• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमै मृगौला प्रत्यारोपण केन्द्रको माग


  •   सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
  • चितवन । मृगौला रोगका कारण प्रभावित भएकाहरुले सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले निजी अस्पतालमा महंगो पर्ने र सरकारीमा लामो पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । मृगौला पीडित सरोकार समाज, नेपाल जिल्ला शाखा चितवनले आज आईतबार भरतपुर अस्पतालमा मृगौला रोग सचेतना कार्यक्रम आयोजना गरी गुनासो गरेका हुन् । अस्पतालमा उपचारका क्रममा पालो कुर्दा कुर्दै मृगौला पीडितहहरुले मृत्यु वरण गर्नु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

    Advertisement

    समाजका सल्लाहकार जीवनाथ पराजुलीले निजी अस्पतालमा मृगौलाको उपचार महंगो हुने र सरकारी अस्पतालमा पालो कुर्नु पर्ने बाध्यताका कारण बिरामीहरुले मृत्यु वरण गर्नु पर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारीमा पालो पाईदैन । निजी अस्पतलहरुले सरकारसँग सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रकृया सुरु नै गर्दैनन् ।” साउन यता निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उहाँको भनाई छ । भरतपुर अस्पतालले निःशुल्क रुपमा मृगौला डायलासिस गर्दै आएको छ ।

    नीजि अस्पतालमा यो सेवा एक पटकमा रु १० हजार सम्म खर्च हुने भएकाले महंगो भएको नवलपुरका टिकाराम भट्टराईले बताउनुभयो विगत ९ वर्षदेखि छोरीको मृगौलाको डाइलासीस गराउँदै आउनु भएका भट्टराईले भरतपुर अस्पतालमा पालो नपाए पछि निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको बताउनुभयो । निजी अस्पतालमा उपचारका क्रममा ठूलो रकम खर्च भएकाले सरकारी अस्पतालमा मृगौला प्रत्यारोपणको काम सुरु गर्नु पर्ने उहाँले बताउनुभयो । बिरामीको चाप बढ्दै जाँदा उपचार पाउने सम्भावना कम हुँदै गएकाले सेवा बिस्तार गरेर भए पनि उपचार सेवा रोक्न नहुने उहाँको भनाई छ ।

    बिरामीहरुले यहाँ उपचार नपाएर काठमाडौंसम्म जानु पर्ने बाध्यता रहेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । उपचारको समयमा रगतको अभाब हुनु, समयमा पालो नपाउने जस्ता कारणले बिरामीले दुःख पाउने गरेको उनीहरुको भनाई थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले अस्पतालमा सम्भव भएसम्मका बिरामीलाई उपचार दिंदै आएको बताउनुभयो । अस्पतालमै मृगौला प्रत्यारोपणको सुविधा दिन सके अझै राम्रो हुने बताउँदै उहाँले त्यसका लागि पहल गरिने बताउनुभयो । उहाँले मृगौला रोग लाग्नबाट बच्न जनचेतना जगाउनु पर्नेमा जोड दिनुभयो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेलले अस्पतालमा अहिले १ सय १२ जना बिरामीको उपचार भईरहेको र ३० जना पालोको प्रतिक्षामा रहेको जानकारी दिनुभयो ।

    कतिपय बिरामीका आफन्तले उपचार गर्न नसक्ने भन्दै घरमा लैजाने गरेको उहाँले बताउनुभयो । यस अस्पतालमा वि.सं. २०७४ सालबाट यो सेवा सुरु भएको भए पनि ०७६ सालबाट मात्रै बिषेशज्ञ सेवा दिन सकेको भन्दै उहाँले सेवा बिस्तार गर्दै अस्पतालको सि भवनमा २० शैयाका डायलासिस वार्ड बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । अस्पतालमा १२ वटा डायलासिस मेसिन भए पनि अहिले ८ वटा मेसिनले मात्रै काम गरेको भन्दै उहाँले निकट भविश्यमानै दुईवटा मेसिन थप गर्ने तयारीमा अस्पताल रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा अस्पतालका मृगौला रोग बिषेशज्ञ डा. सन्तोष गुरुङ्ले मानव जीवनमा खानपानमा ध्यान नदिँदा, उच्च रक्तचाप, मधुमेह र स्वास्थ्यमाथि हेलचक्राई गर्दा मुटुमा समस्या आउने गरेको बताउनुभयो । एउटा मृगौलाले काम नगर्दानै बिरामी हतोत्साहित हुने गरेको भन्दै उहाँले आत्तिहाल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मानव शरीरमा भएका दुईवटा मृगौला मध्ये एउटाले काम गर्न नसक्दा आत्तिनु पर्ने हुँदैन ।” बिरामीको चाप बढे संगै सेवा दिन केही असहज भएको उहाँको भनाई थियो ।

    प्रादेशीक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले डायलासिसका बिरामीको उपचार तालिका जानकारी नहुनु र उपचारका क्रममा क–कस्लाई कुन समयमा रगतको आवश्यक पर्ने हो भन्ने अग्रिम थाहा नहुँदा रगतको समस्या आएको बताउनुभयो । डायलासिसका बिरामीहरुलाई अहिलेसम्म रगतको ठूलो समसया नपरेको भए पनि जिल्लामा रगतको अभावका हुँदा कहिलेकाही समस्या आउन सक्ने बताउनुभयो ।

    सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.