• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमालेमा नयाँ दृश्य : वडा अधिवेशनमा सर्वसम्मतिको संकेत के हो ?


  •   सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
  • एमालेमा माधवकुमार नेपाल समूह बाहिरिएपछि अब भीम रावलसहितका केही नेतामात्र केन्द्रमा अध्यक्ष ओलीविरुद्ध फरक मत राखिरहेका छन् । त्यसबाहेकका नेताहरू ओलीले जसो भन्यो त्यसै गर्ने खालका छन् । त्यसको प्रारम्भिक प्रभाव अहिले वडा अधिवेशनमा देखिएको हो ।

     एमाले शनिबार झण्डै ६ हजार वडाको अधिवेशन गर्‍यो । लामो समय आन्तरिक विवाद गुज्रेर विभाजनको समेत पीडा खेपेको एमालेको वडा अधिवेशनमा भने अधिकांश ठाँउमा सर्वसम्मत भयो । नवौं महाधिवेशनमा प्यालन बनाएपछि बढेको तीब्र गुटबन्दीले चिरा परेको एमालेको सबै भन्दा तल्लोतहको कमिटीको नेतृत्व छनौटमा छिटपुट बाहेक विवादका बाछिटा नदेखिनुको संकेत के हो ? नेताहरू भन्छन्–  ‘अब  धेरै विवादको अवस्था पार्टी भित्र छैन, त्यसैको संकेत हो ।’

    Advertisement

    मंसिर दोस्रो साता राष्ट्रिय महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयनमा जुटेको एमालेमा माधवकुमार नेपाल समूह बाहिरिएपछि अब भीम रावलसहितका केही नेतामात्र केन्द्रमा अध्यक्ष ओलीविरुद्ध फरक मत राखिरहेका छन् । त्यसबाहेकका नेताहरू ओलीले जसो भन्यो त्यसै गर्ने खालका छन् । त्यसको प्रारम्भिक प्रभाव अहिले वडा अधिवेशनमा देखिएको हो ।

    वडा अधिवेशन भएपनि एमालेले यसलाई आगामी निर्वाचनको तयारी र विभाजनपछि असर कम भएको देखाउने अवसरको रुपमा प्रयोग गरेको छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास भन्दै यसअघि एमालेमा सबै जस्तो कमिटीहरूको नेतृत्व छनोटका लागि प्यानलसहितको निर्वाचन हुने गरेको थियो ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भएको वडा अधिवेशनले केन्द्रीय कमाण्डमा एमाले एउटै लयका साथ परिचालन भएको सन्देश दिएको बताउँछन् । ज्ञवालीका अनुसार पार्टीमा एकता, उत्साह र साझा संकल्प तीन विषयलाई प्रतिविम्बित गरेको छ ।

    ‘अहिलेसम्म सबै तथ्यांकहरू आइपुगेको छैन जानकारी तर साढे ५ देखि ६ हजार वडाको अधिवेशन एकै पटक छनोट भएको छ । अधिकांश स्थानमा सहमतिका साथ नेतृत्व छनोट भएको छ’ एमालेका प्रवक्ता ज्ञवालीले भने, ‘राष्ट्रव्यापी रुपमा एकै स्थानमा पार्टी सञ्चालन गर्न सकिन्छ । पार्टीको केन्द्रीय कमाण्डमा सिंगो पार्टीको एउटै लय, एकसाथ परिचालन गर्नसक्ने हाम्रो सामर्थ्य यसले प्रकट गरेको छ ।’

    एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तल्लो तहबाट निर्वाचित नेतृत्वको नाम केन्द्रमा आइरहेको र त्यसलाई पार्टीको आधिकारिक वेबपेजमा राख्ने गरि तयारी भइरहेको बताए ।

    एमालेले शनिबार एकै पटक ६ हजार ७ सय ४३ वडा अधिवेशन गर्ने घोषणा गरेको थियो । एमालेको वडा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका हुन् । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

    शनिबार अधिवेशन हुन नसकेको अधिकांश वडाहरू बाढी पहिरोका कारण रोकिएको दावी तामाङले गरेका छन् । पार्टीभित्रको बिबादको कारण सुनसरीका केही वडा सहित केही स्थानमा मात्र नेतृत्व छनोट हुन सकेको छैन ।

    प्रवक्ता ज्ञवालीले वडा अधिवेशनले एमाले विभाजनको असर कम भएको देखाएको बताए । ‘विभाजनको असर आधारभूत तहमा खासै छैनन् भन्ने विषयको संकेत पनि वडा अधिवेशनले गरेको छ’ ज्ञवालीले भने, ‘जसरी सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ यसले पार्टीमा विधान महाधिवेशनमा विचारको एकतालाई देखाएको थियो तर वडा अधिवेशनले नेतृत्वको एकता पनि देखाएको छ । अहिलेको जुन चुनौति छ त्यसलाई चिर्नका लागि एकतावद्ध भएर अघि आवश्यक रहेको आधारभूत तहमा अनुभूति गर्नु गरेको देखिन्छ ।’

    पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको २ महिना नहुँदै एमाले बडा अधिवेशन गरेको छ । जसको कारण एमालेले केन्द्रदेखि प्रदेसहरूमा सरकार गुमाएको छ ।

    एमाले सचिव गोकर्ण विष्टले वडा अधिवेशनमा भएको सर्वसम्मतीले पार्टीमा हार्दिकता, समन्वय र एकता बढ्दै गएको देखिएको बताए ।

    ‘वडा र गाउँका संगठनहरू आधारभूत तहको संगठन, पार्टीको जग र महत्वपूर्ण आधार हो’ विष्टले भने, ‘यो स्थानमा सर्वसम्मत हुनुभनेको पार्टीमा हार्दिकता, समन्वय र एकतावद्ध वातावरण निर्माण भैरहेको छ भन्ने संकेत हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने कुराले पार्टीलाई थप बलियो बनाउँछ ।’

    विभाजन, एमालेमाथि भैरहेको चौतर्फी हमला र घेराबन्दीको कारण कार्यकर्ताहरुले पार्टीलाई एकतावद्ध बनाउनु पर्छ भन्नेर सर्वसम्मत नेतृत्व छनोट गरेको विष्ट बताउँछन् ।

    ‘एमालेमाथि जुन रुपमा चौतर्फी हमला, घेराबन्दी भइरहेको छ यसबाट पार्टी जोगाउन एकतावद्ध हुनुपर्छ र सहमति गरिनुपर्छ एउटा पक्ष हुनसक्छ’ विष्टले भने, ‘एमाले केही समयमा जुन रुपमा अन्तरविरोध देखा परे त्यो जारी रहे थप समस्या आउँछ । पार्टीको जग कमजोर हुन्छ भन्ने प्रकारको महसुश पनि गरेको हुनुसक्छ । पार्टी र आन्दोलन जोगाउनका लागि आधारभूत तहको संवेदनशीलता र गम्भीरताले यस्तो परिणाम आएको छ ।’

    उनले तल्लो तहमा भएका सर्वसम्मत नेतृत्वको छनोटले एमालेलाई मजबुत बनाउने बताउँछन् । विष्टसिहत लामो समय माधवकुमार नेपालसँग रहेका नेताहरू र अध्यक्ष केपी शर्मा ओली पक्षबीच पार्टी एकताका लागि दस बुँदे सहमति भएको थियो । तर अध्यक्ष ओली पक्ष १० बुँदे सहमति पूर्णतया लागू नगरेको भन्दै असन्तुष्टी रहँदै आएको छ ।

    असोज १५–१७ विधान महाधिवेशन गरेका वैचारिक र विधानको विषयलाई छलफल गरेको एमालेले मंसिर १०–१२ चितवनमा नेतृत्वमा छनोटका लागि महाधिवेशन गर्दै छ । त्यसैको तयारीको रुपमा एमाले तल्लो तहको अधिवेशन गरेको छ ।

    एमाले प्रवक्ता ज्ञवालीले वडा अधिवेशन जस्तै केन्द्रमा पनि सर्वसम्मत छनोट तयारी भैरहेको बताए ।

    ‘आगामी महाधिवेशनमा मुल र आम नेतृत्व सहमतिका साथै निर्वाचित हुने देखिन्छ । केही केही पदहरुमा मात्रै प्रतिस्पर्धा हुन्छ’ ज्ञवालीले भने ’केही पदहरूमा साथीहरूले आकांक्षा व्यक्त गर्नुहोला त्यस्तो हुनु स्वभाविक हो र हामीले स्वच्छ रुपमा भएको प्रतिस्पर्धालाई अन्यथा पनि ठान्नु हुँदैन ।’

    सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.