काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार जसपा धनुषाले जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था नरहेको भन्दै यादवले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्ने बताए । पछिल्लो समय राजनीतिमा अपराधिकरण बढ्दै गएको पनि उनले बताए ।
उनले भने – ‘चुनाव महंगो हुँदै गएको छ । अब गरिब, विपन्न तथा पछाडि परेकाहरूको लागि चुनाव रहेन’, उनले थपे ‘भ्रष्ट्राचार गरे पसै कमाएको छ अब उनीहरूकै लागि चुनाव हुनेछ । सर्वसाधारणले त चुनावको बोझ नै उठाउन सक्ने अवस्था छैन ।’
