काठमाडौं – नेकपा एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । बाढीपहिरोबाट प्रभावित जिल्लामा बाहेक अन्य जिल्लामा मंगलबार एमालेले पालिका अधिवेशन गर्ने भएको हो ।
एमालेले गत शनिबार वडा अधिवेशन सकाएकोथियो । आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।
पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।
