• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

किन हुन्छ डिप्रेसन ? डिप्रेसन र उपचारबारे जान्नुहोस्


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।

    Advertisement

    रमाइलो लाग्दैन, जीउ गल्छ, थकाई बढी लाग्छ, भोक र निद्रामा गडबडी हुन्छ, नकारात्मक बिचारहरु आउँछन्, आत्मबिश्वास घटदै जान्छ, पश्चाताप लाग्छ र मनमा छट्पटी भइराख्छ । यसरी निरन्तर २ हप्ता वा सोभन्दा बढी समयसम्म मन दुःखी, उदास, खिन्न, निराश, नरमाइलो हुनु दिक्कदारीपन हो ।

    लक्षणहरू
    – मन उदास(दुःखी/खिन्न हुने)
    – आफूले पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्ने,
    – पहिला रमाइलो लागिरहेका कुरामा मन रमाइलो नहुने वा रमाइलो गर्न मन नलाग्ने,
    –शरीरमा शक्ति नै छैन जस्तो अनुभव हुने, कामकाज नगरे तापनि शरीर तथा धेरै थकाईको महसुस हुने,
    – हातखुट्टा झम्झमाउने तथा सम्झने शक्ति कमी हुने,
    – कसैसँग कुरा गर्न, बोल्न, हाँस्न मन नलाग्ने,
    – आफ्नो जीवन बेकार, व्यर्थ, काम नलाग्ने जस्तो विचार आउने,

    उपचार
    – माथि भनिएजस्ता लक्षणहरू देखिएमा बिरामीलाई तुरुन्त मनोचिकित्सक वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मी समक्ष लैजानुपर्दछ ।
    – डिप्रेसनको उपचारमा औषधी सँगसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ ।
    – मनोचिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार ५ महिनादेखि १ वर्षसम्म औषधि खानुपर्दछ

    ध्यानदिनुपर्ने कुरा
    – अत्याधिक महात्वकांक्षी नहुने
    – किशोर/किशोरीको पढाइमा, वयस्कले काम तथा जागीरमा, खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नु राम्रो हो । तर धेरै तनाव लिएर प्रतिस्पर्धा नगर्ने ।
    – आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने ।
    – खुसी हुँदा, हाँस्दा, कुनै कुरालाई सकारात्मक सोच्दा, खेल, मनोरञ्जन, शारीरिक व्यायाम गर्दा, मस्तिष्कमा राम्रो प्रभाव पार्छ, त्यसकारण यस्ता कुराहरुमा सहभागी हुने ।
    – आफूलाई दुःख दिने, नराम्रो गर्ने मानिसको बारेमा सम्झिराख्नुभन्दा सुख तथा सहयोग गर्ने व्यक्तिको बारेमा सम्झिनु राम्रो हुन्छ ।

    – जिन्दगीमा केही गर्न सकिएन, बेकार र धिक्कार छ, यो जिन्दगीलाई भन्नुभन्दा पनि हालसम्म आफूले गरेका कामलाई शान्त मनले सम्झिने ।
    – घर परिवारमा (श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु–बुहारी) बीचको सम्बन्ध राम्रो बनाउने ।

    आफैँले दैनिक ध्यानदिने कुराहरू

    – दैनिक तीसदेखि पैँतालीस मिनेट जति हिँड्ने वा शारीरिक व्यायाम गर्ने,
    – चुप लागेर एउटा कुनामा बस्नुभन्दा घर, कोठा, बारी, बगैँचामा आफूले गर्न सक्ने काम गर्ने,

    – आफूलाई मनपर्ने कुनै गीत, भजन वा अन्य रमाइलो कामकाज गर्ने,
    – आफूलाई मनमा लागेका कुरा आफैँभित्र राख्नुभन्दा परिवारका सदस्य तथा आफूलाई विश्वास लागेका मानिसलाई सुनाउने

    – प्रशस्त पानी तथा खानेकुरा, फलफूल खान मन नलागे पनि खाने प्रयास गर्ने ।

    मनोसामाजिक सहयोग

    – बिरामीले आफ्नै लागि केहि सानोतिनो काम गरेको छ । जस्तैः नङ काटेको, कपाल कोरेको, लुगा सफा गरेको छ, भने हौसला तथा प्रोत्साहन दिने,
    – बिरामीको हातमा सबै औषधी एकैपटक नदिने, औषधी खुवाँउदा खान नमानेमा बल प्रयोग नगर्ने, सम्झाई बुझाई खुवाउने,

    – बिरामी निको हुँदै गएपछि बिरामीलाई रोग लाग्दा के भएको थियो, त्यसबारेमा राम्रोसँग बुझाउन, सम्झाउन सहयोग गर्ने,

    – रोग फेरि लाग्न नदिन के–के गर्नुपर्छ भनेर सम्झाउने । जस्तैः दिइएको औषधी नियमितरूपमा खाने, आफूलाई अलिकति पनि व्यवहारमा परिवर्तन आएजस्तो लाग्यो भने फेरि पनि चिकित्सक, स्वास्थ्यकर्मीकोमा जाने, खानपानमा ध्यान दिने, थकाई लागेमा आराम गर्न दिने,
    – बिरामीका मनका कुरा सुन्ने–सुनाउने साथी नहुन सक्छन् । तसर्थ परिवारका सदस्य नै कहिलेकाहीँ उसको साथी बनिदिने,

    – आत्महत्याको विचार झल्किने खालका विचार व्यक्त गरेमा बिरामीलाई निगरानीमा राख्दै उपचारको लागि मनोचिकित्सककहाँ जानका लगि सहयोग गर्ने

    – औषधीले काम गर्न कम्तीमा पनि दुई हप्ताभन्दा बढी समय लाग्ने हुनाले धैर्य हुने र बिरामीलाई पनि सोहीनुसार सम्झाउने ।

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.