• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

महिनावारी ‘कप’ के हो? कसरी प्रयोग गर्ने?


  •   सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
  • महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ?

    Advertisement

    केही समयअघि सेतोपाटीको महिनावारी कुरा श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन्– मेन्स्ट्रुअल कप।

    हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ। छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन्।

    महिनावारी स्वच्छ बनाउन हामी ‘स्यानिटरी प्याड’ प्रयोग गर्दै आएका छौं। अचेल ‘ट्याम्पुन’ पनि बजारमा देखिन थालेको छ। ट्याम्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको साधन हो, जुन महिनावारी बेला योनीभित्र राखिन्छ। यसले रगत सोस्छ। विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन।

    यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो, जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ।

    यसको प्रयोग अनुभवबारे माल्भिका भन्छिन्, ‘यो नरम र लचिलो भएकाले समस्या हुँदैन। प्याड वा ट्याम्पुनजस्तो फेरेर फ्याँक्नु पर्दैन। राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो। मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ। एउटा कपको आयु पाँचदेखि दस वर्ष हुन्छ।’

    उनले भनेजस्तै संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन्। लगाउन आरामदायी र रगत नचुहिने भएकाले पौडी खेल्नेहरूलाई पनि फाइदाजनक भएको बताइँदै आएको छ। तर यसबारे धेरैलाई अलमलै छ। टालोबाट भर्खरै प्याडसम्म पुगेका महिलाका लागि त झन् यो के हो के?

    यसबारे हामीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नीरा श्रेष्ठसँग कुराकानी गरेका छौं।

    उनका अनुसार यो कप सुरक्षित छ। यसले स्वास्थ्यमा कुनै असर गर्दैन। प्याड प्रयोग गरेको ४ देखि ६ घन्टा अन्तरालमा परिवर्तन गरिनुपर्छ। नभए संक्रमणको सम्भावना बढ्छ। त्यसको तुलनामा महिनावारी कप धेरै गुणा राम्रो छ।

    ‘प्याड बढी समय प्रयोग गरे त्यसमा हुने रसायनले योनीमा असर गर्छ, जसले बाँझोपन वा पाठेघर क्यान्सरसमेत निम्त्याउन सक्छ,’ निराले भनिन्, ‘मेन्स्ट्रूअल कपमा रसायनको डर हुँदैन। यसलाई सफा भने गरिरहनुपर्छ।’

    निराका अनुसार रगत बग्ने मात्रा हेरेर चारदेखि बाह्र घन्टाको अन्तरालमा कप सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। प्रत्येक महिनावारीपछि कपलाई कम्तिमा पाँच मिनेट पानीमा उमालेर सफा गर्नुपर्छ। सुख्खा कपलाई झोला वा बट्टामा प्याक गरेर राख्नुपर्छ।

    हरेकपटक प्रयोगपछि यही विधि अपनाए यो कप पाँचदेखि दस वर्ष प्रयोग गर्न सकिन्छ। कम्पनीअनुसार यसको प्रयोग अवधि फरक पर्न सक्छ।

    कतिपयले यो कप प्रयोगमा ‘कुमारीत्व’ को प्रश्नसमेत उठाएका छन्। योनीभित्र छिराइने हुँदा ‘कुमारीत्व गुम्ने’ भन्दै धेरैले कप प्रयोग गर्न हिच्किचाउने पनि छन्। यो संकोच नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै छ।

    यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रस्ट भनेका छन्– यो कपले कुमारीत्वमा कुनै असर पार्दैन। कुमारीत्वको अवधारणा आफैंमा बाझिएको छ। योनीको झिल्ली च्यातिएमा कुमारीत्व भंग भएको मानिन्छ, जुन सबै महिलाका हकमा समान हुँदैन। मेन्स्ट्रुअल कप वा ट्याम्पुनजस्ता साधनले यसमा कुनै असर गर्दैन।

    मेन्स्ट्रुअल कप उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू रुबी कप र अर्गानी कपले यो दाबी पनि गरेका छन्।

    डा. निरा यसमा सहमत छन्। ‘यसले कुमारीत्वमा असर पार्छ भन्ने भ्रम मात्रै हो। कपको आकार र त्यसलाई प्रयोग गर्ने तरिकामा भने ध्यान पुर्याउन जरुरी छ। बिनाज्ञान र आकार नमिल्दो कप जबर्जस्ती लगाउँदा भने असहज हुन्छ नै,’ उनले प्रस्ट्याइन्।

    कप प्रयोगसम्बन्धी तरिका राम्ररी नबुझेका साना किशोरीलाई भने प्रयोग नगर्न नै उनी सुझाउँछिन्।

    कसरी प्रयोग गर्ने त?

    पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ। यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ। आकार मिल्दो कप योनीमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन्। इन्टरनेटमा भिडिओहरू हेरेर सिके पनि हुन्छ।

    ‘सी’ आकारमा पट्याएर प्रयोग गरिने यो कप सुरू सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि सहज हुने माल्भिकाको अनुभव छ। कप भरिएपछि वा आफूलाई सहज भएको समयमा निकालेर सफा गरी पुनः प्रयोग गर्न सकिन्छ।

    ‘यस्तो कपको वातावरणीय फाइदा पनि छ। प्याड कुहिँदैन, कहाँ फ्याँक्ने भन्ने समस्या सधैं हुन्छ,’ उनी भन्छिन्, ‘यो त वर्षौं प्रयोग गर्न सकिन्छ। एकपटक किनेपछि महिनैपिच्छे खर्चिने पैसा जोगिन्छ।’

    सामान्यतया महिनावारी कपको मूल्य पन्ध्र सयदेखि पच्चीस सयसम्म पर्छ। विदेशबाट आयात गर्नुपर्ने र लामो समय प्रयोग हुने भएकाले मूल्य बढी भएको व्यवसायी बताउँछन्। विदेशमा पनि प्याड र ट्याम्पुनको तुलनामा यसको मूल्य धेरै नै छ। रुबी र अर्गानी कपको मूल्य ७ देखि २५ अमेरिकी डलरसम्म पर्ने तिनका वेबसाइटमा उल्लेख छ।

    एकपटकको लगानी हेर्दा धेरै लागे पनि हरेक महिना प्याडमा खर्चिने पैसाभन्दा यो सस्तो पर्न आउँछ।

    ‘साँच्चै भन्नुपर्दा महिनावारी कपको आर्थिक, शारीरिक, वातावरणीय सबै किसिमका फाइदै फाइदा छन्,’ माल्भिका भन्छिन्, ‘यसले महिनावारी सहज बनाउँछ, जसले स्वतः हाम्रो आत्मविश्वास बढाउँछ।

    सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.