीरमा हार्मोनल असन्तुलनको कारण, चिनी र प्रशोधित खानेकुराको धेरै सेवन, समयभन्दा पहिले जन्म हुने र टाउकोमा गम्भिर चोट आदी रहेका छन् ।

    एटेन्सन डिफिसिटको उपचार के हो ? – यदि शिक्षकले तपाईंको बच्चालाई पढ्न असजिलो हुन्छ, उसको व्यवहार अन्य बच्चा भन्दा फरक छ र ध्यान दिनमा उसलाई गाह्रो छ भने विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । बच्चामा एडिएचडीको समस्या देखिनु सामान्य कुरा होइन त्यसैले एडिएचडीको लक्षण देखिएमा आमाबुबाले तुरुन्त मनोचिकित्सकको सल्लाह लिनुपर्छ । बच्चामा यो समस्या टाढा गर्नको लागि मेडिसिनल टि्रटमेन्ट दिन सकिन्छ यसलाई ठिक गर्नको लागि कैयौं खालको थेरापीको प्रयोग गरिन्छ । जस्तैः साइकोथेरापी, बिहेवियरल थेरापी, डान्स थेरापी र प्ले थेरापी आदी । यस्तै वयस्क मानिसमा एडिएचडीको लक्षण देखिएमा मनोचिकित्सक सँग सम्पर्क गर्नुपर्छ ।

    आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.